काठमाडौँ । सेयर बजारमा ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । सेयर बजारमापक नेप्से परिसूचक चार अंकले ओरालो लाग्दा कारोबार रकम पाँच अर्बमा सीमित भएको छ ।
निरन्तर सुधारिएर तीन हजारको विन्दुमा पुगेको सेयर बजार ओरालो लाग्ने क्रममा २५ सयको विन्दुमा आइपुगेको छ ।
बुधबार नेप्से ४.०० अङ्कले ओरालो लागेर २५७६.७६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अङ्कले ओरालो लागेर ४५९.९२ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको चौंथो दिनको नेप्से ०.१५ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.०४ प्रतिशतले ओरालो लागेको छ ।
बुधबार ३२० कम्पनीको एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर ८० हजार ३७८ पटक खरिदबिव्रmी हुँदा पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ७० करोड रुपियाँले कमी हो ।
बुधबार २० करोड ५८ लाख आठ हजार ५८४ रुपियाँ बराबरको सेयर कारोबार भएर सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सर्वाधिक कारोबार भएको छ ।
बुधबारको सेयर बजारमा कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ र निर्जीवन बीमा बाहेक बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ । बैंकिङ उपसमूहको परिसूचक ०.७६ प्रतिशत र निर्जीवन बीमा ०.१६ प्रतिशतले उकालो लागेको छ । यता फाइनान्स उपसमूह सर्वाधिक २.६८ प्रतिशतले ओरालो लागेको छ ।
बजार निरन्तर ओरालो लागिरहेका कारण लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा रहेका छन् । जसले गर्दा कारोबार रकममा पनि संकुचन आइरहेको छ ।