ग्लोवल आइएमई बैंकद्वारा विश्वविद्यालयलाई ल्यापटप प्रदान

दाङ साउन २५ । ग्लोवल आइएमई बैंकले नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप प्रदान गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको तुलसीपुर शाखाले विश्वविद्यालयलाई दुई वटा ल्यापटप प्रदान गरेको शाखा प्रबन्धक उमंग अधिकारीले जानकारी दिनुभयो ।



हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न कार्य गर्दै आएको भन्दै शाखा प्रबन्धक अधिकारीले यस वर्ष विश्वविद्यालयलाई सहयोग प्रदान गरेको जानकारी दिनुभयो । ‘ग्लोवल आइएमई बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको छ । बैंक पनि समाज विकासको हिस्सा बन्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ’, शाखा प्रबन्धक अधिकारीले भन्नुभयो, ‘यसवर्ष हामीले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत नेपाल संस्कृत विश्वविद्यालयलाई प्रविधि हस्तान्तरण गरेका छौं । २ वटा ल्यापटप प्रदान गरेका छौं । यो कार्यलाई निरन्तरता दिनेछौं ।’

प्रविधि हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका आर्थिक महाशाखा प्रमुख प्रकाश आचार्यले बैंकले प्रदान गरेको सहयोगलाई सदुपयोग गर्ने बताउनुभयो । ‘ग्लोवल आइएमई बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको छ, जो अत्यन्तै सह्राहनीय कार्य हो’, महाशाखा प्रमुख आचार्यले भन्नुभयो, ‘बैंकले प्रविधि विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । बैंकले प्रदान गरेका ल्यापटपको विश्वविद्यालयले सदुपयोग गर्नेछ ।’






SHARE THIS