सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा के के छन् हेर्नुस

साझाबस अन्तर्गत १०० विद्युतीय बस सञ्चालनमा ल्याइने

चक्रपथको ग्वार्को, एकान्तकुना, सातदोबाटोमा फ्लाइओभर निर्माण गरिने

चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड

कलंकीदेखि महाराजगञ्जसम्म चक्रपथ विस्तार गरिने

पुल निर्माण तर्फ ११ अर्ब १० करोड

पूर्वपश्चिम राजमार्ग र पुष्पलाल राजमार्ग ४ लेनको बनाइने

हुलाकी राजमार्ग आगामी वर्षभित्र सम्पन्न गरिने, बजेट ६ अर्ब ३९ करोड

खानेपानी मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड

मेलम्ची खानेपानीको दोस्रो चरणको लागि ३ अर्ब ५१ करोड

२ वर्षभित्र निर्माण सम्पन्न हुने गरी झापाको दमकमा अन्तरराष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला निर्माण गरिने

१३००० विद्यालयमा नेपाल स्काउट विस्तार गरिने

१२ हजार युवालाई स्वरोजगार बनाइने

पशुपतिनाथ मन्दिरको प्रबलिकरणका लागि ३५ करोड

सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गरिने

प्रत्येक प्रदेशमा एक विशेष विद्यालय स्थापना गरिने

राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि १० अर्ब

१५०० सामुदायिक विद्यालय तथा क्यापसको निर्माण शुरु गरिने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १३ अर्ब ५७ करोड

पेट्रोलियम भण्डार क्षमता वृद्धि गरिने

औद्योगिक पूर्वाधार निर्माणका लागि २ अर्ब ७७ करोड

पर्यटन मन्त्रालयका लागि २७ अर्ब २७ करोड

२१६ स्थानमा सञ्चालित पर्यटन पुर्वाधारलाई निरन्तरता दिन ५९ करोड

वन तथा वातावरण मन्त्रालयका लागि १४ अर्ब १३ करोड

पेट्रोलियम सवारीलाई विद्युतीय सवारीमा परिमार्जन गरेमा ५ वर्षमा नविकरण नलाग्ने

२०८८ सम्ममा विद्युतीय सवारी साधनले विस्थापन गरिने

४० माइक्रोभन्दा कम प्लास्टिक प्रयोगमा साउनदेखि प्रतिबन्ध

गरिब निवारण कोष खारेज

राज्य सुविधा परिचय पत्र वितरण गरिने

सिंचाइ तथा नदी नियन्त्रण क्षेत्रको लागि ३१ अर्ब ८६ करोड

पाल्पा र उदयपुरमा मौसम राडार जडान गरिने

भोकमरी अन्त्य गरिने

नेपाल कृषि अनुसन्धानलाई ३ अर्ब

रुपन्देहीको कर्साघाटमा आधुनिक प्रविधिसहितको कृषिउपज थोक बजार केन्द्र निर्माण गरिने

१७ स्थानमा कृषिथोक बजार स्थापना गरिने

उखु उत्पादन गर्नेलाई बिक्री गरेको १५ दिनभित्र अनुदान प्रदान गर्न ८४ करोड

कृषि तथा पशुपन्छी विकासका लागि ४५ अर्ब ९ करोड

रबर जोन सञ्चालनमा ल्याइने

काठमाडौको गोठाटारमा जेष्ठ नागरिक ५०० शैय्याको आवास

महिला, बालबालिका तथा जेष्ठ नागरिकका लागि १ अर्ब २० करोड

एकल महिला, विधवा, विदुर आदिका लागि निःशुल्क औषधोपचार

श्रम मन्त्रालयका लागि १४ अर्ब

समान कामका लागि समान पारिश्रमीको व्यवस्था लागु गरिने

सामाजिक सुरक्षा कोषको दायरालाइ विस्तार गर्ने

वृद्ध भत्ता ४ हजार पुग्यो

सबै श्रमिकको दुरघटना बीमा हुने

प्रधानमन्त्री रोजगारबाट २ लाख रोजगारी दिइने

१६ वर्षभन्दा माथिका विद्यार्थीलाई १ थान सिमकार्ड निःशुल्क

शैक्षिक प्रमाणपत्र धितोमा ५ प्रतिशत २५ लाख सम्म कर्जा दिने

नाशवान उपभोग्य बस्तुको ढुवानी भाडामा २५ प्रतिशत अनुदान

श्रम रोजगारको लागि २ अर्ब बजेट विनियोजन

१ प्रतिशत कर्जामा युवा बेरोजगारले ऋण पाउने

निजामति कर्मचारीलाई १० दिनको पर्यटन काज मिलाइने

१२ लाख रोजगार सिर्जना गर्ने

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने

पुनकर्जा सुविधालाई निरन्तरता दिइने

होटललाई उत्पादनमूलक उद्योग सरह मानिने

होटल तथा सिनेमालाई निषेधाज्ञाको समयको बिजुली छुट

पुनकर्जाको सुविधा निरन्तरता

निषेधाज्ञा अवधिभर खाद्य कम्पनी, साल्ट ट्रेडिङ्गबाट बिक्री हुने चामल, नुन, तेल, ग्यास आदिमा १० प्रतिशत छुट

सामाजिक सुरक्षा कोषमा रोजगार दाताले व्यार्होनु पर्ने जेठ र असारको योगदान रकम सरकारले भुक्तानी गर्ने

गुणस्तरिय खानेपानी मासिक २० हजार लिटरसम्मको महसुल यसै महिना देखि छुट

स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट

सबै प्रदेशमा आयुर्वेदिक अस्पताल

स्वास्थ्य बीमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन

ढल्केबर लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने

सबै स्थानीय तथामा स्वाथ्य बीमा कार्यक्रम विस्तार गर्ने

वीर अस्पतालको दुवाकोटमा अन्तरराष्ट्रिय स्तरको अस्पताल बन्ने

काठमाडौँको किर्तिपुरमा १ हजार ५०० शैय्याको विशिष्टीकृत अस्पताल

सरकारी अस्पतालले सेटेलाइट क्लिनीक सञ्चालन गर्नुपर्नेसबै स्थानिय तहलाई क्षयरोग मुक्त क्षेत्र घोषणा गरिने

महिला स्वयंसेविकाको यातायात भत्ता शतप्रतिशत छुट ६ लाख २० हजार बालबालिकालाई खोप दिइने

१४ वर्षभन्दा मुनिका बालबालिका र ६० वर्षभन्दा माथिका वृद्धहरुका लागि निःशुल्क मुटुरोग सेवाका लागि २ अर्ब

औषधि खरिदका लागि ५ अर्ब ६० करोड

सबै नागरिकलाइ निशुल्क खोप उपलब्ध गराउने

कोभिड उपचार र नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड

खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड

१०० शैया अस्पतालमा अनिवर्या अक्सिजन प्लान्ट स्थापन गर्ने

घरमा रहेका बिरामीका लागि घुम्टी सेवा लगायतका अन्य सेवा निः शुल्क उपलब्ध गराउने

आईसीयु भेन्टिलेटर खरिदका लागि ४ अर्ब

कोभिड १९ महामारीभर अक्सिन प्लाट सञ्चालन गर्न लाग्ने विद्युत खर्चमा ५० प्रतिशत छुट

कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न बजेट केन्द्रित

अक्सिन उद्योग स्थापनाका लागि भन्सार छुट

प्रदेशलाई ५७ अर्ब ९५ करोड स्थानिय तहलाई ९४ अर्ब ५६ करोड समानिकरण अनुदान


SHARE THIS