व्यावसायीक खेती भएपनि आत्मनिर्भर हुन नसकेको च्याउ


काठमाडौं नेपालमा २०२८ सालबाट शुरु भएको च्याउ खेती हाल ७० जिल्लामा फैलिएको २०३५ देखि यसको व्यावसायीक खेती हुन थालेको हो हाल ४० वटा जिल्लामा यसको व्यावसायीक खेती भएपनि आत्मनिर्भर हुन नसकेको च्याउ उत्पादक किसान संघ, नेपालले जानकारी गराएको

नेपालमा ७५ हजार टन च्याउको माग रहेको त्यसमा हाल २५ हजार टन च्याउ मात्र उत्पादन भइरहेको नेपालमा सबभन्दा बढी कन्ये च्याउ उत्पादन हुन्छ काठमाडौंमा मात्र २० हजार केसी केन्ये च्याउ खपत हुने गरेको तर २५ प्रतिशत मात्र नेपालले पुर्याउन सकेको संघले जनाएको केन्ये चाउ वार्षिक ८० लाख केजी उत्पादन हुन्छ त्यस्तैm गोब्रे च्याउ नौलाख केजी, सिताके एकलाख ५० हजार केजी उत्पादन हुने गरेको भने त्यसबाट एक अर्व ३४ करोड ८० लाखको कारोवार हुने गरेको संघका अध्यक्ष प्रेमनारायण अधिकारीले जानकारी दिनुभयो
नीजि क्षेत्रको लगानीमा करिब ७५ करोडको बीउ उत्पादन हुन्छ त्यसमा कन्ये चाउको बीउ ४९ लाख ७० हजार प्याकेट, गोब्रे करिब एकलाख २५ हजार बोतल, सिताके करिब ३७ हजार प्याकेट, मिल्की करिब हजार प्याकेट ग्यानोडर्मा एकहजार प्याकेट बीउ उत्पादन हुने गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो बीउ उत्पादनका लागी देशभरि ४५ वटा नीजि क्षेत्रका ल्याव रहेका छन्   नेपालमा च्याउ सम्बन्धी कुनै नीति नभएको कारण किसानहरु मर्कामा परेको बताउँदै उहाँले गतवर्ष गुणस्तरहीन बीउ प्रयोग भएपछि राम्रो उत्पादन भएन त्यसले गर्दा किसान एक करोड भन्दा बढी रुपियाँको क्षति भएको भएको तर सरकारले नीति नभएको कारण क्षतिपूर्ती नदिएको बताउनुभयो
कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत रहेको किट विकास निर्देशनालयका प्रमुख हरिहर अधिकारले च्याउ सम्बन्धी राष्ट्रिय नीति बनाउने सबै तयारी गरी त्यसको ड्राफ कृषि मन्त्रालयमा पठाएको तर मन्त्रालयबाट ड्राफ नै हराएको बताउनुभयो च्याउका किसानहरुले एक महिने अभियान सञ्चालन गरेर फर्केका छन्, उनीहरुको अभियानमा आएका कुरालाई समेटिदै अर्को ड्राफ तयार गरी मन्त्रालयलाई दिने उहाँले बताउनुभयो उहाँले च्याउ सम्बन्धी सरकारसँग कुनै तथ्यांक छैन, सानो वजेटमा सानो सानो कार्यक्रम हुन्छ, वजेट नपुगेको कारण अन्य कार्यहरु गर्न नसकेको दावी गर्नुभयो

कच्चा पदार्थको समस्या, गुणस्तरीय बीउको समस्या, बीमा समस्या, क्वारेन्टाइन, जग्गा, बजार व्यवस्थापनलगायतको समस्या रहेको अध्यक्ष अधिकारीले दावी गर्दै सरकारले च्याउ खेती गर्ने किसानप्रति कुनै ध्यान नदिएको उहाँले आरोप लगाउनु भयो सव्रप्रथम कन्ये च्याउको उत्पादन अनुसन्धान पश्चात् २०२९ सालमा गोब्रे च्याउको खेती प्रविधि सम्बन्धि अनुसन्धान भएको हो त्यस समय कृषि अनुसन्धान परिषद् अन्तर्गत बाली विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधि सम्बन्धि अध्ययन सफल भएपछि २०३५ सालबाट देशका विभिन्न स्थानका किसानहरुलाई च्याउ खेती प्रविधि सम्बन्धि तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो २०३७ सालबाट  काठमाडौको बलम्बुमा निरन्तर रुपमा च्याउखेती शुरु भएको थियो
जुन माग दिनानुदिन वढ्दै गइहेको नेपालमा प्राय मौसमी रुपमा मात्र च्याउखेती हुदै आएकाले यसको मुल्य अस्थिर हुनेगरेको सिजनमा धेरै उत्पादन हुँदा किसानले उत्पादन मुल्य पाउन समेत मुश्किल भने अफसिजनमा धेरै महंगो हुने गरेको सिजनमा उत्पादन भएको च्याउलाई सुकाएर वा अन्य कुनै तरिकाबाट भण्डारण गरि राख्ने उचित व्यवस्था नहुँदा समस्या भएको संघका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो
उहाँले व्यावसायीक रुपमा च्याउ खेती शुरु भएको करिब दशकको अवधिमा च्याउनको मूल्य कहिल्यै नबढेको दावी गर्नुभयो च्याउ उत्पादनसँग सम्बन्धित सबै भौतिक सामाग्री कच्चा पदार्थको मूल्य सयौं, हजारौं गुणा बढेको तर च्याउको मूल्य नबढेको उहाँको गुनासो सिजन अनुसार मूल्यमा तलमाथी भएपनि च्याउको मूल्य प्रायः स्थिर नै रहेको उहाँको दावी उत्पादन वृद्धि भएपछि किसानले त्यसबाट लाभ लिने बेला भारतलगायतका देशबाट अनिधकृत रुपमा च्याउ भित्र्याएको कारण किसानहरु समस्यामा परेको उहाँको दावी
च्याउ खेतीप्रति किसानलाई रुची बढाउन तथा आकर्षित गर्नका लागी संघले राष्ट्रिय च्याउ जागरण अभियान २०७६ पुस गतेदेखि शुरु गरेर सोमवार सम्पन्न गरेर काठमाडौं फर्केका छन्

SHARE THIS