ओरालै बाटोमा सेयर बजारको निरन्तरता

काठमाडौँ / पछिल्ला केही दिनयता निरन्तर ओरालो लागिरहेको सेयर बजार साताको दोस्रो दिन पनि ओरालै बाटो पछ्याएको छ ।

मङ्गलबार सेयर बजार मापक नेप्से परिसूचक ३५.५३ अङ्कले ओरालो लागेर २१३७.९२ को बिन्दुमा पुुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ७.११ अङ्कले ओरालो लागेर ४१५.६३ को बिन्दुमा पुुगेर रोकिएको छ । समग्रमा मङ्गलबारको नेप्से १.६३ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.६८ प्रतिशतले ओरालो लागेको छ ।

सोमबार पनि नेप्से परिसूचक ५०.३३ अङ्कले ओरालो लागेर २१७३.४४ को बिन्दुमा पुुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि १०.३३ अङ्कले ओरालो लागेर ४२२।७४ को बिन्दुमा पुुगेर रोकिएको थियो । समग्रमा सोमबारको नेप्से २.२६ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स पनि २.३८ प्रतिशतले ओरालो लागेको थियो ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको दिनदेखि उकालो लागेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेपछि फेरि ओरालो लागेको थियो ।

लगानीकर्ताको सेयर बजारमा ४/१२ नीति, आयातमा शतप्रतिशत मार्जिन, कर्जा खुकुलो बनाउने तथा नीतिगत ब्याजदर कम गर्ने अपेक्षा पूरा नभएपछि बजार ओरालो लागेको हो ।

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नीतिगत दरहरू यथावत् राख्दै आवश्यकताअनुसार ब्याजदर चलाउने नीति सार्वजनिक परेपछि साताको अन्तिम दिन बजारमा नकारात्मक प्रभाव देखिएको थियो ।

मङ्गलबार २२९ कम्पनीहरूको ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर २७ हजार ५१९ पटक खरिदबिक्री हुँदा एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा दुई करोड रुपियाँले कमी हो ।


SHARE THIS