सनराइज बैंकका ग्राहकलाई कस्टुमाइज कार्ड

काठमाडौं । सनराइज बैंकले कस्टुुमाइज फोटो कार्डको सुरुवात गरेको छ । बैंकले नेपालका बहुप्रतिष्ठित व्यक्तित्व, २०१० का सीएनएन हिरो अवार्ड बिजेता समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टुुमाइज कार्ड हस्तान्तरण गरी कार्डको शुभारम्भ गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना भएको कार्यक्रममा कस्टुुमाइज फोटो सहितको कार्ड कोइरालालाई हस्तान्तरण गर्नुभएको होे ।

आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रविधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न सकिने सुविधा भएको कम्पनीले जनाएको छ ।


SHARE THIS