एनआईसी एशिया बैंकले दियो ३० लाख रुपियाँ बीमा रकम

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तरगत बैंकमा बचत खाता खोलेका ग्राहकलाई ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तरगत बैंकमा बचत खाता खोलेका तीन जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रुपियाँको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बीमा लाभ प्राप्त गर्नेमा बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका प्रचण्ड जंग शाह र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका सञ्जित तामाङ रहेको बैंकले जनाएको छ ।

लाभदायीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमका बीच बीमा रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको जनाएको छ ।


SHARE THIS