जनकपुर धाममा रहेको सहयोगी विकास बैंकलाई सिटिजन्स बैंकले एक्विजिसन गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले जनकपुर धाममा केन्द्रीय कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति ९एक्विजिसन० गर्ने भएको छ । बैङ्कको मंगलबार काठमाडौंमा बसेको विशेष साधारणसभाले सहयोगीलाई प्राप्ति गर्ने प्रस्तावलाई पारित गरेको हो ।
प्राप्ति प्रक्रियामा सहयोगी विकास बैङ्कको १०० कित्ता शेयरलाई सिटिजन्स बैङ्कको ९१।७५ कित्ता शेयर ९१ः०।९१७५० दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।
विशेष साधारणसभा डिजिटल प्लाटफर्म जुम मार्फत गरिएको जारी बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यता सहयोगी विकास बैङ्कले भने गत शनिबार नै विशेष साधारण सभा गरी बैङ्कलाई विलय गराउने प्रस्ताव पारित गरिसकेको छ ।
२०७७ जेठ २६ गते सम्मको तथ्याङकको आधारमा सिटिजन्स बैङ्कले सहयोगी विकास बैङ्कलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप  ८७ अर्ब ५० करोड रुपियाँ पुग्नेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी  ७९ अर्ब ६२ करोड रुपियाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ हुनेछ । हाल सिटिजन्स बैङ्कको चुक्ता पूँजी आठ अर्ब ६२ करोड रुपियाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी नौ अर्ब आठ करोड रुपियाँ हुनेछ । त्यस्तै बैङ्कको शाखा सख्या २३ पुग्ने भएको छ ।

SHARE THIS