सुदूरपश्चिम प्रदेशमा जनसंख्याको अनुपातमा कर्जा लगानी न्यून, कर्जा परिचालन मार्फत् आर्थिक गतिविधि बढाई रोजगारीका सिर्जना गर्न सकिने


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा जनसंख्याको अनुपातमा कर्जा लगानी न्यून रहेकाले कर्जा परिचालनमा बृद्धि मार्फत् आर्थिक गतिविधि बढाई रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने एक अध्ययनले देखाएको छ ।

तरकारी विकास कार्यक्रम सञ्चालन गरी प्रदेशलाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने समेत सो अध्ययनले देखाएको छ ।

दार्चुला, बझाङ र बाजुरा जिल्लाका स्याउ उत्पादक किसानहरुको उत्पादित स्याउको बजारीकरण तथा लघु प्रशोधन केन्द्र स्थापना मार्फत् स्याउ उत्पादनमा प्रोत्साहित किसानको आय आर्जन बढाउन सकिने समेत अध्ययनले देखाएको छ ।

सुदूरपश्चिम प्रदेशमा रोजगारी बढाउन कर्जा विस्तार मार्फत आर्थिक गतिविधि विस्तार गर्नुपर्ने पनि सो अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकको धनगढी कार्यलयको अध्ययन अनुसार सुदुरपश्चिम प्रदेशमा कर्जा विस्तार, कृषिमा आधुनिकिकरण र जडिवुटी प्रशोधन उद्योग स्थापना गरी आर्थिक गतिविधि बढाउन सकिने सुझाएको हो ।

सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रको मेरुदण्डको रुपमा कृषि क्षेत्र रहेको छ । त्यसैले पनि कृषिको व्यावसायिकरण, आधुनिकीकरण र यान्त्रिकीकरण मार्फत कृषि उत्पादन विस्तार गर्नुपर्ने आवश्यकता अध्ययनले औल्याएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा फलफूल तथा पशुजन्य उत्पादन प्रवद्र्धन एवं हिमाली क्षेत्रमा जडिबुटी प्रशोधन उद्योगहरु स्थापना गरेर यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार सो प्रदेशमा कर्णाली, महाकाली, सेती, चमेलिया, बुढीगंगा लगायतका नदीहरु रहेकाले प्रशस्त मात्रामा सिँचाईको व्यवस्था गर्न सकिने अवस्था रहेको देखिन्छ । त्यति मात्र नभई जलविद्युत उत्पादन गरेर निर्यात समेत गर्न सकिने अवस्था रहेको छ ।

भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेश र भारतको राजधानी नयाँ दिल्ली यहाँबाट नजिकै पर्ने भएकाले स्थानीय रुपमा उपलब्ध हुने कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरी तुलनात्मक लाभका वस्तुहरु उत्पादन गरी निर्यात समेत बढाउन सकिने सम्भावना रहेको छ । पर्यटकीय दृष्टिकोणबाट पनि सुदुर पश्चिम प्रदेशमा त्यतिकै सम्भावना रहेको अध्ययनले देखाएको छ ।

सुदुरपश्चिम प्रदेशको चुनौतिको रुपमा गरिवी, खाद्य सुरक्षा, वित्तीय पहुँचको कमजोर अवस्था, न्यून निक्षेप संकलन तथा कर्जा परिचालन, उच्च उत्पादन लागत, दक्ष जनशक्तिको अभाव रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । त्यसैगरी राजस्व संकलन गर्ने क्षमता न्यून रहेको अवस्थामा प्रदेशको स्रोत साधनको उपलव्धता बीचको खाडल पूर्ति गर्ने जटील रहेको अवस्था छ । त्यसैगरी स्थानीय र प्रदेश सरकारको संस्थागत, प्राविधिक र स्रोत परिचालन क्षमता वृद्धि गर्ने तथा पूर्वाधार निर्माणका लागि आवश्यक स्रोतको व्यवस्था गर्ने समेत यस प्रदेशमा चुनौतिपूर्ण रहेको अध्ययनले देखाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पाइने उच्च मूल्यका जडिवुटीहरुको प्रशोधनका लागि सार्वजनिक निजी साझेदारी मोडेलमा जडिवुटी प्रशोधन केन्द्र स्थापना मार्फत् राजस्व वृद्धि तथा जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने सम्भावना रहेको अध्ययनले देखाएको छ केन्द्रीय बैंकको अध्ययनले गत आर्थिक वर्षको पुससम्ममा प्रमुख कृषि बाली ९खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसलाले ढाकेको भू–क्षेत्र ०।२९ प्रतिशतले वृद्धि भएको छ देखाएको छ । यस्ता बालीको उत्पादन समेत ५।३० प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सवैभन्दा बढी उखुको उत्पादनमा ८।८८ प्रतिशतले वृद्धि भएको छ भने दलहन उत्पादनमा ०।५० प्रतिशतले ह्रास आएको छ । त्यसैगरी, गत आवको सो अवधिमा तरकारी उत्पादन २।३८ प्रतिशतले बढेको केन्द्रीय बैंकको अध्ययनको निष्कर्ष रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा पशुजन्य उत्पादन अन्तर्गत दूध १।१४ प्रतिशत, मासु २।० प्रतिशत र अण्डा ०।४७ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । गत आवको पुससम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले १०।४५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।

केन्द्रीय बैंकको अध्ययन अनुसार गत आवको पुसम्ममा सुदूरपश्चिम प्रदेशको उद्योगको औषत क्षमता उपयोग ४९।३९ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये आव २०७७र०७८ को अर्ध–वार्षिक अवधिमा गत आवको सोही अवधिको तुलनामा साबुन, गहुँको पिठो, प्रशोधित दुध, चामल तथा इँटा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको छ भने अन्यको क्षमता उपयोगमा ह्रास आएको छ ।

बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको २१।७१ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

त्यसैगरी गत आवको पुसम्ममा सुदूरपश्चिमको समीक्षा अवधिमा यस प्रदेशमा पर्यटक स्तरीय होटल तथा लज संख्यामा कुनै परिवर्तन आएको छैन भने शैया संख्या ४।५६ प्रतिशतले बढेको छ । सो अवधिसम्ममा सुदूरपश्चिममा घरजग्गा रजिष्ट्रेशन संख्या १०।४६ प्रतिशत र रजिष्ट्रेशन वापतको राजस्व ३६।५० प्रतिशतले वृद्धि भएको छ ।

बैंक तथा वित्तीय संस्थाले आ।व।२०७७र०७८ को पुस मसान्तसम्म यस प्रदेशबाट गरेको निक्षेप परिचालन २०७७ असार मसान्तको तुलनामा ९।४१ प्रतिशतले र कर्जा २४।९६ प्रतिशतले वृद्धि भएको छ । गत आवको पुससम्ममा यातायात साधन संख्या १३।०७ प्रतिशतले बृद्धि भएको छ ।


SHARE THIS