अमेरिकी डलरमा नयाँ रेकर्ड र सुन ओर्लियो


काठमाडौं । अमेरिकी डलरको मूल्य बुधबार ११९ नजिक पुगेर बिक्री भएको छ । दैनिक नयाँ नयाँ रेकर्ड कायम गरिरहेको अमेरिकी डलरको मूल्यले बुधबार पनि निरन्तरता दिएको हो । दैनिक ऐतिहासिक मूल्यमा बिक्री भइरहेको डलर बुधबार प्रति एक डलर खरिदतर्फ ११८ रुपियाँ ३० पैसा र ११८ रुपियाँ ९० पैसामा कारोबार भएको छ ।
मङ्गलबारको तुलनामा छ पैसाले मात्रै बढेको डलरले नयाँ रेकर्ड बनाएको हो । एक वर्ष अघिको रेकर्ड ब्रेक गर्दै मङ्गलबार डलरले नयाँ रेकर्ड बनाएको थियो ।
अहिलेसम्मको उच्च मूल्य हो । मङ्गलबार डलरको खरिद मूल्य ११८ रुपियाँ २४ पैसा र बिक्री मूल्य ११८ रुपियाँ ८४ पैसामा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा प्रति डलर ५४ पैसाले बढे पनि यो मूल्य अहिलेसम्मकै उच्च हो ।
अन्तराष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपियाँ पनि अवमूल्यन भएको हो । भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर भएको कारण नेपाली रुपियाँमा यसको असर देखिएको हो ।
सोमबार प्रति एक डलरको मूल्य ११८ रुपैयाँ २८ पैसा रहेको थियो । यो हालसम्मकै सर्र्वािधक मूल्य हो । यस अघि प्रति एक डलरको मूल्य ११८ रुपैयाँ ७३ पैसासम्म पुगेको थियो । गत वर्ष असोज २४ मा डलरले उक्त मूल्यमा पुगेको थियो ।
कोरोना भाइरस र कच्चा तेलको मूल्यमा आउन सक्ने गिरावटका कारण भारतीय रुपैयाँ कमजोर भएसँगै नेपाली रुपैयाँमा यसको असर देखिएको हो । भारतीय रुपैयाँसँग स्थिर विनिमय दरका कारण नेपाली रुपियाँ कमजोर भएको हो ।
डलरको मूल्य आकासिएसँगै मुद्रास्फितिमा दबाब पर्ने भएको छ । मुद्रास्फितिलाई ६ प्रतिशतमा राख्ने केन्द्रीय बैंकको लक्ष्यदर ६.४ प्रतिशत पुगीसकेको छ । डलरको मूल्यमा आएको तेजिले मुद्रास्फितिमा थप दबाब पर्ने भएको छ ।
रोकियो सुनको मूल्यमा रेकर्ड

रेकर्ड नै रेकर्डमा सुनको मूल्य भने रोकिएको छ । केही दिनदेखि निरन्तर रेकार्डमाथि रेकर्ड बनाइरहेको सुनको मुल्य बुधबार चार सय रुपियाँले घटेको छ । मङ्गलबार तोलाको ८२ हजार सात सय रुपियाँसम्म पुगेको सुनको मूल्य बुधबार तोलामा चार सय रुपियाँले घटेको हो ।
बुधबार नेपाली बजारमा प्रतितोला ८२ हजार ३०० रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन पनि तोलामा चार सय रुपियाँले घटेर प्रतितोला ८२ हजार रुपियाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी अघिल्लोे दिनकै भाउ अर्थात ८८० रुपियाँ प्रति तोलामा रुपियाँमा कारोबार भएको छ ।
मङ्गलबार ८२ हजार सात सय रुपियाँमा कारोबार भएर नयाँ रेकर्डमा कायम भएको थियो । रेकर्ड नै रेकर्डमा सुनको मूल्य पनि मङ्गलबार ८२ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । महासंघका अनुसार सोमबार ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार तोलामा दुई सय रुपियाँले बढेर ८२ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य पनि दुई सय रुपियाँले बढेर ८२ हजार चार सय रुपियाँमा कारोबार भएको थियो । सुनको मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै महँगो हो ।
सोमबार तेजाबी सुनको मुल्य तोलाको ८२ हजार चार सय रुपियाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपियाँले घटेर आठ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

SHARE THIS