अर्थतन्त्रलाई अलिकति नयाँ दिशामा लैजाने कोशिस गर्दैछु, विगतलाई गाली गर्ने श्वेतपत्र ल्याउँदिन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला आफूले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न सुझाव दिएको बताउनुभयो ।

चालु आर्थिक वर्षको १४ दिन वितिसक्दा पनि केन्द्रिय बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । यस्तोमा अर्थ मन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ ।

शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय पनि राष्ट्र बैंकले गर्ने प्रष्ट पार्नुभयो । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरुसँगको भेटमा मन्त्री शर्माले भन्नुभयो, मैले गभर्नर साबलाई फेरि ब्याजदर बढेर अन्य स्थितिबाट नागरिक वित्तीय सुविधाबाट बञ्चित नहुन् भनेको हुँ ।

वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थित सिर्जना गर्न आफूले निर्देश गरेको उहाँले बताउनुभयो । आम नागरिकलाई अप्ठेरो हुनु भएन । यसबाहेक मैले केही सुझाव दिएको छैन । रोकेको त हुँदै होइन, शर्माले भन्नुभयो, नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो । गभर्नरलाई मैले ुतपाईं त्यसको प्रमुख हो, मेरो सुझाव यत्ति हो, कतिबेला के गर्ने कसरी गर्ने पनि तपाईंको जिम्मा भनेको छु ।

ऋण पाउने पक्का भएकाहरूले ऋण पाउने स्थिति नहोस्, कसरी हुन्छ सहज वातावरण बनाउने निर्देशन दिएको उहाँले बताउनुभयो । अर्थ मन्त्रालयले मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठेरो पार्ने काम नगर्ने दाबी उहाँको छ ।

ूजनतालाई अप्ठेरो पार्ने गतिविधि तथा आर्थिक क्रियाकलापलाई अप्ठेरो हुने काम नहुने गरी जेजे लख्नुपर्ने हो लेख्नोस् भनेको छु, शर्माले थप्नुभयो, यसो भन्नु मेरो दायित्व हो ।

मन्त्रालयमा हिजो र आजको वातारण फरक भएकाले परिवर्तीत सहज वातारणलाई सहज बनाइदिन माग आएको उहाँले बताउनुभयो ।

अर्थमन्त्री शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लागेमात्र सम्भव हुने बताउनुभयो । आफू नेतृत्वमा रहँदा जानीजानी गल्ती नगर्ने बताउँदै उहाँले अञ्जानमा गलती भए सच्याउने सल्लाह दिन अनुरोध गर्नुभएको छ ।

ूकुन कुर्सीमा बसेको छौं भन्नेले फरक पर्दैन । देश विकासको चिन्ता कसमा कति छ भन्ने कुराले फरक पार्छ शर्माले भन्नुभयो मलाई धेरै चिन्ता छ । सो नाफा खाने चिन्ता हैन, चिन्ताकै लागि योगदान र बलिदान दिन तयार छु ।

मन्त्री शर्माले असत्य कुरा स्थापित नहुने पनि बताउनुभयो । ऊर्जामन्त्री रहँदा आफूले व्यहोरेको आरोपको सम्झँदै उहाँले भन्नुभयो, मैले कमेन्ट गरिनँ । पछि असत्य साबित भइ आफैं विस्तापित भयो ।

मन्त्री शर्माले अनुसन्धानमुखी तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध पनि गर्नुभयो । साथै, यो कार्यकाल आफ्ना लागि चुनौती र आम नागरिकका लागि अवसर भएको उहाँको जिकिर छ । शर्माले भन्नुभयो, आम नागरिकका लागि मिलेको यो अवसर फलदायी बनाउन म जुनसुकै चुनौती भोग्न तयार छु ।

त्यसअघि अर्थ सचिव शिशिरकुमार ढुंगानाले सञ्चारकर्मीहरूबाट आएको सुझावले ुतथ्यमा आधारित नीतिु बनाउन सघाउ पुग्ने बताउनुभयो । उहाँले अर्थतन्त्र अझै पनि उत्कृष्ट बनाउन नसकेको भएपनि विदेशी विनिमय सञ्चिति, बजेट बचतलगायत केही राम्रा पक्ष रहेको बताउनुभयो ।

सचिव ढुंगानाले अर्थले मौद्रिक नीति रोकेको भन्ने आरोप सत्य नभएको भन्दै छलफल अघि बढेकाले समय लागेको बताउनुभयो । ढुंगानाले भन्नुभयो, हामीले रोक्ने कुरै हुँदैन । नियामकीय व्यवस्था हेरफेर त राष्ट्र बैंकले जुनसुकै समयमा पनि हेरफेर गर्न सक्छ ।

ुश्वेतपत्र जारी गर्दा विगतको नेतृत्वलाई गाली गर्दिनँ, मलाई हिरो बन्नु छैन

मन्त्री शर्माले आफूले तयार पार्ने भनेको श्वेतपत्रले कसकैको कमजोरो नभएर अर्थतन्त्रको यथार्थ चित्रण गर्ने जिकिर पनि गर्नुभयो । कसैको अबमूल्यन गर्ने काम गर्दिनँ । श्वेतपत्रले यथार्थ चित्रण गर्छ । राम्रो कि नराम्रो मुल्यांकन गर्न जिम्मा सर्वसाधारणको हो, शर्माले भन्नुभयो ।

केही आफ्नो कुरा प्रस्तुत गर्दा कसैलाई गलत नदेखाउने आफ्नो मान्यता रहेको उहाँनले बताउनुभयो । श्वेतपत्र कसैलाई गल्ती देखाउन र आफूलाई हिरो देखाउन ल्याइने होइन । यही हो भने फिल्म खेल्ने गए भइहाल्छ, मन्त्री शर्माले भन्नुभयो, आफूलाई जे लाग्छ त्यतिमात्र बोल्नेछु, विगतको समीक्षा गरेर कसले कति गर्‍यो, कसले कति गरेन पनि भन्दिनँ ।

मन्त्री शर्माले उपभोक्तामुखी अर्थतन्त्र बनाउने आफ्नो कार्यकालको मुल योजना रहेको पनि बताउनुभयो । नयाँ सरकार गठन भएको स्थितमा आर्थिक अध्यायदेश संसदमा टेबल भएको बताउँदै उहाँले यसलाई टुङ्याउन पनि बाँकी रहेको तथा बुझ्न पनि आवश्यक रहेको बताउनुभयो ।


SHARE THIS