फेरी नेप्से परिसूचक १४ सय माथि लाग्यो, कारोबारमा भने गिरावट


काठमाडौं । पहिलो दिन उच्च अंकले गिरावट भएको सेयर बजारले सोमबार सुधारको लय समाएको छ । यद्यपी यस दिनको कारोबारमा कमी आएको छ । लामो समयको अन्तरालमा आइतबारको सेयर बजार मापक नेप्से परिसूचक ४२ अंकले ओरालो लागेको बजार १३ सयको विन्दुमा पुगेको थियो भने सोमबारको बृद्घिले पुन १४ सयको विन्दु माथि लागेको हो ।
सोमबार सेयर बजार मापक नेप्से परिसूचक ७.५९ अंकले उकालो लागेर १४०३.८६ को विन्दुमा पुगेर अडिएको छ । यस दिनको सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले उकालो लागेर २९४.२४ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा दोस्रो दिनको नेप्से ०.५४ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.४९ प्रतिशतले उकालो लागेको छ ।
आइतबार नेप्से परिसूचक ४२.७८ अंकले ओरालो लागेर १३९६.२८ को विन्दुमा पुगेर रोकिएको थियो । सो दिनको सेन्सेटिभ इन्डेक्स ८.१८ अंकले ओरालो लागेर २९२.७७ को विन्दुमा पुगेर रोकिएको थियो  । समग्रमा आइतबारको नेप्से २.९७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.७२ प्रतिशतले ओरालो लागेको थियो ।
सोमबार दिनभर १९० कम्पनीको ५३ लाख ४२ हजार कित्ता सेयर १६ हजार ६६६ पटक खरिदबिक्री हुँदा एक अर्ब २९ करोड दुई लाख ५२ हजार रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५५ लाख रुपियाँले घटेको हो ।
आइतबार दिनभर अवधिमा १८९ कम्पनीको ४६ लाख ६१ हजार ६०८ कित्ता सेयर २७ हजार ८६० पटक खरिदबिक्री हुँदा एक अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।
सोमबार दिनभर कारोबारमा आएका १२ उपसमूहमध्ये नौ उपसमूह उकालो लागेका छन भने बाँकी तीन उपसमूहको परिसूचक ओरालो लागेको छ । पहिलो दिनमा कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये ठूला कम्पनीहरु सामेल भएका सबै ओरालो लागेका थिए । जीवन बीमा २८३.८ अंकले सर्वाधिक ओरालो लागेको यस दिन निर्जीवन बीमा २३१.६६ लघुवित्त ७४.७७, उत्पादन ६६.६२, होटल ७१.४३, बैंकिङ्ग ४१.४८, विकास बैंक ५४.४ अंकले ओरालो लागेका थिए ।
अजोड इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त र नेपाल फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको सोमबार नेपाल सेवा लघुवित्तको सेयर मूल्य ७.२७ प्रतिशत, ग्रीन डेभलपमेण्ट बैंक र ओरियण्टल होटलको सेयर मूल्य छ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
यता दिब्यश्वरी हाइड्रोपावर, युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयरमूल्य भने छ प्रतिशतभन्दा बढीले ओरालो लागेका छ ।
सोमबार ३४ करोड २९ लाख ६० हजार रुपियाँ बराबरको २८ लाख १० हजार कित्ता संस्थापक सेयर खरिदबिक्री भएर प्रभु बैंक लिमिटेड शीर्ष स्थानमा परेको छ । नेपाल पुनर्बीमा कम्पनीको १० करोड चार लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

SHARE THIS