२१ सयको विन्दु पछ्याएको सेयर बजार फेरी झर्‍यो, कारोबार भने हल्का बढ्यो

काठमाडौँ । एकै दिन ५६ अंकले उकालो लागेर २१ सयको विन्दु पछ्याएको सेयर बजार फेरी झरेको छ । लगातार पाँच दिन ओरालो लागेर सुधारिएको सेयर बजारको सुधार एक दिन पनि टिक्न सकेन । सोमबार उच्च अंकले सुधारिएको बजार फेरी मङ्गलबार फेरी ओरालो लागेको छ । यद्यपी नेप्से घटेपनि कारोबार भने बढेको छ ।

साताको तेस्रो दिनको सेयर बजार २४.८३ अंकले ओरालो लागेर २०४१.०६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.७५ अंकले ओेरालो लागेर ३९४.३९ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा मङ्गलबारको नेप्से १.२० प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले ओरालो लागेको छ ।

केही दिनदेखि लगातार ओरालो लागिरहेको सेयर बजार साताको दोस्रो दिन भने एकाएक उच्च अंकले उकालो लागेको थियो । अघिल्लो साताको दोस्रो दिनदेखि ओरालो लागिरहेको सेयर बजार दुुई हजारको विन्दुुमा पुुगेको थियो । सोमबार नेप्से परिसूचकलाई साथ दिंदै कारोबार रकममा पनि अघिल्ला दिनको तुलनामा बढोत्तरी आएको छ ।

सोमबार सेयर बजारमापक नेप्से परिसूचक ५५.८८ अंकले उकालो लागेर २०६५.८९ को विन्दुमा पुुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ११.२३ अंकले उकालो लागेर ३९८.१३ को विन्दुुमा पुुगेर रोकिएको थियो । समग्रमा सोमबारको नेप्से २.२७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि २.९० प्रतिशतले उकालो लागेको थियो ।

मङ्गलबार दिनभर २२१ कम्पनीहरुको ६४ लाख छ हजार ७३८ कित्ता सेयर ४३ हजार ३९२ पटक खरिदबिक्री हुँदा दुुई अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुुन अघिल्लो दिनको ३० करोड रुपियाँले बढी हो ।

सोमबार दिनभर २१५ कम्पनीहरुको ६० लाख २६ हजार १९२ कित्ता सेयर ४२ हजार ८९७ पटक खरिदबिक्री हुँदा दुुई अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । 

मङ्गलबार ४० करोड ८२ लाख ४७ हजार ८८८ रुपियाँ बराबरको सेयर कारोबार भएर रिडि हाइड्रोपावर सर्वाधिक सेयर कारोबार गर्ने मध्येको अगाडि आएको छ । यस्तै शिवम् सिमेन्टको आठ करोड ६८ लाख ५२ हजार ६९२ रुपियाँको सेयर कारोबार भएको छ  भने हिमालयन डिस्टिलरीको पाँच करोड ८७ लाख, महालक्ष्मी विकास बैंकको पाँच करोड ८७ लाख र नेपाल दुरसञ्चार कम्पनीको पाँच  करोड ६१ लाख रुपियाँको सेयर कारोबार भएको छ ।

तेस्रो दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ओरालो लागेको छ । हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ३.१८ प्रतिशतले ओरालो लागेको छ भने फाइनान्स र विकास बैंक उपसमूहको सूचक पनि दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।


SHARE THIS