अहिले उत्पादित विद्युत कसरी खपत गर्ने भन्ने नै मुख्य चुनौती: घिसिङ

 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो लोडसेडिङको चुनौती रहेपनि अहिले उत्पादित विद्युत कसरी खपत गर्ने भन्ने नै मुख्य चुनौती रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन) र इकोनमिक पोलीसी इन्क्यूभेटर (ईपीआई)को संयुक्त आयोजनामा आयोजित नेपालमा विद्युत व्यापारको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले एकदिनमा हाइड्रोलोजी परिवर्तन नभएपनि माग भने हरेक घण्टा फरक हुने हुँदा व्यवस्थापनमा चुनौती हुने गरेको भनाई राख्नुभयो ।

हिउँदमा पानी रोकेर राख्न सक्ने भएपनि वर्षामा भने पाँच महिनासम्म उत्पादित विद्युत खपत नभए खेर फाल्नुपर्ने अवस्था रहेको भन्दै उहाँले नेपालसँग जलाशययुक्त आयोजना नरहेकोले विद्युतमा आत्मनिर्भर भएपनि र नभएपनि विद्युत व्यापार आवश्यक रहेको बताउनुभयो ।

सतलजमार्फत भारतसँग दीर्घकालिन विद्युत व्यापारको बाटो खुल्न सक्ने पनि भन्दै कार्यकारी निर्देशक घिसिङले ९०० मेगावाटको अरुणबाट विद्युत उत्पादन हुँदा २०० मेगावाट नेपालले नि:शुल्क पाउने र त्यसलाई भारतमै बिक्री गर्न सकिने बताउनुभयो ।

हरेक वर्ष १५ देखि २० प्रतिशत खपत बढेको पनि उहाँको भनाई छ । भारतमा हरेक वर्ष ५/६ प्रतिशत माग बढ्छ भने नेपालमा यति धेरै बृद्धि हुनु धेरै राम्रो मानिने भन्दै उहाँले भन्नुभयो र्– पछिल्लो एक महिनामा १०० मेगावाटको लोड बढेको छ । तर अर्को वर्ष सम्म २/३ सय मेगावाट माग बढ्न सक्छ ।’

पेट्रोलियम पदार्थको प्रतिस्थापन होइन, बृद्धिदर रोक्न सके मात्रै पनि धेरै प्रगति हुने भन्दै घिसिङले  सबैले विद्युतीय गाडी प्रयोग गरे लोड व्यवस्थापन थप सहज हुने बताउनुभयो । ग्यास रिपलेस गर्दा बिहान बेलुका मात्रै खपत हुने भएपनि विद्युतीय गाडीले रातको खेर जाने विद्युत खपत हुने उहाँको भनाई छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष कृष्ण आचार्यले कुनै समय नेपालमा लोडसेडिङ अन्त्य भयो भने पानीमा डुबेर मर्छौ भन्ने मान्छेहरु यहि रहेको भन्दै हामी खपत गर्न सक्दैनौ भनेर अलमलिएका भन्दै योजना बनाउनुपर्ने बताउनुभयो । अहिले विद्युतको युगमा हामीले डिजेलबाट चल्ने रेल ल्याएको भन्दै विद्युत खपत बढाउने दिशामा सरकार गम्भिर नभएको उहाँले बताउनुभयो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जलविद्युत क्षेत्र धरासयी भए धान्नै नसकिने अवस्था आउने चिन्ता व्यक्त गर्नुभयो ।र्

सिमेन्ट उद्योग सबै टाट पल्टिँदा पनि बैंकलाई फरक पर्दैन । होटलहरु सबै टाट पल्टिँदा पनि बैंकलाई फरक पर्दैन । तर जलविद्युत क्षेत्र टाट पल्टिादा भने बैंकिङ क्षेत्रनै धरासयी हुन्छ ।’ उहाँले भन्नुभयो –  र् हिजो विद्युत खपत कम गर भन्ने प्राधिकरण आज विद्युत किनिदेउ भन्दै उद्योगको दैलोमा पुग्दै छ ।’

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले इनर्जी इन्फ्रास्टक्चर नेपलको लागि अवसर भएको बताउनुभयो ।

बंगलादेश निर्यातकर्ता मुलुक भएकाले उसलाई अहिले प्रयोग गरिरहेको ग्यास ऊर्जाको विकल्प चाहिएको र त्यसको लागि नेपालले अवसर लिन सक्ने उहाँको भनाई थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल विद्युत प्राधिकरणकी व्यवस्थापक रञ्जु पाण्डेले नेपालले विद्युत निर्यात गर्नु रहर नभएर बाध्यता भएको बताउनुभयो । नेपलभित्र खपत हुन नसकेपछि जे जति भएपनि आओस भनेर निर्यात गरिएको उहाँको भनाई छ ।

इकोमनमिक पोलिसी इक्याबुटर (इपीआई)का निर्देशक प्रविण अर्यालले नेपालले वार्षिक एक अर्ब रुपियाँ ह्विलिङ चार्ज तिर्ने गरि अन्तरदेशिय प्रशारण लाइन तयार पारेपनि यसको पूर्ण क्षमतमा प्रयोग गर्न नसकेको बताउनुभयो ।


SHARE THIS