कस्टमेटिक व्यवसायी सङ्घमा अध्यक्षमा पौडेल

काठमाडौँ । नेपाल कस्टमेटिक व्यवसायी सङ्घको अधिवेशनले लक्ष्मीप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
शनिबार भएको तेस्रो अधिवेशनले प्रथम उपाध्यक्षमा आनन्दप्राद श्रेष्ठ, उपाध्यक्षमा सीता पराजुली, सचिवमा केशव ज्ञवाली, सह–सचिवमा टेकबहादुर काफ्ले र कोषाध्यक्षमा ऋषिकेश तिमल्सिनालाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा दिपेन्द्र श्रेष्ठ, सुभास गोयल, मुकेश अग्रवाल, सुमन गौतम, सदस्य नन्दिकिशोर रिजाल र रमेश श्रेष्ठ छन् ।
अधिवेशनको उद्घाटन गर्दै सांसद जीवनराम श्रेष्ठले शारिरीक विकासको क्रमसंगै सौन्र्दय पनि आवश्यक रहेको बताउँदै सौन्र्दयता महिलामात्र नभएर आम नागरिकको पनि चासोको विषय रहेको बताउनुभयो । ‘‘अहिले विभिन्न वर्ग, लिङ्ग,  समुदाय पनि सौन्र्दय प्रतियोगिता गर्न थालेका छन्’’ उहाँले भन्नुभयो  ‘‘ जसले गर्दा सौर्दन्यलाई फराकिलो बनाउदै लगिएको छ ।’’ कस्टमेटिक व्यवसायले सुन्दरतालाई प्रोमोशन गर्नुमात्र नभई मुलुकको समृद्धिका लागि लाग्नुपर्ने उहाँको तर्क थियो । बजारमा नक्कली सामानले व्यवसायीको साख गिरेको बताउाँदै उहाँले गुास्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो ।
नेपाल वितरण सङ्घका अध्यक्ष दुर्गालाल श्रेष्ठले व्यवसायीलाई समेट्नेगरी कानून बनाउनुपर्ने बताउनुभयो । संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले गुणस्तरिहीन वस्तु आयात भएर आफूहरुको व्यवसायलाई पनि असर परेको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।

SHARE THIS