टिकेन सेयर बजारको सुधार, कारोबार भने बढ्यो

काठमाडौँ । सेयर बजारमा आएको सुधार एक दिन पनि टिक्न सकेन । अघिल्लो दिन ३३ अंकले सुधारिएको बजार साताको अन्तिम दिन भने भारी गिरावटका साथ विदा भएको छ ।

साताको अन्तिम दिनको सेयर बजारमापक नेप्से परिसूचक ५७ दशमलव ७४ अंकले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इण्डेक्स पनि ११ दशमलव ९८ अंकले ओरालो लागेर ३८४ दशमलव ३६ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से दुई दशमलव ७८ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इण्डेक्स पनि तीन दशमलव शून्य दुई प्रतिशतले ओरालो लागेको छ ।

केही दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार भने ३३ अंकले सुधारिएको थियो । दुई हजार पचासको विन्दुभन्दा पनि तल ओर्लेको बजारले फेरी दुई हजार एक सयको विन्दु पछ्याएको थियो ।

बुधबार नेप्से परिसूचक ३३ दशमलव ५७ अंकले उकालो लागेर दुई हजार ८० दशमलव ३८ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इण्डेक्स पनि चार दशमलव ८१ अंकले उकालो लागेर ३९६ दशमलव ३४ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा बुधबारको नेप्से एक दशमलव ६४ प्रतिशतले उकालो लागेको थियो भने सेन्सेटिभ इण्डेक्स पनि एक दशमलव २३ प्रतिशतले उकालो लागेको थियो ।

अन्तिम दिन २६० कम्पनीहरुको ६३ लाख २६ हजार १०५ कित्ता सेयर ४८ हजार १०५ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ७२ करोड रुपियाँले कमी हो ।

बुधबार दिनभर २६९ कम्पनीहरुको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर ३९ हजार ९९६ पटक खरिदबिक्री हुँदा एक अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

अन्तिम दिन आठ करोड ७० लाख ७३ हजार ३२ रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर छिमेक लघुवित्त शीर्ष स्थानमा पुगेको छ । एनआइसी एसिया बैंकको सात करोड ९६ लाख ४१ हजार ५३२ रुपियाँ, हिमालय डिष्टीलरीको सात करोड २१ लाख ८९ हजार ३८५ रुपियाँ, साना किसान लघुवित्तको छ करोड छ लाख ८७ हजार ८८४ रुपियाँ र नेपाल इन्भेष्टमेण्ट बैंकको छ करोड २८ हजार ८६८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

अन्तिम दिन कारोबारमा आएका १३ उपसमूहको सूचक ओरालो लागेको छ । लघुवित्त उपसमूहको सूचक सर्वाधिक नौ दशमलव ५४ प्रतिशतले ओरालो लागेको बिहीबार होटल तथा पर्यटन समूह तीन दशमलव आठ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS