एक लाख रुपियाँसम्म जित्न सकिने आइएमईको उपहार योजना

काठमाडौं । आइएमई लिमिटेडले कोरोना भाइरस (कोभिड ( १९) को प्रभावलाई दृष्टिगत गर्दै घरैबाट विप्रेषण गर्दा एक लाख रुपियाँसम्म जित्न सकिने उपहार योजना सार्वजनिक गरेको छ ।
कम्पनीले सामान्य अवस्थामा नेपालभित्रैबाट वा विदेशबाट गरिने विप्रेषण रकम एजेन्ट कहाँ गई लिन सकिने भए तापनि हालको विषम परिस्थितिमा  बाहिर निस्कदा सङ्क्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी  योजना ल्याएको जनाएको छ ।
यस उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जनालाई एक लाख रुपियाँ प्रदान गरिनेछ । त्यसैगरी हरेक हप्ता पाँच जनालाई जनही  ५ हजार रुपियाँ प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना असार अन्त्यसम्मको लागू गरिएको  कम्पनीले स्पष्ट पारेको छ ।
स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपियाँ बोनस स्वरूप प्राप्त गर्न सकिनेछ । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरिने कम्पनीले जनाएको छ ।

SHARE THIS