काठमाडौं । महालक्ष्मी
विकास बैङ्कले वैद्यनाथक्षेत्र
विकास संस्थाद्वारा अछाममा
सञ्चालित वैद्यनाथ वेद विद्याश्रमलाई
एक लाख पचास
हजार रुपियाँ आर्थिक
सहयोग प्रदान गरेकोछ
।
बिहीबार काठमाडौंमा आयोजित एक
कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी
अधिकृत कृष्णराज लामिछानेले संस्थाका
संरक्षक तथा पूर्व
प्रहरी महानिरिक्षक मोतीलाल बोहोरालाई
उक्त रकम हस्तान्तरण
गर्नुभएको हो ।
बैकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीका लागि खाना, बास, कपडालगायत अन्य भौतिक सुविधामा सुधार गर्नका लागि उक्त रकम सहयोग गरेको जनाएको छ ।