प्रतिलिटरमा १० रुपियाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, एलपी ग्याँसको मूल्य भने यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १० रुपियाँ घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटरमा १०र१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भनेअनुरुप निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपियाँ पर्ने भएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपियाँमा झरेको छ । ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।


SHARE THIS