१२ बुँदे साझा संकल्प जारी गर्दै सकियो व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी

काठमाडौँ । बचत तथा ऋण सहकारीहरुको गुम्दै गएको छवी संरक्षण र प्रविधि हस्तान्तरणका लागि विकास भएका स्तरीकरण कार्यक्रमहरुमा सहभागी भई संस्थागत विकास र सुदृढिकरण गर्ने संकल्प गर्दै व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) राजधानीमा सम्पन्न भएको छ ।

कोभिड–१९ पश्चात बृहत अर्थव्यवस्थामा आएको बदलाव र सो को बचत तथा ऋण सहकारीहरुमा परेको प्रभावबाट सदस्यहरु र संस्थाको संरक्षणका लागि संस्थाको आकार, संरचना र योजनाहरुको समिक्षा गरी सन्तुलन कायम मार्फत स्वस्थ्य र सुरक्षित साकोस निर्माण गर्न पल्र्स प्रणालीको पुर्ण कार्यान्वयन गर्ने गोष्ठीले संकल्प गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले दुई दिनसम्म आयोजना गरेको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) १२ बुँदे साझा संकल्प जारी गर्दै बिहीबार सम्पन्न भएको हो ।

गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञ तथा स्रोत व्यक्तीहरुको प्रस्तुतीकरण थियो ।

कार्यक्रममा देशभरका करिब चार सय ५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुख (सिईओ)हरुको उपस्थिती रहेको थियो । गोष्ठीमा सहभागी सिईओहरुले सहकारी संस्थाले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने संकल्प प्रस्ताप पारित गरेको छ ।

गोष्ठीले अलग्गै बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवस्यक पैरबी गर्ने संकल्प समेत पारित गरेको छ । एकिकृत स्वनीयमन मार्गनिर्देशन पालन गर्ने, संस्थागत विकास र सुदृढिकरणको लागि स्तरीकरण कार्यक्रममा आवद्ध हुने र सुरक्षित संस्था निर्माण गर्न पल्र्स प्रणालीको पुर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता सिईओहरुले गरेका छन् ।

त्यस्तै बाध्यकारी नियामकीय प्रबन्धहरु पुर्णरुपमा कार्यान्वयन गर्ने समेत प्रतिवद्धता जनाएका छन् । जोखिमहरुको व्यवस्थापन गर्न संस्थागत पूँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध हुने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

नेफ्स्कूनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक पनेरुले साझा संकल्प वाचन गर्नुभएको थियो । साझा संकल्प वाचन गर्दै पनेरुले सहकारी अभियानको वर्तमान समस्या सम्बोधनमा दिशानिर्देशन गर्ने बताउनुभयो  ।

गोष्ठीले बचत तथा ऋण सहकारीहरुको सेवा स्तरीकरण, संस्थागत दिगोपना र अलग्गै पहिचानका लागि नीतिगत वातावरण तयार गर्न बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवस्यक पैरवी गर्ने संकल्प प्रस्ताव पारित गरेको छ ।

यस्तै नेफ्स्कूनका सदस्य संघ संस्थाहरुलाई जारी गरिएको एकिकृत स्वनीयमन मार्गनिर्देशन पालन गर्ने तथा   बचत तथा ऋण सहकारीहरुको छवी संरक्षण र प्रबिधी हस्तान्तरणका लागि विकास भएका स्तरीकरण (एक्सेस, प्रोवेसन तथा कब्र्स) कार्यक्रमहरुमा सहभागि भइ संस्थागत विकास र सुदृढिकरण गर्ने संकल्प पारित गरेको छ ।

कोभिड–१९ पश्चात तरलता लगायत कारणले संकट उन्मुख साकोसहरुको सुरक्षाका लागि स्वजागरण सहजिकरण विकास गरी संघ मार्फत कार्यान्वयन गर्ने तथा बचत तथा ऋण सहकारीहरुको लागि व्यवस्था गरिएका बाध्यकारी नियामकीय प्रबन्धहरु (कोपोमिस, गोएएमएल) पुर्णरुपमा कार्यान्वयन गर्ने र कार्यान्वयनमा कठिन भएका क्षेत्रहरुमा संघवाट सहजिकरणको व्यवस्था गराउने संकल्प गोष्ठीले पारित गरेको छ ।

वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यवसायिक जनशक्ति विकासका लागि निरन्तर प्रणाली, पद्धती र प्रविधिको अवलम्बन गर्न श्रम ऐनले तोकेका सेवा सुबिधा तथा सुरक्षाका न्यूनतम शर्तहरु संस्थामा पालन गराउने र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नेफ्स्कून साकोस म्यानेजर्स क्लबको सहभागिताका कार्यशाला आयोजना गर्ने गोष्ठीको संकल्प छ ।

बाह्य तथा आन्तरिक रुपमा देखा पर्ने जोखिमहरुको व्यवस्थापन गर्न संस्थागत पूँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध भइ नियमित जोखिम सुपरिवेक्षण गर्ने र व्यवस्थापनमा पहिला सुरक्षाको सिद्धान्त कर्यान्वयन गर्ने व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीले संकल्प गरेको छ ।

न्यून लागतमा समावेशी वित्तीय सेवा समुदायका सबै वर्गमा प्रवाह गर्न सञ्जालको साझा सेवाको रुपमा प्रविधि विकासमा योगदान गर्ने र उपलब्ध भए सम्म सञ्जालको साझा प्रविधिको उपयोग गर्ने संकल्प गोष्ठीको रहेको छ ।

सदस्यहरुको समृद्धि र वास्तविक अर्थव्यवस्थामा नै योगदानका लागि उत्पादन र उत्पादकत्व बृद्धि गर्न पाँच करोड भन्दा माथि कारोवार गर्ने सबैले अनिवाय व्यवसाय विकास सेवा कक्ष स्थापना र जनशक्ति व्यवस्थापन मार्फत सदस्यहरुलाई व्यवसाय विकास सेवा उपलब्ध गराउने संकल्प गोष्ठीले गरेको छ ।

११ साकोस एकरुपता प्रणाली कार्यान्वयन करारीय सम्झौता मार्फत गर्न नेफ्स्कूनसँग  सम्झौता गरी कार्यान्वयन कार्यान्वयन सुनिश्चितता गर्ने र सञ्जालको सक्षमता विकासका लागि संस्थाको वित्तीय तथा गैर वित्तीय स्रोत सञ्जाल मार्फत परिचान गर्न संघ संस्थको तोकीएको तथ्याङक तोकिएको ढाँचामा तोकिएको समयमा नै उपलब्ध गराउने ।


SHARE THIS