लक्ष्मी माध्यामिक विद्यालयमा सनराइज बैंकले गरिदियो आरओ फिल्टर प्लान्ट जडान

काठमाडौँ । बुटवल उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा सनराइज बैंकले  तीन सय विद्यार्र्थीहरुलाई पुग्ने गरी प्रतिघण्टा एक सय लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको आरओ फिल्टर प्लान्ट जडान गरेको छ ।

विद्यालयमा भएको एक कार्यक्रममा सो फिल्टर हस्तान्तरण गरिएको हो । करिब तीन सय निम्न वर्गीय विद्यार्र्थीहरुले पढ्ने सो विद्यालयमा शुद्ध पिउने पानीको उपयुक्त स्रोतको  व्यवस्था नरहेकाले बैंकले उक्त व्यवस्था गरिदिएको जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा सनराइज बंैकका नायब महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उप–महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार परमानन्द भट्टराई, विद्यालयकी प्र.अ. शान्ति शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम ढकालको उपस्थिती रहेको थियो ।

सामाजिक कार्यले विद्यार्र्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मद्दत पुर्‍याउने विद्यालयकी प्र.अ. शर्माले बताउनुभयो । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग गदै जाने बताएको छ ।


SHARE THIS