नेपाल बैंक लिमिटेड र चाँगुनारायण नगरपालिकाबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र भक्तपुरस्थित ऐतिहासिक चाँगुनारायण नगरपालिकाबीच विभिन्न बैंकिङ कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।

नगरपालिकाले सञ्चालन गर्न लागेको ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम अन्तरगत नगरपालिकाभित्रका सामुुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक वर्ष चार हजार रुपियाँ जम्मा गर्दै जाने व्यवस्था मिलाइने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता बमोजिम शुन्य मौज्दातमा खोलिएका त्यस्ता खातामा बैंकले बचत खाताहरुमा प्रदान गर्ने उच्चतम ब्याजदर प्रदान गर्ने, बैंकमा खोलिएको खातामा रकम जम्मा गर्ने÷झिक्ने लगायतका अन्तरबैंक सेवामा कुनै पनि शुल्क नलाग्ने लगायतका अन्य सुविधाहरु प्रदान गर्ने बताइएको छ ।

साथै नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा तीन लाख रुपियाँसम्मको निक्षेप बीमा समेत गरिने बैंकले जनाएको छ । यस प्रकारका खातामा बालिका आफैले वा उनीहरुका अभिभावकहरुले समेत रकम जम्मा गरिदिन सक्नेछन् ।

यस प्रकारको कार्यक्रमबाट छात्राहरुको शिक्षामा पहुँच अभिबृद्धि गर्न, बिचैमा विद्यालय छोड्नेलाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, बाल विवाह निरुत्साहन गर्न, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षागरी सुरक्षित भविष्य निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । उक्त रकम छात्राहरुले १२ कक्षा उत्तिर्ण गरे पश्चात मात्र झिक्न पाउने बैंकले जनाएको छ ।

त्यसैगरी सोहि अवसरम चाँगुनारायण नगरपालिका एवम नेपाल बैंक लिमिटेडबीच ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ अन्तरगत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धी अर्को सम्झौता भएको छ ।  चाँगुनारायण नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य व्यवसाय प्रवद्र्घन तथा चाँगुनारायण  नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशील बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तरगत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्घन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सीमान्तकृत, अपाङ्गता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिई आयआर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशीलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले सम्झौता गरिएको हो ।


SHARE THIS