कोरोना सङ्क्रमणको समयमा पनि राष्ट्रिय वाणिज्य बैंक नै अगाडि

काठमाडौं । कोरोना सङ्क्रमणको समयमा पनि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले  आफ्नो अग्रतालाई कायम गर्न सफल भएको छ । बैंकले मुनाफाको हिसाबले आर्थिक वर्ष २०७६/७७ मा पनि आफ्नो अग्रतालाई निरन्तरता दिएको हो ।

गत वर्ष चार अर्ब ४५ करोड रुपियाँ मुनाफा आर्जन गरेको रावा बैंकले कोभिड १९ को संक्रमणले गर्दा मुनाफा ११.७७ प्रतिशतले घटेको भएपनि वाणिज्य बैंकहरुमध्ये अग्रणी कायम भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वाणिज्य बैंकको नाफा पाँच अर्ब चार करोड थियो ।

रावा बैंक वित्त विभाग प्रमुख विमल डँगोलले भन्नुभयो – ‘समग्र नाफाको हिसाबले बजारमा नम्बर वान त भयौं तर समग्रमा ५९ करोड ४० लाख रुपियाँ नाफा घटेको छ जुन ११.७७ प्रतिशतले घटेको हो ।’

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौंथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी घटेसँगै बैंकको नाफामा गिरावट आएपनि बैंकको अग्रता कायम रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म्म बैंकको बैंकको वितरणयोग्य नाफा एक अर्ब तीन करोड ५८ लाख ९५ हजार रुपियाँ रहेको छ । यो नाफाबाट बैंकले ११.५० प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । सञ्चालन नाफा समीक्षा अवधिमा ४३ करोड ७० लाख रुपियाँ घटेर छ अर्ब तीन करोड रुपियाँमा सीमित भएको छ ।

बैंकले कर्जाको ब्याज नबढाएको र निक्षेपको मात्रै ब्याज बढाएको भन्दै उहाँले भन्नुभयो – ‘निक्षेप ब्याज खर्च ५५ प्रतिशतले बढेको छ भने ब्याज आम्दानी १४ प्रतिशतले मात्रै बढेको छ । त्यसकारण खुद ब्याज आम्दानीमा कमी आयो ।’

गत आवमा खुद ब्याज आम्दानी नौ अर्ब ३१ करोड ५१ लाख ५१ हजार रुपियाँमा सीमित भएको छ । अघिल्लो आवमा नौ अर्ब ९४ करोड ८१ लाख १५ हजार खुद ब्याज आम्दानी गरेको बैंकको ६३ करोड २९ लाख ६४ हजार रुपियाँले खुद ब्याज आम्दानी घटेको हो ।

असार मसान्तसम्ममा बैंकले दुई खर्ब ३० अर्ब ८२ करोड ७७ लाख रुपियाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ८० करोड ८० लाख रुपियाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलन ४१ अर्ब ५७ करोड २३ लाख र कर्जा लगानी आठ अर्ब ७८ करोड ५१ लाख रुपियाँले बृद्धि भएको हो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी नौ अर्ब ४७ लाख ९५ हजार ७०० रुपियाँ रहेको ९ अर्ब चुक्ता पूँजी पूँजी भएको वाणिज्य बैंकको १३ अर्ब रुपियाँ जगेडामा रहेको छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४९.४५ रुपियाँ रेहको छ । अघिल्लो आवको तुलनामा ६.०९ रुपियाँले इपिएस घटेको हो ।

बैंकको जगेडा कोषको आकार एक अर्ब ९० करोड २३ लाख रुपियाँले बढेर १३ अर्ब आठ करोड रुपियाँ र शेयरधनी कोषमा एक अर्ब ३५ करोड ३४ लाख २४ हजार रुपियाँ सञ्चित रहेको छ ।

बैंकको निष्क्रिय कर्जा ०.७१ प्रतिशतले घटेर ४.०८ प्रतिशतमा सुधार भएको छ । जुन अघिल्लो वर्षमा ४.७९ मा थियो । यस अवधिमा बैंकको पूँजीकोष १२.६८ प्रतिशत, कर्जा निक्षेप अनुपात ६२.४८ प्रतिशत, आधारदर ५.८० प्रतिशत र स्प्रेड दर ४.२६ प्रतिशत र कोषको लागत ३.६९ प्रतिशत रहेको छ ।

बैंकको कर्मचारी खर्चमा पनि गत वर्षको तुलनामा १८ करोडले कमी आएको छ भने नेट अपरेटिङ प्रोफिट गत वर्षको तुुलनामा खुद ब्याज आम्दानी घटेको जति नै ६.७६ प्रतिशतले घटेर गत वर्ष छ अर्ब ४७ करोड सञ्चालन नाफा थियो । यसपाली छ अर्ब तीन करोड मात्रै भयो । अर्को गैर सञ्चालन आम्दानी अपरेशन गरेको कर्जाबाट १४ करोड ६४ लाख असुली गरेको थियो भने यस वर्ष २९ करोड ७६ लाख असुली गरेको छ ।


SHARE THIS