सेयर धितोको रिलाइकल गरेर सीमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरे : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अधिकारीले सेयर धितोको रिलाइकल गरेर सीमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सिमा तोकेको बताउनुभयो । “चार करोडको सेयर बैंकमा राखेर दुई करोड ८० लाख लोन लिने पुन दुई करोड ७० लाखको सेयर बैंकमा राखेर त्यसको ७० प्रतिशत कर्जा लिने र उक्त कर्जाको सेयरबाट पनि पुन: कर्जा लिने ‘रिसाकलको प्रवृत्ति’ ठीक छैन भनेर लिमिट राखेको हो,” उहाँले भन्नुभयो ।

नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्यवन सम्बन्धमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आर्थिक पुनरउत्थानमा केन्द्रित रहेर ल्याएको बताउनुभयो ।

गभर्नर अधिकारीले आर्थिक पुनरुउत्थान पनि हुन सकोस्, कार्यान्वयन गर्नेलाई पनि समस्या नपरोस् भनेर आर्थिक पुनरउत्थानलाई सँगसँगै राखेर मौद्रिक नीति ल्याएको बताउनुभयो ।

“कोभिडको दोस्रो वर्षको असहज अवस्थामा मौद्रिक नीति आएको छ, गत वर्षको लकडाउन भन्दा यो वर्ष सहज अवस्था छ, राष्ट्र बैंकले बैंकहरुको तथ्याङ्क र बैंकहरुले ग्राहकको विवरण हेर्ने हो,” गभर्नर अधिकारीले भन्नुभयो, “गत वर्षको भन्दा यो वर्षको अवस्था तुलना गर्न नै मिल्दैन अहिले अवस्था धेरै सहज छ , यद्यपी केही क्षेत्र भने समस्यामा छन् ।”

उहाँले सबैलाई एउटै ठाउँमा राखेर भन्दा पनि भन्दा पनि खास असर परेको उद्योगलाई कस्तोे प्रडक्ट प्रयोग गर्दा हुन्छ भनेर छुट्याएर ल्याएको बताउनुभयो । बैंकलाई आफ्नो ग्राहकको बारेमा राष्ट्र बैंकको भन्दा बढी जानकारी हुने भएकाले कोभिड प्रभावित व्यवसायी चिनेर सहुलियत दिने जिम्मा बैंकहरुलाई दिएको बताउनुभयो । “ग्राहक डुब्यो भने बैंक पनि समस्यामा पर्ने हो, त्यैले ग्राहकलाई चिनेरसहुलियत दिन बैंकलाई छोडेको हो,” उहाँले भन्नुभयो, “ग्राहकको अवस्था र व्यवसायीको बारेमा मुख्य मुल्याङ्कनकर्ता बैंक नै हो ।”

उहाँले चालु आवको मौद्रिक नीतिले एक करोड भन्दा सानो ऋणमा दुई प्रतिशत प्रिमियम तोक्ने राष्ट्र बैंकको नीतिलाई ‘नोबेल पोलिसी’को संज्ञा दिनुभयो । पहुँच नभएका र साना ऋणीको लागि एक करोड भन्दा सानो कर्जामा प्रिमियम तोकेको बताउँदै उहाँले यो कार्यान्वयन गर्न गार्‍हो भएको बताउनुभयो । गभर्नर अधिकारीले भन्नुभयो, “सानाका ऋणीको लागि ल्याएको ऐतिहासिक नीति हो, अहिले १६ लाख ८२ हजार ऋणी मध्ये ४७ हजार ऋण एक करोड भन्दा माथि कर्जा लिने छन् । धेरै ऋण लिनेको त बार्गेन गर्ने क्षमता नै बढी हुन्छ ।”

सेयर धितोको रिलाइकल गरेर सिमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सिमा तोकेको उहाँले बताउनुभयो । “चार करोडको सेयर बैंकमा राखेर दुई करोड ८० लाख लोन लिने पुन दुई करोड ७० लाखको सेयर बैंकमा राखेर त्यसको ७० प्रतिशत कर्जा लिने र उक्त कर्जाको सेयरबाट पनि पुन: कर्जा लिने ‘रिसाकलको प्रवृत्ति’ ठीक छैन भनेर लिमिट राखेको हो,” उहाँले भन्नुभयो ।

बैंक तथा वित्तीय संस्थाले तरलता अभाव भयो भन्दै प्रचार गरेकोप्रति टिप्पणी गर्दै उहाँले बैंकहरुले ब्याजदरको जोखिम उठाउने नगरेको आरोप लगाउनुभयो । “ब्याजदरको रिस्क ग्राहकमा थोपर्‍यो, तरलताको राष्ट्र बैंकमा ।”


SHARE THIS