काठमाडौं । सानिमा
बैङ्कले काठमाडौंको
बुढानिलकण्ठस्थित सुन्दरबस्तीमा विस्तारित काउन्टर स्थापना
गरेको छ ।
काउन्टरको बुढानिलकण्ठ नगरपालिकाका प्रमुख
उद्घवप्रसाद खरेल, बैङ्कका सद्भावनादूत
हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ
र हरिवंश आचार्यले
संयुक्त रुपमा गर्नुभयो ।
सो अवसरमा नगरपालिका प्रमुख खरेलले बैङ्कको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा बैङ्कप्रति आभार प्रकट गर्नुभयो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाललेसुन्दरबस्तीमा पहिलो वाणिज्य बैङ्कको रुपमा उपस्थित भएको भन्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।