घरेलु महासंघले नेपालका लघु, घरेलु तथा साना उद्योगहरुको विद्यतीय तथ्यांक अद्यावधिक गर्ने

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपालका लघु, घरेलु तथा साना उद्योगहरुको विद्यतीय तथ्यांक अद्यावधिक गर्ने भएको छ ।

मुलुकभर सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको स्तरोन्नती, पुनउत्थान र विस्तारका कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने भएको छ । महासंघले उद्यमीको क्षमता अभिबृदि गरी गुणस्तरीय वस्तु उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम सञ्चालन र समन्वय पनि गर्ने भएको छ ।

महासंघ केन्द्रिय समिति र केन्द्रिय महिला उद्यमी समितिको सोमबार राजधानीमा बसेको संयुक्त बैठकले स्थानीय निकायमार्फत महासंघका पालिका, जिल्ला तथा प्रदेश संघहरुमा कार्यक्रम ल्याउने प्रयास गर्ने जनाएको छ ।

स्थानीइ सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएको स्थानीय राजस्व परामर्श समितिमा महासंघको हरेक स्थानीय तहको प्रतिनिधित्वको सुनिश्चितता गर्ने महासंघको भावी कार्ययोजना रहेको छ ।

नेपालका लघु, घरेलु तथा साना उद्योगहरुको विद्यतीय तथ्यांक अद्यावधिक गर्ने भएको महासंघको कार्ययोजनामा उल्लेख छ ।

महासंघको फागुन २६र२७ मा वीरगञ्जमा सम्पन्न २५औं महाधिवेशन र २२औं महिला उध्यमी सम्मेलनले निर्वाचित गरेको महासंघको केन्द्रिय समिति र केन्द्रिय महिला उद्यमी समितिको संयुक्त बैठक विभिन्न निर्णयहरु पारित गर्दै राजधानीमा सम्पन्न भएको हो ।

बैठकमा महासंघको नवनिर्वाचित कार्यसमिति, सल्लाहकारलगायतको उपस्थिति रहेको थियो ।


SHARE THIS