मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैङ्क

काठमाडौँ । सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेपछि नेपाल राष्ट्र बैङ्क पनि मौद्रिक नीतिको तयारीमा जुटेको छ ।

हरेक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको राष्ट्र बैङ्कले सरकारले लिएको आर्थिक नीति र बजेटका लक्ष्यहरू पूरा गर्नेगरी नीति तर्जुमा गर्ने गर्दै आएको छ ।

राष्ट्र बैङ्कअन्तर्गतको आर्थिक अनुसन्धान विभागले मङ्गलबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । प्राप्त सुझावलाई समेत समावेश गरेर मौद्रिक नीति तर्जुमा गर्ने राष्ट्र बैङ्कले जनाएको छ ।


SHARE THIS