मोबाइल फोन र सामाजिक सञ्जालमा पहुँचले कृषि व्यवसायमा लागेका महिलालाई आवश्यक ज्ञान पुर्याउन सरकारलाई सजिलो

काठमाडौं । काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले राजधानीमा आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबार सम्पन्न भएको छ । व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित यो अन्तराष्ट्रिय सम्मेलनमा वक्ताहरूले व्यापार, पहुँच र नीति र रणनीतहरू प्रभावकारी बनाएर कसरी आर्थिक विकास हासिल गर्न सकिन्छ भने कुरामा धारणाहरू राखेका छन् ।

बुधबारका सत्रमा विविध विषयमा कार्यपत्रहरू प्रस्तुत भए । नैतिक र सामाजिक उत्तरदायित्वपूर्ण व्यवसाय सम्बन्धमा कार्यपत्र प्रस्तुत अनुसन्धानकर्ता डा.अशोक भण्डारीले प्रतिस्पर्धा बृद्धि गर्न सामाजिक उत्तरदायित्वपूर्ण व्यापारिक अभ्यास गर्नुपर्ने  बताउनुभयो ।

उहाँका अनुसार विगतमा व्यापारीले नाफा मात्र हेर्थे तर आजभोलि ट्रेन्ड अलिकति परिवर्तन भएका छ । उनीहरूले आफ्नो नाफाको निश्चित प्रतिशत व्यावसायिक सामाजिक उत्तरदायित्वका लागि पनि राख्ने गरेकाछन् । नेपालको औद्योगिक व्यवसाय ऐनले पनि नाफाको निश्चित प्रतिशत यस्ता कार्यमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । ‘निजी क्षेत्रले यस्तो लगानीको प्रतिफल जमिनमा अझै देखिन बाँकी रहेका बत्ताउन थालेका छन्,’ भण्डारीले भन्नुभयो ।

त्यसै गरी, अनुसन्धानकर्ता दीपशिखा गुरुङले महिला उद्यमीका लागि प्रविधि सबैभन्दा राम्रो साथी भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले धेरै महिलाका हातमा अहिले मोबाइल फोन र सामाजिक सञ्जालमा पहुँच रहेकोले कृषि व्यवसायमा लागेका महिलालाई आवश्यक ज्ञान पुर्याउन सरकारलाई सजिलो भएको बताउनुभयो ।

भारतकी अनुसन्धानकर्ता निशा प्रकाशले के उदारीकरणले अर्थतन्त्रमा बढाउँदै छ रु भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले भारतको उदाहरण दिँदै विकसित देशका उद्योगधन्दा विकासोन्मुख देशमा आएका र प्रदूषण बढाउन भूमिका खेलको बताउनुभयो । क्लाईमेट चेन्ज सम्बन्धी पेरिस सम्झौताको परिपालन गर्न विकसित देशका उद्योग विकासोन्मुख देशमा आएको तर तिनले उत्पादन बढाए पनि उच्च कार्बन उत्सर्जन पनि गरिरहेको उहाँको भनाई थियो ।

त्यसै गरी अनुसन्धानकर्ता सरोज कुमार अर्याल र विनायक मल्लले नेपालीहरू विदेश पढ्न जाने प्रवृत्तिको बारेमा कार्यपत्र प्रस्तुत गरेको थिए । उनीहरूका अनुसार नेपाली युवाहरू विदेशमा बढ्न गए पनि कमै मात्र फर्केर आउने गरेको बताउनुभयो । उनीहरू विदेश अध्ययन गर्न जानुको मुख्य कारण अन्तर्राष्ट्रिय डिग्री लिन भएको र यसले गर्दा रोजगारी पाउन सजिलो हुने युवाको विश्वास रहेका उनीहरूको धारणा थियो ।

नेपाली विश्वविद्यालयले दिने कम गुणस्तरको शिक्षाले पनि उनीहरूलाई बिदेसिन उत्प्रेरित गरेको उनीहरूको धारणा थियो । ‘विदेश गएपछि सम्बन्धित देशमै राम्रो अवसर पाउने भएकोले उनीहरू सामान्यतया फर्कदैनन्,’ उनीहरूको निष्कर्ष छ । हिजो सम्मेलनको पहिलो दिनमा भने विज्ञहरूले खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने आर्थिक क्षेत्रका विज्ञहरूले बताएका थिए ।

सम्मेलनका क्रममा मंगलबार विज्ञहरूले अहिलेको विश्वमा शतप्रतिशत आत्मनिर्भरता असम्भव रहेको र यही कारणले गर्दा खुला व्यापारको विकल्प  नरहेको उनीहरूको धारणा थियो । तर नेपालले विश्व व्यापार संगठनमा प्रवेश गरेको दुई दशक बित्दा पनि देश थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित नीति लिनुपर्ने पनि औँल्याए ।

इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकेडेमी, वैंगलोर अन्तरगत साउथ एसिया बोर्ड एकेडेमी अफ इन्टरनेशनल विजिनेका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमन्यमले व्यापारमा खुलापनले आफैमा अवसर ल्याउँछ । ‘यसले प्रतिस्पर्धी क्षमताको विकास, प्रविधिले प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिन्छ,’ उहाँले भन्नुभयो ।

तर उहाँले नेपालले आफ्नै स्थानीय स्रोतमा आधारित उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । ‘कुनै पनि देशको एउटा निश्चित ब्रान्ड हुन्छ । स्थानीय स्रोतमा आधारित र विश्वबजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको पहिचान नेपालले गर्न सक्छ । व्यापार प्रणालीका सुधारसँगै सूचना प्रविधिको प्रयोगले समग्र यी उपलब्धि हासिल हुन सक्छन्,’ उहाँले भन्नुभयो । उहाँका अनुसार व्यापार विविधीकरण तथा निर्यात बढाउने नेपालको लक्ष्य पूरा गर्न नेपालले डिजिटल सेवा, पर्यटन लगायतका क्षेत्रमा काम गर्न सक्छ ।

भारतीय सरकारको पूर्व वाणिज्य सचिव डा अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ त्यति धेरै अर्थतन्त्रले लाभ पाउने बताउनुभयो । ‘कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित  र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो,’ उहाँले भन्नुभयो। उहाँका अनुसार अहिलेको समयमा शतप्रतिशत आत्मनिर्भर असम्भव छ । ‘यही कारणले गर्दा खुला व्यापारको विकल्प कम्तीमा व्यापारमा सिर्जनशीलता चाहनेका लागि छैन,’ उहाँले भन्नुभयो ।

अहिले विश्वमा बहु आयामिक आर्थिक संकटहरू देखिएको तर यो संकट र असरका बाबजुद खुला अर्थतन्त्रमा मात्र सही र सहज समाधान निस्किने उहाँको दाबी छ । कोरोना महामारी, रुस युक्रेन युद्ध, अमेरिका चीनको व्यापारिक द्वन्द्वका कारण अन्तर्राष्ट्रिय व्यापारमा नयाँ आयामहरू देखिएको र त्यसको प्रभाव समय क्रममा देखिँदै जाने बताउनुभयो ।

इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट उदइपुर का विजनेश पोलिसी एण्ड स्ट्रेटेजीका अनुसन्धान अध्यक्ष एलिजाबेथ लुइज रोज ले कुनै पनि अर्थतन्त्रको मुख्य आधार भनेकै साना तथा मझौला उद्योग हुने बताउनुभयो । अन्तर्राष्ट्रिय व्यापारमा बहुराष्ट्रिय ठुला कम्पनीहरू दृश्यमा बढी आए पनि पनि साना तथा मझौला उद्योग निकै महत्त्वपूर्ण हुने उहाँको धारणा थियो । आफ्नै र सिर्जनशील किसिमको उत्पादन हुने यस्ता उद्योगका विकास निकै महत्त्वपूर्ण हुन्छ,’ उहाँले भन्नुभयो ।् ‘साना तथा मझौला उद्यमीहरूका लागि इकोसिस्टम बनाउनुपर्छ र यस्ता उद्यमीलाई दिने सहायताको किफायती बाटो लिनपर्छ ।’

काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको व्यापार उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको बताउनुभयो । नेपालले अपनाएको अहिलेसम्मका व्यापार नीतिबाट उत्पादन र बजारको खोजीमा असफलता नै धेरै हात लागेको बताउनुभयो । यस्ता असफलताको समीक्षा गरी उपयुक्त नीतिगत पहिचानका लागि यो सम्मेलन सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘विश्वविद्यालयका रूपमा हामीले दक्ष जनशक्ति विकासमा काम गरिरहेका छौँ । अझै नयाँ युगको आवश्यकता अनुसारको जनशक्ति विकासमा हामीले ध्यान दिइरहेका छौँ,’ उहाँले भन्नुभयो ।

डब्ल्युटिओ चेयरस प्रोगामका नलेज म्यानेजमेन्ट डिभिजनका निर्देशक डा। वेर्नर जेडडौकले सदस्य राष्ट्रहरूको व्यापारिक क्षमता विकासका लागि विश्व व्यापार संगठनले नीति निर्माणमा आवश्यक तथ्यगत अनुसन्धान, नीतिगत समीक्षा, मानव संसाधन विकासमा सहयोग गर्ने बताउनुभयो । सोही मुताबिक नेपालमा पनि डब्ल्युटिओ चेयरस प्रोगाम कार्यान्वयन भइरहेको उहाँले बताउनुभयो । काठमाडौं  विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन तथा  डब्ल्यु टी ओ चेयरस प्रोगाम–नेपालका अध्यक्ष प्रोफेसर डा। देवी प्रसाद बेडारीले विश्वव्यापीकरण कुनै पनि अर्थतन्त्रका लागि आफैमा राम्रो भए पनि नेपालजस्तो मुलुकका लागि केही चुनौती पनि रहेको बताउनुभयो । हामी अझै सिर्जनसील हुन आवश्यक छ किनभने नेपाल पहिले नै औद्योगिकीकरण कमजोर छ अनि उपयुक्त  शिक्षा तथा तालिम, बजार अनुसारको सीप विकास गर्नुपर्ने जस्ता थुप्रै चुनौती छन्,’ उहाँले भन्नुभयो  ‘डब्ल्यु टी ओ चेयरस प्रोगाम अन्तर्गत यस्तै विषयमा प्राज्ञिक तथा व्यावहारिक कामहरू हुनेछन् ।’

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार तथा डब्ल्यु टी ओ चेयरस प्रोगामका सहअध्यक्ष प्रोफेसर अच्युत वाग्लेले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भइरहेकोले व्यापार विविधीकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने बताउनुभयो । ठुला छिमेकीले इतिहासमा आफ्नो भू–राजनीतिक स्वार्थ पुरा गर्न व्यापारलाई रणनीतिक वस्तुको रूपमा उपयोग गरेकाले व्यापार विविधीकरण महत्त्वपूर्ण रहेको उहाँको भनाई थियो । वस्तु निर्यातमा कमजोर रहँदारहँदै सेवा व्यापारमा पनि नेपाल कमजोर रहेको उहाँको भनाई थियो । ‘उच्च शिक्षा, उच्च स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय हवाई सेवामा नेपाल खुद आयातकर्ता हो ।’

उहाँले सन् २००४ मा नेपाल विश्व व्यापार संगठनमा आबद्ध भएपछि निर्यात बढाउन अपनाईएका धेरै नीतिहरू असफल रहेको बताए । यी नीतिहरु उत्पादकत्व बढाउन र व्यापार घटाउन असफल रहेको र यसको लागि प्राज्ञिक र व्यवहारिक अनुसन्धान आवश्यक हुने बताउनुभयो । व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित यो अन्तर्राष्ट्रिय सम्मेलन बुधवारसम्म चलेको थियो ।

दुई दिने सम्मेलनमा अनुसन्धानकर्ताहरूबाट २८ वटा कार्यपत्र प्रस्तुत भएका थिए । ती कार्यपत्र नेपाल र भारतबाट प्राप्त भएको काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले जनाएको छ । २८ कार्यपत्र प्रस्तुत कर्ता मध्ये उत्कृष्ट कार्यपत्रलाई  ५०र५० हजार नगदसहित अवार्ड दिइएको छ । जसमा नेपालको तर्फबाट  जलवायु परिवर्तन, मानव बसाइसराइ र सम्भावित व्यापार सम्बन्ध कार्यपत्र प्रस्तुत गर्ने  प्रज्ज्वल ढुंगानालाई अवार्ड दिइएको छ। त्यस्तै भारत र नेपालका उद्योगहरूको निर्यात प्रतिस्पर्धात्मकता मूल्याङ्कन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने प्रतिभा वेंकटेशमूर्ति, डा। जीवनानन्द एस।, र डा। संगीता महरोलियाको कार्यपत्रलाई अवार्ड दिइएको छ ।

विश्व व्यापार संगठनको डब्ल्यु टी ओ चेयरस प्रोगामका अन्तरगत काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले यो सम्मेलन आयोजना गरेको हो । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले यो कार्यक्रम चार वर्ष ९२०२२–२०२६० कार्यान्वयन गर्नेछ । खास गरी तीन क्षेत्रमा यो कार्यक्रम लागु हुनेछ–अनुसन्धान, पाठ्यक्रम विकास तथा पढाई र क्षमता विकास र पहुँच ।


SHARE THIS