गीता पौडेल
काठमाण्डौं । दोस्रो विश्वयुद्ध पछिकै ठूलो चुनौतिका रुपमा अहिले कोरोना प्रभावले विश्वमा संकट देखिन थालेको छ । कोरोनाकै प्रकोपका कारण विश्वभर २५ करोडले रोजगार गुमाउने अनुमान गरिएको छ भने विश्वको अर्थतन्त्रका सम्पूर्ण क्षेत्रहरू प्रभावित हुनुका साथै संयुक्त राज्य अमेरिका, युरोप र विश्वव्यापी रूपमा आर्थिक मन्दीको अर्थशास्त्रीहरूले गम्भीर चेतावनी दिएका छन् । विश्वव्यापी वित्तीय संकट वा झन्झन् खराबको रूपमा कम्तीमा खराब मन्दी आउनेदेखि विभिन्न प्रक्षेपणहरु अहिले भइरहेका छन् । कोरोना संक्रमणको उच्च जोखिम नदेखिए पनि नेपालको अर्थतन्त्र पनि यसबाट अछुतो देखिएन । संक्रमणको खतरालाई मध्यनजर गर्दै पछिल्लो समय विश्वका प्रायः सबै देशमा गरिएको लकडाउनपछि त्यहाँका आर्थिक क्रियाकलाप प्रायः ठप्प छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड १९ ले बहुसंख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको बताउनुहुन्छ । नेपालले विगत तीन दशक देखि गरिबी निवारणमा गरेको प्रयास र सफलतालाई कमजोर बनाउँदै लगेको र दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपेको बताउनुभयो ।
विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एशियाली राष्ट्रहरुका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवं विश्व स्वास्थ्य संगठनका पदाधिकारी बीच विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड –१९) ले पारेको एवं पार्न सक्ने प्रभाव र सो लाई सम्बोधन गर्ने उपायबारे गरिएको भिडियो कन्फरेन्स छलफलमा अर्थमन्त्रीले सो कुरा बताउनुभएको हो ।
कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरु तथा यस रोगको नियन्त्रणमा अन्तराष्ट्रिय तथा क्षेत्रीय सहयोग, साझेदारी र समन्वयका क्षेत्रमा गर्न सकिने प्रयासबारे अन्तराष्ट्रिय समुदायलाई उहाँले जानकारी गराउनुभएको थियो ।
कोभिड १९ ले हालसम्म पु-याएको तथा थप पु-याउन सक्ने आर्थिक क्षतिको पुनस्र्थापना गर्न सरकार, अन्तराष्ट्रिय संघ संस्था र निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने धारणा उहाँको ।
के धनी के गरिब हामी सबै अप्रत्याशित र अनपेक्षित स्वास्थ्य जोखिमको सामना गरिरहेको उल्लेख गर्दै उहाँले कोभिड –१९ जस्ता अज्ञात शत्रुको सामना गर्न नसकेसम्म सुरक्षा क्षेत्रमा भईरहेको बढ्दो खर्चले अर्थ नराख्ने र सार्वजनिक स्रोत मानव कल्याणमा पुन प्राथमिकीकरण र केन्द्रीत गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
छलफलमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड, विश्व स्वास्थ्य संगठनका दक्षिण – पूर्व एशिया निर्देशक पुनम खेत्रापल सिंह लगायत अन्य सहभागीले कोभिड –१९ को संकटलाई पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्ने कुरामा जोड दिएका थिए ।
अर्थमन्त्री खतिवडाले विश्वव्यापी संकटको समाधान गर्न अन्तराष्ट्रिय तथा क्षेत्रीय प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव हुने उल्लेख गर्दै हालको संकटलाई सामना गर्न तीन वटा सुझाव दिनुभयो ।
पहिलो सीमा नाकामा हुने मानिसहरुको आवातजावत नियन्त्रण तथा आप्रवासी कामदारहरुको लागि आधारभूत सुविधा उपलब्ध गराउन क्रस बोर्डर र अन्तराष्ट्रिय सहयोग र समन्वय गर्ने दोस्रो स्वच्छ व्यापारको माध्यमबाट आधारभूत खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सुनिश्चितता प्रदान गर्ने र तेस्रो ऋण स्थगन र ऋण मोचनका माध्यमबाट कम आयस्रोत भएका मुलुकहरुको वित्तीय क्षमता बढाउने रहेका छन् ।
दक्षिण एसियामा रेमिट्यान्स २२ प्रतिशतले कटौति
कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटका कारण दक्षिण एसियामा रेमिट्यान्स २२ प्रतिशतले कटौति विश्व बैंकको प्रक्षेपण रहेको छ ।
विश्व बैंकले संसारभर रेमिट्यान्स (रेमिट्यान्स) २० प्रतिशतले घट्ने प्रक्षेपण गरेको हो । कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटका कारण रेमिट्यान्समा गिरावट आउने प्रक्षेपण विश्व बैंकको छ ।
विश्व बैंकले युरोप र मध्ये एसियामा २७.५ प्रतिशतले रेमिट्यान्स घट्ने जनाएको छ । यसैगरी अफ्रिकामा २३.१ प्रतिशतले, दक्षिण एसियामा २२.१ प्रतिशतले, मध्यपूर्व तथा उत्तर अमेरिकामा १९.६ प्रतिशतले, दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा १९.३ प्रतिशतले र पूर्वी एसिया तथा प्रशान्तमा १३ प्रतिशतले रेमिट्यान्स घट्ने विश्व बैंकको अनुमान छ ।
विश्वव्यापी आर्थिक गतिविधिमा संकुचन आएका कारण मानिसहरु बेरोजगार हुँदा रेमिट्यान्समा गिरावट आउने विश्व बैंकले जनाएको हो । न्यून–मध्यम आय भएका मुलुकहरुमा ४४५ अर्ब डलर बराबरको क्षति हुने विश्व बैंकको अनुमान छ ।
‘विकासशील देशहरुको मुख्य आयस्रोत रेमिट्यान्स हो । कोरोना भाइरसका कारण उत्पन्न आर्थिक मन्दीले कमाएर घर पठाउन सक्ने मानिसहरुले पैसा पठाउन सक्दैनन् ।’ विश्व बैंक समूहका अध्यक्ष डेबिड माल्पासले भन्नुभयो ।
अर्थतन्त्रमा परेका प्रभावलाई कम गर्न नीतिगत तयारी गरिँदै : अर्थमन्त्री
अर्थतन्त्रमा परेका प्रभावलाई कम गर्न नीतिगत तयारी गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । कठिन अवस्थाकाबीच आगामी आर्थिक वर्षको बजेट तर्जुमाको काम भइरहेको उहाँले बताउनुभयो । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण राजस्व परिचालन र खर्च दुबै कमजोर भए पनि जोखिमपूर्ण अवस्थाकाबीच आउँदो बजेट तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण आर्थिक क्रियाकलाप ठप्प हुँदा राजस्व संकलन नभएको र स्रोत थपेर बजेट ल्याउनुपर्ने दबाबमा सरकार रहेको उहाँले बताउनुभयो । विश्वव्यापी रुपमा मन्दीको वातावरण बनेको छ, धेरै कम मुलुकका मात्रै आर्थिक बृद्धि दुई प्रतिशतभन्दा माथि हुँदैछ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा हामीलाई चाहिएको आर्थिक बृद्धिदर हासिल गर्ने गरी काम गर्दैछौँ ।’
विश्व बैंकसँग १० करोड डलर ऋण लिने तयारी
सरकारले विश्व बैंक समूहको आइडिएबाट १० करोड डलरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यसका लागि वैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकले वार्ता टोली गठन गर्ने निर्णय गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
यसैगरी सरकारले विद्युतसम्बन्धी कानुन संशोधन गरी संसदमा पेश गर्न स्वीकृति दिएको छ । बैठकले सडकसम्बन्धी कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिएको छ ।जनस्वास्थ्य सेवा ऐनअन्तर्गत कसुर ठहरिने मुद्दाको अनुसन्धान र तहकिकात गर्ने जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ ।