साढे ५८ अंकले ओरालो लाग्यो यो साताको सेयर बजार, नेप्से १३ सयको विन्दु पछ्याउँदै, कारोबार साढे पाँच अर्ब

फेरि लगानीकर्तामा निराशा छाउँदै
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक फेरि १३ सयको विन्दुमा आइपुगेको छ । पछिल्ला केही सातामा रेकर्ड नै रेकर्ड कायम गरेको सेयर बजार कारोबार दिनमै सवा चार अर्बसम्म पुगेको थियो भने नेप्से परिसूचकले पनि झण्डै १७ सयको विन्दु पछ्याएको थियो ।
दैनिक कारोबार रकम, सेयर कारोबार संख्या, बजार पूँजीकरणलगायतमा नयाँ रेकर्ड कायम गरेको बजारले पुनः पुरानै मार्गतर्फ लागेको छ । यो साता ओरालै मार्ग पछ्याएको सेयर बजार समग्रमा ५८.५२ अंकले ओरालो लाग्दा १३७७.१८ विन्दुमा पुगेर बन्द भएको छ ।
नेप्से परिसूचक
पहिलो दिन १३४९.३१६
दोस्रो दिन १४२३.०९२
तेस्रो दिन १३७७.१८५
बुधबार बजार सुधार भएर लगानीकर्तामा सामान्य आशाको सन्चार गरेको सेयर बजारले अन्तिम कारोबार दिनमा भने निराश नै बनाएर बन्द भएको थियो । सेयर बजार खुल्ने वित्तीकै १४३० भन्दा माथिको विन्दुमा उक्लिएको बजार बन्द हुँदा भने १३७६.९७ को बिन्दुमा पुगेर रोकिएको थियो ।
अघिल्लो सातादेखि नै नकारात्मक सर्किट ब्रेक लाग्दै आएको सेयर बजारमा यस साताको दोस्रो कारोबार दिनमा भने सुधार भएको थियो । अप्रत्याशित रुपमा ओरालो लागेको बजारले बुधबार सुधारिदा लगानीकर्ता उत्साहित भएका थियो । बुधबार साढे एक बजेसम्म उताब चढाब हुँदै अगाडि बढेको बजार ७३.७८ अंकले बढेर १४२३.०९ को विन्दुमा पुगेर बन्द भएको थियो । क वर्गका कम्पनी मापक सेन्सेटिभ इण्डेक्स पनि १४.३३ अंकले उकालो लागेर ३०४.६९ को विन्दुमा पुगेको थियो ।
अघिल्लो दिन मंगलबार बजारले तीन पटकसम्म नकारात्मक सर्किटको सामना गर्दै समय अगावै कारोबार स्थगित भएको थियो । सो दिन सेयर बिक्री गर्नेको चाप बढ्दा ८६.३९ अंकले बजार घटेर १३४९.३१ का विन्दुमा सीमित भएको थियो ।

कारोबार साढे पाँच अर्बभन्दा बढी
नेपाल स्टक एक्सचेञ्जमा यो साता एक करोड ४० लाख ४८ हजार ९२० सेयर खरिदबिक्री हुँदा पाँच  अर्ब ५० करोड ४४ लाख ५० हजार रुपियाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जुन अघिल्लो साताको तुलनमा झण्डै ११ अर्ब रुपियाँले कमी हो ।
अघिल्लो साता तीन करोड ८४ लाख २६ हजार ७२० सेयर खरिदबिक्री हुँदा १६ अर्ब २१ करोड ९० लाख रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।
साताको अन्तिम दिन बिहीबार १८२ कम्पनीका ५६ लाख ८६ हजार ६८१ सेयर किनबेच हुँदा कूल दुई अर्व २० करोड ६६ लाख ६२ हजार १८२ रुपियाँको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा एक करोड ४४ लाख १९ हजार ५०८ रुपियाँले कमी हो । बुधबार १८० कम्पनीको ५६ लाख २६ हजार ८१२ कित्ता सेयर किनबेच हुँदा दुई अर्व २२ करोड १० लाख ८१ हजार ६९० रुपियाँको कारोबार भएका थियो ।
मङ्गलबार १६१ कम्पनीका २७ लाख ३५ हजार ४१८ कित्ता सेयर किनबेचबाट एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० रुपियाँ बराबरको कारोबार भएको थियो ।

उपसमूह मिश्रित
बिहीबार कारोबारमा आएका १२ वटै उपसमूहका परिसूचक घटेर बजार बन्द भएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ७६.२५ अंकले र जीवन बीमा समूह २३७ अंकले घटेको छ । त्यस्तै लघुवित्त ८९.६३ अंकले, उत्पादन तथा प्रशोधन उपसमूह ७६.२५ अंकले  घटेको छ । होटल उपसमूह ९२.६७ अंकले र बैङ्किङ उपसमूह ४०.४२ अंकले ओरालो लागेको छ । बुधबार कारोबारमा आएका १२ उपसमूहमध्ये सबैभन्दा बढी ब्यापार समूह ८.३ प्रतिशतले, निर्जीवन बीमा कम्पनी ७.५८ प्रतिशतले, जीवन बीमा कम्पनी ६.७ प्रतिशतले, होटल समूह ६.०७ प्रतिशतले उकालो लागेको थियो ।
बैङ्किङ उपसमूह्को परिसूचक पनि ५.७८ प्रतिशतले, जलविद्युत उपसमूह ५.०१ प्रतिशतले उकालो लागेको छ । यस दिन म्युचुअल फण्ड ०.७५ प्रतिशले घटेको थियो ।
मंगलबार कारोबारमा आएका १२ उपसमूहका परिसूचक  घटेर  बजार बन्द भएको थियो । सबैभन्दा बढी जीवन बीमा उपसमूह ९.१ प्रतिशतले घटेको थियो भने व्यापार उपसमूह ७.८६ प्रतिशतले घटेको थियो । त्यस्तै होटल उपसमूह  ६.८६  प्रतिशत र बैङ्किङ उपसमूह ६.५८ प्रतिशतले घटेर बजार बन्द भएको थियो ।
कारोबारमा नेपाल लाइफकै अग्रता
ओरालो लागेको बजारमा पनि  सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको १९ करोड ८२ लाख १५ हजार ४६८ रुपियाँको कारोबार हुँदा अन्तिम सेयर मूल्य एक हजार १८७ रहेको छ ।
अघिल्लो दिनको कारोबारमा पनि नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको थियो । कम्पनीको २३ करोड ६६ लाख ४९ हजार १४१ रुपियाँको कारोबार भएको थियो । कम्पनीको सेयर मूल्य १ लाख २१० रुपियाँ रहेको थियो । त्यसलाई एनआइसी एसियाले पछ्याएको थियो । बैङ्कको १४ करोड ६६ लाख ५३ हजार ७९६ रुपियाँ कारोबार भएको थियो । कम्पनीको अन्तिम सेयर मूल्य ५६७ रुपियाँ रहेको थियो ।
अन्तिम दिन त्यस्तै एनआइसी एसियाको ११ करोड ६३ लाख ८५ हजार ६८३ रुपियाँको कारोबार भएको छ । यस बाहेक एनएमबी बैङ्क नौ करोड ४१ लाख, शिवंम सिमेण्ट सात करोड ८२ लाख, हिमालयन डिष्ट्रिलरीले सात करोड सात लाखभन्दा बढीको कारोबार गरेका छन् ।
सेयर कारोबारमा अपि पावर कम्पनी अगाडि रहेको छ । कम्पनीको दुई लाख २० हजार ९९७ कित्ता सेयर कारेबार भएको छ । त्यसलाई एनएमबी बैङ्कले पछ्याएको छ । बैङ्कको दुई लाख १३ हजार ९७६ कित्ता, नेपाल बैङ्कको दुई लाख १३ हजार ४८३ कित्ता, एनआइसी एसियाको दुई लाख १० हजार १३५ कित्ता सेयर कारोबार भएको छ ।सर्वाधिक कारोबार भएका कम्पनी
क्र.सं. कम्पनीको नाम कारोबार रकम
(रु.दस लाखमा)
१. नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५२०.७६
२. एनआइसी एसिया बैङ्क लिमिटेड ३४५.०९
३. एनएमबी बैङ्क लिमिटेड २८४.३१
४. हिमालयन डिष्टीलरी लिमिटेड २२८.३७
५. नबिल बैङ्क लिमिटेड १६७.१९
६. शिवम् सिमेन्ट १५८.०८
७. ग्लोबल आइएमई बैङ्क लिमिटेड १४३.९९
८. नेपाल बैङ्क लिमिटेड १२५.४८
९. एभरेष्ट बैंक लिमिटेड १०६.५९
१०. प्रभु बैङ्क लिमिटेड १०२.९७

स्वरोजगार लघुवित्त र पोखरा फाइनान्सको बोनस सेयर सूचीकृत
पाँच कारोबार दिनमध्ये तीन कारोबार दिनमात्रै खुला रहेको यस साता स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ७२०९९९.०७ कित्ता र पोखरा फाइनान्सको ६०००९०.८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सातामा सूचीकृत कम्पनी
क्र.सं. कम्पनी सेयर कित्ता
१. स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड ७२०९९९.०७ बोनश सेयर
२. पोखरा फाइनान्स लिमिटेड ६०००९०.८३ बोनश सेयर

कारोबार समय थप
नेपाल स्टक एक्सचेन्जले सेयर बजारको कारोबार समय थप गरेको छ । नेप्सेले चैत २ गते आइतबारदेखि परीक्षणको रूपमा १०ः३० बजेबाट ४ः०५ बजेसम्म कारोबार हुने जनाएको छ । हाल विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार हुदै आएकोमा नेप्सेले धितोपत्र बोर्डको निर्देशन अनुुसार समय थपेको हो । कारोबार समय थप गर्ने विषयमा बोर्डले केही दिनदेखि दवाव दिएपनि नेप्सेले तयारी नपुगेको भन्दै अगाडि बढाएको थिएन ।
पूँजीकरणका आधारमा उत्कृष्ट कम्पनी
क्र.सं. कम्पनीको नाम पूँजीकरण(रु.दस लाखमा)
१. नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९४९५०
२. नबिल बैङ्क लिमिटेड ७९६७४.४७
३. नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ६५२३९.४३
४. एनएमबी बैङ्क लिमिटेड ६०९६५.८१
५. एभरेष्ट बैङ्क लिमिटेड ५९५०३.१४
६. नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड ५७१६८.७१
७. हिमालयन बैङ्क लिमिटेड ५४७३४.१२
८. एनआइसी एसिया बैङ्क लिमिटेड ५३४४७.०८
९. स्ट्याण्डर्ड चार्टड बैङ्क लिमिटेड ५३४३६.२४
१०. ग्लोबल आइएमई बैङ्क लिमिटेड ५१९९३.९१

SHARE THIS