गरिमाको शाखा मुर्गियामा

काठमाडौं गरिमा विकास बैङ्कले बुधबार रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको
शाखाको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले  उद्घाटन गर्नुभएको हो
कार्यक्रममा बैङ्कका अध्यक्ष चन्द्रकान्त बरालले औद्योगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेकोे मुर्गिया शाखाले त्यस क्षेत्रको पुँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले आधुनिक सुविधासहित स्थापना गरिएको शाखाबाट ग्राहकले सहजरुपमा सबै किसिमका सेवा प्राप्त गर्ने बताउनुभयो

SHARE THIS