मन जित्दै मिलन कँडेलको मर्ने एउटै बाटो २

काठमाडौं । युवा गायक, संगीतकार तथा गीतकारको रुपमा चिनिँदै आएका मिलन कँडेलले ल्याएको गिति भिडियो मर्ने एउटै बाटो २ ले धेरैको मन जित्न थालेको छ ।

सन् २०१८ मा आएको लोकप्रिय गीत मर्ने एउटै बाटोको दोस्रो भाग सार्वजनिक भएको छ । गायक मिलन कँडेल र गायिका एलिना चौहानको आवाज रहेको गीतमा गायक कँडेलको नै शब्द र सङ्गीत रहेको छ ।

मर्ने एउटै बाटो २ु को म्युजिक भिडियोमा मोनु शाह र क्रिशला भट्टराईको अभिनय रहेको छ । मर्मस्पर्शी शब्दले भरिएको म्युजिक भिडियो रहर र बाध्यताबीचको प्रेम, गरिबी र सङ्घर्षको कथामा आधारित छ । क्रिशला भट्टराईको लगानी रहेको भिडियोमा गायक कँडेलको निर्देशन रहेको छ ।

https://youtube.com/watch?v=X-IQlH1--W8&feature=share



SHARE THIS