नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी सार्वजनिक

काठमाडौं । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातकर्ता पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी सार्वजनिक गरेको छ ।
कम्पनीले नक्सालस्थित शोरुमबाट आफ्नो प्रतिक्षित नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिक रुपमा सार्वजनिक गरेको हो । कार्यक्रममा कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जनाएको छ । एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ्ग खुलाएको थियो जसमा नेपालमा १५० भन्दा बढि बुकिङ्ग भइसकेको कम्पनीले जनाएको छ ।
विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० पञ्तिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । यो गाडी रु ४९,९९,००० शुरुवाती मुल्यमा उपलब्ध छ ।
पारामाउन्ट मोटर्स प्रा.लि.का जनरल म्यानेजर सचिन अर्याल नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्ने अपेक्षा व्यक्त गर्दै उहाँले अन्य ६६ थान गाडीहरु जनावरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्ने र वितरण प्रत्येक महिना जारी रहने बताउनुभयो ।

SHARE THIS