केसीको गिनिज बुक अफ वार्ड रेकर्ड


काठमाडौँ, चैत १५ गते

निरन्तर रेकडिङ तथा ध्वनि मिश्रण गर्दै आएका ध्वनि प्राविधिक कुमार केसी गिनिज बुक अफ वार्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ । 

दुई वर्ष अघि मनाङको तिलिचो तालभन्दा उच्च स्थान ५१०५ मिटरमा प्रत्यक्ष बाघ वादन सहितको गायन तथा म्युजिक भिडियो छायाङ्कन गरिएको थियो । सो म्युजिक भिडियोको प्रत्यक्ष रेकडिङ कुमार केसीले गर्नुभएको थियो । ‘यही तिलिचो ताल...’ बोलको गीत मार्फत उहाँले गिनिज बुक अफ वार्ड रेकर्डको प्रमाणपत्र पाउनुभएको हो । यस गीतका रचनाकार डा. डिआर उपाध्याय, सङ्गीतकार सन्तोष श्रेष्ठ र गायक सागर शरद अधिकारीले गर्नुभएको थियो । यस गीतको टिमलाई गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा प्रमाणपत्र हस्तान्तरण गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपाललाई विश्वमा चिनाउन मेहनत गरेकोमा राष्ट्रपति पौडेलले बधाई दिँदै आगामी दिनमा पनि यस्तै कार्य गर्नका लागी हौसला प्रदान गर्नुभएको थियो ।  


SHARE THIS