सेयर बजार फेरी ओरालो, कारोबारमा पनि गिरावट

काठमाडौें । सुधारिएर २१ सयको विन्दु पछ्याएको सेयर बजारमा फेरी ४६ अंकको गिरावट आएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

साताको तेस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक ४६.०८ अंकले ओरालो लागेर २०३०.५९ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.७१ अंकले ओरालो लागेर ३८७.२३ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा मङ्गलबारको नेप्से २.२२ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.२० प्रतिशतले ओरालो लागेको छ ।

पछिल्लो केही दिनयता सुधारिएर २१ सयको विन्दु पछ्याएको सेयर बजारमा साताको दोस्रो सामान्य गिरावट आएको थियो । नेप्सेमा गिरावट आएपनि दोस्रो दिनको कारोबार रकममा उच्च बृद्घि भएको थियो । सोमबार सेयर बजारमापक नेप्से परिसूूचक ९.७५ अंकले ओरालो लागेर २०७६.६७ को विन्दुुमा पुुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि २.८९ अंकले ओरालो लागेर ३९५.९४ को विन्दुुमा पुुगेर रोकिएको थियो । समग्रमा सोमबारको नेप्से ०.४७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले ओरालो लागेको थियो ।

अघिल्लो साता सामान्य गिरावट भएर बन्द भएको बजार यो साताको पहिलो दिन झण्डै ६० अंकले सुधारिएको थियो भने कारोबार रकममा पनि उच्च सुधार आएको थियो ।

मङ्गलबार दिनभर २२९ कम्पनीहरुको ८६ लाख १३ हजार ४८९ कित्ता सेयर ४९ हजार ४१६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ३८ करोड रुपियाँले कमी हो ।

सोमबार दिनभर २३४ कम्पनीहरुको एक करोड नौ लाख ८१ हजार ५९१ कित्ता सेयर ७५ हजार ७९० पटक खरिदबिक्री हुँदा चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

मङ्गलबार ३० करोडभन्दा बढीको सेयर कारोबार भएर सानिमा बैंकको संस्थापक सेयर शीर्ष स्थानमा पुगेको छ । अरुण काबेली हाइड्रोपावर, शिवम् सिमेन्ट्स र हिमालयन डिष्टिलरीको १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

मङ्गलबार दिनभर कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । व्यापार समूह सर्वाधिक ३.८८ प्रतिशतले ओरालो लागेको तेस्रो दिन अन्य, लगानी र वित्त उपसमूहको परिसूचक तीन प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । यस्तै विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।


SHARE THIS