पत्रकारहरुका लागि भर्चुअल अन्तर्वार्ता लिने सम्बन्धी जुमको प्रयोगात्मक कार्यशाला सम्पन्न

काठमाण्डौं । जेनेस सलुसनले पत्रकारहरुका लागि भर्चुअल अन्तर्वार्ता लिने सम्बन्धी निःशुल्क कार्यशाला सञ्चालन गरेको छ । मुलुकमा बढ्दो रुपमा रहेको कोरोना महामारी नियन्त्रणका लागि भएको लकडाउनले पत्रकारितामा पनि असर पु-याएकोले भौतिक रुपमा यात्रा गर्न अप्ठेरो अवस्था सिर्जना भएको बेला पत्रकारहरुलाई भौतिक अन्तरवार्तालाई भर्चुअलमा रुपान्तरण गर्न सहयोग प्रदान गर्ने हिसाबले यो कार्यशालाको आयोजना गरिएको जेनेस सलुसनका ग्लोबल जिटिओ अञ्जनि फुँयालले बताउनुभयो । सवारी साधन, अफिसहरु लकडाउनले चल्न नसके पनि समाजमा निरन्तर विचार विमर्श चल्नुपर्छ भन्ने फुँयालको भनाई थियो ।

पत्रकारहरुलाई यात्रा गर्न आई.डि कार्डको कारण सहज भएपनि “कोरोना” ले सो आई.डि कार्ड नदेख्ने र सबैजना सुरक्षित रहनुपर्ने बेला भएकोले सकेसम्म भर्चुअल लिन मिल्ने अन्तरवार्ता भर्चुअल नै लिन प्रोत्साहन गर्दै यो कार्यशालाको आयोजना गरिएको प्रस्तोता पुजा श्रेष्ठले बताउनु भयो। कार्यशालामा दैनिक पत्रिकाका पत्रकारदेखि अनलाईन पोर्टलका पत्रकारहरुको सहभागिता रहेको थियो ।

धेरै जना जुमसँग परिचित रहेको तर कसरी अन्तरवार्ता लिने भन्ने प्रश्न साथ उपस्थित हुनु भएको थियो जसको लागि गर्लस इन टेककि सृष्टि श्रेष्ठले जुममा कसरी सुरक्षित रहेर कार्यक्रम गर्ने देखि ब्रेक आउट रुम बारे व्यवहारिक रुपले सिकाउनु भयो । कार्यशालामा सहभागि प्रथम २० जनालाई एक हप्ताको फ्रि लाइसेन्स अकाउन्ट पनि प्रदान गरिएको थियो।

कार्यशालामा जुमको ईतिहास र यसको वर्तमान बजारका साथै  जुममा कसरी अन्तरवार्ता रेकर्ड गरेर, डाउनलोड गर्न सकिन्छ जस्ता विषयमा विभिन्न प्रस्तुति गरिएको थियो ।

यसैगरी अनावश्यक ह्याकरहरुलाई रोक्ने विधि, ठूलो वेबिनार गर्दा कसरी व्यवस्थित गर्ने, जुममा ४० मिनेटको समयावधिबारे जेनेस सलुसनद्वारा पत्रकारहरुलाई जुमको प्रयोगात्मक कार्यशाला समेत गरिएको थियो ।




SHARE THIS