समाजसेवी केसीको १३ औँ दिनको पुण्यतिथि सम्पन्न

काठमाडौँ, कात्तिक ३० गते

पाल्पा तानसेन स्थित सेन माध्यमिक विद्यालयका संस्थापक तथा पूर्व प्रधानाध्यापक मिनबहादुर केसीको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ ।


पाल्पा जिल्लाको समग्र विकास प्रक्रियामा उल्लेखनीय योगदान पुर्याउनु भएका समाजसेवी केसीको ७८ वर्षको उमेरमा पाल्पाको वसन्तपुर स्थित आफ्नै निवासमा निधन भएको थियो । आफ्नो जीवनकाल भरी शिक्षण पेशामा सङ्लग्न केसीले पाल्पाको मौलिक सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाको सरक्षणमा योगदान पुर्याउनुको साथै पाल्पाली माझ असल समाजसेवीका रुपमा चिनिन सफल हुनुहुन्थ्यो । उहाँको निधनमा पाल्पावासीहरुले एक कर्मठ समाजसेवी गुमाउनुपर्दा ठुलो क्षति व्यहोर्नुपरेको बताएका छन् ।

उहाँको निधनको १३ दिनको पुण्यतिथि सम्म आईपुग्दा नेपाल शिक्षक सङ्घ, तानसेन नगरपालिका, नेपाल बाल सङ्गठन, नेपाल रेडक्रस सोसाईटी, पाल्पा उद्योग वाणिज्य सङ्घ, सांस्कृतिक अध्ययन प्रतिष्ठान, पाल्पा लायन्स क्लव, सेन माध्यमिक विद्यालय, त्रिभुवन बहुमुखी क्याम्पस लगायत थुप्रै संघ संस्थाले उहाँको निधनमा श्रद्धान्जली व्यक्त गरेका थिए ।


SHARE THIS