सेयर बजारका लगानीकर्ताको खुशी फर्कदै, मंगलबारदेखि खुल्दै बजार

काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै डेढ महिनादेखि घरभित्र रहेका लगानीकर्ताहरु अब सेयर बजारमा सक्रिय हुन पाउने भएका छन् ।
आगामी मंगलबारदेखि सेयर बजार दैनिक २ घन्टा खुला हुने भएपछि लगानीकर्ताका दिन फिर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दैनिक आगामी मंगलबारदेखि दैनिक ११ देखि १ बजेसम्म २ घन्टा सेयर कारोबार खोल्न निर्देशन जारी गरेको छ ।
बोर्डले नेप्सेलाई कोरोनाको प्रभाव रहेसम्मको लागि दुई प्रतिशतमा सर्किट ब्रेकर लगाउन भनेको छ । बोर्डले नेप्सेलाई प्रारम्भिक कारोबार सत्रमा प्रवेश गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको तीन प्रतिशत भन्दा तलमाथी नहुने बजार खोल्न आग्रह गरेको हो ।
यस्तै ब्रोकरले क्लाईन्टलाई भुक्तानी गर्दा अनिवार्य रुपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने, क्लाईन्टले ब्रोकरलाई भुक्तानीगर्दा सकेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डको यो निर्देशन सँगै लगानीकर्ताले सेलिङ गरेको पैसा ब्रोकरले अनिवार्य रुपमा आईपीएसबाट दिनुपर्ने भएको छ । मेरो शेयरको इडिआईएसबाट मात्रै सेटलमेन्ट गर्ने अन्यत्रबाट गर्न नपाउने व्यवस्था समेत गरेको छ ।



SHARE THIS