सय रुपियाँ कमाउँदा उपभोगमै जान्छ ९१ रुपियाँ, नेपालीको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर पुग्ने अनुमान

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७८/७९ मा नेपालीको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ। चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमार्फत सरकारले यो अनुमान सार्वजनिक गरेको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनमा १०.८ प्रतिशतले बढी हो। आव २०७७/७८ मा प्रतिव्यक्ति  कुल राष्ट्रिय आय १२४६ डलर थियो ।

यस्तै, प्रतिव्यक्ति राष्ट्रिय खर्चयोग्य आय भने चालु आर्थिक वर्षमा १६८३ डलर पुग्ने अनुमान छ । प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (पर क्यापिटा जीडीपी) पनि अघिल्लो वर्षको बाट १२.३ प्रतिशतले बढेर एक लाख ६४ हजार पाँच सय ९८ रुपियाँ पुग्ने अनुमान आर्थिक सर्वेक्षणको छ । अघिल्लो वर्ष यो एक लाख ४६ हजार पाँच सय २१ रुपियाँ थियो ।

कुल गार्हस्थ उत्पादनसँग लगानीको अनुपात ३७.३ प्रतिशत पुग्ने अनुमान सर्वेक्षणले प्रस्तुत गरेको छ । गत आवमा यो ३५.९ प्रतिशत थियो ।

यो आर्थिक वर्षको अन्त्यसम्ममा उपभोक्ता मूल्यमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपियाँको पुग्ने उल्लेख गरिएको छ । प्रदेशगत रुपमा यसमा सबैभन्दा ठूलो हिस्सा राजधानी शहरसमेत रहेको बागमती प्रदेशको ९३६.९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ९४.१ प्रतिशत० रहने जनाइएको छ ।

यो वर्ष कुल लगानी रकम पनि १८.१ प्रतिशले बढ्ने अनुमान छ। यद्यपि, यो वद्धि दर गत आवको तुलनामा भने ११ प्रतिशतभन्दा धेरैले कम हो। गत वर्ष २०७६/७७ को भन्दा २९.३ प्रतिशतले लगानी थपिएको थियो । 


SHARE THIS