टिकेन सेयर बजारको सुधार

काठमाडौँ । लामो समयपछि सुधारिएको सेयर बजारको सुधार एक दिन पनि टिक्न सकेन । यो साताको पहिलो दिन सुधारिएको बजार दोस्रो दिन फेरी ओरालो लागेको छ ।

सोमबार सेयर बजारमापक नेप्से परिसूूचक १७.६८ अंकले ओरालो लागेर २१०६.१५ को विन्दुुमा पुुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.४४ अंकले ओरालो लागेर ४०६.११ को विन्दुुमा पुुगेर रोकिएको छ । समग्रमा सोमबारको सेयर बजारमा नेप्से ०.८३ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.८४ प्रतिशतले ओरालो लागेको छ ।

अघिल्लो साता लगातार ओरालो लागेर बन्द भएको सेयर बजारले यो साताको शुरुवात भने सुधारबाट गरेको थियो । आइतबार सेयर बजारमापक नेप्से परिसूचक १०.२७ अंकले उकालो लागेर २१२३.८२ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ३.१० अंकले उकालो लागेर ४०९.५५ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा पहिलो दिनको नेप्से ०.४९ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.७६ प्रतिशतले उकालो लागेको थियो ।

केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन पनि ओरालै लागेर बन्द भएको थियो । शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक ३४.६१ अंकले ओरालो लागेको थियो । सेन्सेटिभ इन्डेक्स पनि ५.८० अंकले ओरालो लागेको थियो । समग्रमा अन्तिम दिनको नेप्से १.६१ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.४१ प्रतिशतले ओरालो लागेको थियो ।

सोमबार २१४ कम्पनीहरुको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर ६५ लाख २७ हजार ४१४ पटक खरिदबिक्री हुँदा दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपियाँले बढी हो ।

आइतबार २१९ कम्पनीहरुको ६१ लाख छ हजार ५२१ कित्ता सेयर ४४ हजार २४० पटक खरिदबिक्री हुँदा दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार २० करोड ७१ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, नबिल बैंकको १० करोड ८५ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको छ भने नागरिक लगानी कोषको आठ करोड २१ लाख २८ हजार ९६९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र म्युुचुुअल फण्ड बाहेक बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ । उत्पादन तथा प्रशोधन ०.१ प्रतिशत र म्युचुअल फण्ड ०.२७ प्रतिशतले उकालो लागेको छ । यता अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४२ प्रतिशतले ओरालो लागेको छ भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत लगानी र जीवन बीमा उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।


SHARE THIS