मुक्तिनाथ बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त हुनुभएको छ ।
बैंक सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम  शर्मालाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको बैंकले जनाएको छ ।
नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालयअन्तर्गत करिब ३९ वर्ष कार्य गरी सक्नुभएका शर्मा व्यवस्थापन विज्ञको रुपमा परिचित हुनुहुन्छ र साथै, विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आउनुभएको छ ।
लिभरपुलविश्वविद्यालय, बेलायत तथा त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिनिस्ट्रेशन विषयमा स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाट बिजनेश एडमिनिस्ट्रेशन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट, टुरिजम म्यानेजमेन्ट विषयमा अध्ययन गर्नुभएको छ ।

SHARE THIS