संकटको उचित व्यवस्थापन सहित आर्थिक क्रियाकलापको चुस्त सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने देखिन्छ : गभर्नर अधिकारी


नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको यस अवसरमा बैंकका उद्देश्यहरू प्राप्तिका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने यस बैंकको सञ्चालक समिति बैंकका सम्पूर्ण कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु यस बैंकको कार्य सम्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय लगायत अन्य निकायहरू, बैंक तथा वित्तीय संस्थाहरू, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू, सञ्चार माध्यम तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु

बैंकको वार्षिकोत्सव समारोहको अवसरमा अब विगत एक वर्षमा मूल्य, वित्तीय बाह्य क्षेत्र स्थायित्व कायम राख्दैकोभिड(१९ को नकारात्मक आर्थिक प्रभावलाई न्यूनीकरण गर्न, आर्थिक पुनरुत्थान गर्न विषम परिस्थितिमा पनि बैकिङ्ख सेवा सुचारु राख्न सम्पादन भएका महत्वपूर्ण कार्यहरूका साथै समष्टिगत आर्थिक अवस्थाबारेमा सङ्क्षेपमा प्रस्तुत गर्न चाहन्छु

चुनौतीपूर्ण वर्ष

२०७७ साल विश्वव्यापीे रूपमा फैलिएको कोरोना महामारीको विषम परिस्थितिका कारण चुनौतीपूर्ण रह्यो कोभिड१९ को महामारी रोकथामका लागि विश्वका अन्य अर्थतन्त्रहरूले जस्तै नेपालले पनि २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दी लगायतका उपायहरू अबलम्बन गरेसँगै आर्थिक गतिविधिहरू सङ्कुचित हुन पुगे विशेषगरी होटल तथा रेष्टुरेण्ट, यातायात, खुद्रा तथा थोक व्यापार, उत्पादन क्षेत्र लगायत विविध क्षेत्रमा गम्भिर असर ¥यो २०७७ असार देखि बन्दाबन्दी लगायतका व्यवस्थाहरू क्रमशः खुकुलो बनाउँदैपुस २३ देखि पूर्ण रूपमा हटाइएपछि आर्थिक गतिविधिहरू पुरानै लयमा फर्कने क्रममा रहेका छन्। यस बैंकले कोभिड१९ का कारण अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गर्ने क्रममा २०७७ जेठमा ५२ जिल्लाका ६७४ उद्योगीरव्यवसायीहरूसँग सर्वेक्षण गरी २०७७ असारमा प्रतिवेदन प्रकाशन ¥यो त्यतिखेर प्रतिशत उद्योग व्यवसायहरू मात्र पूर्ण सञ्चालनमा रहेका थिए सोही सर्वेक्षणका सहभागीहरूसँग २०७७ कात्तिक १३ देखि २०७७ मंसिर २४ सम्ममा सर्वेक्षण गर्दा करिव ५४ प्रतिशत उद्योगरव्यवसाय पूर्ण सञ्चालनमा आएका थिए तर त्यति बेला सम्म पनि करिव प्रतिशत उद्योगहरू बन्द कै अवस्थामा रहेका थिए

बन्दाबन्दी पूर्ण रूपमा हटेको कोभिड१९ विरुद्घको खोप लगाउने कार्यसमेत सुरु भएपछि खुम्चिएको अर्थतन्त्र सामान्य तर्फ फर्कन सुरु भईसकेको थियो तर, पछिल्लो समयमा कोभिड१९ को संक्रमण दर छिमेकी देशमा पुनः बढ्दै गएको साथै नेपालमा समेत संक्रमण दर जोखिम बढ्दै गएको हुँदा अर्थतन्त्र अझ पनि यसबाट थप प्रभावित हुने जोखिम कायमै रहेको

कोभिड १९ को असर न्यूनीकरण गर्न गरिएका नीतिगत पहलहरू

कोभिड १९ बाट अर्थतन्त्रमा परेको असरलाई न्यूनीकरण गर्न विभिन्न नीतिहरू अवलम्बन गरिए आर्थिक पुनरुत्थानमा सघाउ पु¥याउन मौद्रिक सहजीकरण गर्ने उद्देश्यले मौद्रिक नीतिलाई लचिलो बनाई कर्जाको व्याजदर कम हुने उपायहरू लागू गरिए अनिवार्य नगद अनुपातलाई प्रतिशतमा कायम राख्दै निक्षेप सङ्कलनको दरलाई प्रतिशतको विन्दुले रिपो दरलाई ०.५ प्रतिशत विन्दुले घटाइयो

कोभिड१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै उद्योग, पेशा, व्यवसायको पुनरुत्थानमा सहयोग पु¥याउने, पुनरकर्जामा पहुँच अभिवृद्धि गर्ने विद्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित प्रभावकारी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ जारी गरी उपलब्ध कोषको गुणासम्म पुनरकर्जा उपलब्ध गराउने सक्ने व्यवस्था गरियो पुनकर्जाको ७० प्रतिशत रकम साना  ऋणीहरूलाई प्रदान गर्ने नीति लिइयो दश मेगावाटभन्दा साना जलविद्युत्आयोजनाहरूलाई विशेष पुनरकर्जा उपलब्ध हुने व्यवस्था गरियो

बैंक तथा वित्तीय संस्थालाई प्रतिशत व्याजदरमा निर्यातजन्य उद्योग रुग्ण उद्योग लगायतका तोकिएका क्षेत्रमा विशेष पुनरकर्जा, प्रतिशत व्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा प्रतिशत व्याजदरमा तोकिएका क्षेत्रमा साधारण पुनरकर्जा प्रदान गर्ने व्यवस्था गरियोभने यस्ता पुनरकर्जामा ऋणीले क्रमशः प्रतिशत, प्रतिशत प्रतिशत मात्र व्याज तिर्नुपर्ने व्यवस्था कायम गरियो

बैंकको सेवा सञ्चालन मागदर्शन, २०७७ कोभिड१९ संक्रमण जोखिमको व्यवस्थापन बैंकको सेवा सुचारु राख्ने कार्ययोजना २०७७ लागू गरी कोभिड १९ को संक्रमणको समयमा पनि बैकिङ सेवालाई सुचारु राख्दै विना अवरोध सेवाग्राहीप्रतिको सेवालाई निरन्तरता दिईयो

कोभिड१९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि आर्थिक गतिविधि चलायमान रहोस् समष्टिगत आर्थिक व्यवस्थापन नियन्त्रण बाहिर नजाउन्भन्ने उद्देश्यलेबैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जाको निरन्तरताको लागि नियामकीय सहजता छुट प्रदान गर्ने नीति अवलम्बन गरियो।  उद्योग व्यवसायमा आउन सक्ने मन्दी कर्जा मागमा देखिएको पूर्ण शिथिलतालाई दृष्टिगत गरी कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनरसंरचना पुनरतालिकीकरण गर्ने व्यवस्थाको साथै कोभिड १९ का कारण कर्जा भुक्तानी गर्न नसकेमा पनि निश्चित समयसम्मको लागि कर्जा वर्गीकरणलाई यथावत् राख्न सकिने व्यवस्था गरियो

ऋणीहरूलाई चालू पुजी कर्जाको अधिकतम २० प्रतिशतसम्म आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरियो आन्तरिक उत्पादनलाई प्रोत्साहित गरी रोजगारी अभिवृद्धिमा सघाउ पु¥याउने अभिप्रायले वाणिज्य बैंकहरूले लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा रु। करोडभन्दा कम रकमका कर्जाहरू क्रमिक रूपले बढाउँदै जाने गरी २०८१ असार मसान्तसम्म आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत, ऊर्जा क्षेत्रमा न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा २०८० असारसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरियो।

कोभिड१९ को असर स्वरुप बैंक तथा वित्तीय संस्थाहरूको पूँजीकोषमा पर्न सक्ने चापलाई दृष्टिगत गरी आर्थिक वर्ष २०७६र७७ को खुद वितरणयोग्य मुनाफाको बढीमा ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरियो   कोभिड१९ बाट प्रभावित ऋणीको हकमा महिना वा सोभन्दा कम अवधिको व्याज बक्यौता रहेको अवस्थामा कालो सूचीमा समावेश गर्ने प्रक्रिया महिनाभन्दा बढीको व्याज बक्यौता नभएको अवस्थामा धितो लिलामी प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्नुपर्ने व्यवस्था गरियो

कानून तथा कार्यविधि तर्जुमा तथा सुधार

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को तेस्रो संशोधन प्रस्ताव तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को पहिलो संशोधन प्रस्ताव विदेशी विनिमयलाई व्यवस्थित गर्न विदेशी विनिमय व्यवस्थित गर्ने ऐन, २०७२ नेपाल सरकार मार्फत संसदमा पेश भएको   देशमा सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने सन्दर्भमा सोसँग सम्बन्धित कार्यको नियमन, सुपरिवेक्षण निगरानी गर्ने उद्देश्यले संसदबाट पारित भई लागू भएको भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को प्रभावकारी कार्यान्वयनको लागि भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ लागू भएकोछ

विदेशी विनिमय (नियमित गर्ने), २०१९ को संशोधन प्रस्ताव, बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को पहिलो संशोधन प्रस्ताव, विनिमय अधिकारपत्र ऐन, २०३४ को पहिलो संशोधन प्रस्ताव नेपाल सरकार, अर्थ मन्त्रालयमा पेश भएको सामाजिक उत्तरदायित्व सम्बन्धी छुट्टै कानुनको आवश्यकता सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम यस बैंकको तर्फबाट अध्ययन प्रतिवेदनसमेत पेश भैसकेको इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७ लागू गरिएको

विदेशी विनिमय कारोबार तथा विदेशी मुद्राको नगद स्थानान्तरण सम्बन्धी कार्यहरूलाई थप व्यवस्थित प्रभावकारी बनाउनका लागि विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७, नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ नगद विदेशी मुद्रा स्थानान्तरण सम्बन्धी कार्यविधि २०७७ तर्जुमा गरी लागू गरिएको वर्तमान कोभिड१९ लाई मध्यनजर गरी नियमित आन्तरिक लेखापरीक्षणको काम गर्न रिमोट अडिट को अवधारणा अवलम्बन गरी कार्य सम्पादन गर्न रिमोट आन्तरिक लेखापरीक्षण मार्गदर्शन, २०७७ लागुगरिएको

बैंकबाट प्रवाह हुने तथा बैंकले प्राप्त गर्ने सूचनालाई थप व्यवस्थित प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंक सूचना तथा सञ्चार नीति, २०७७ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको बैंकमा प्रयोगमा रहेका सूचना प्रविधि प्रणालीहरूको व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि इमेल सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७७ नेपाल राष्ट्र बैंक वेबसाइट सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ कार्यान्वयनमा ल्याइएको सफा नोट नीति, २०७३ को पहिलो संशोधन गरिएको साथै, जाली नोट तथा खोटो सिक्का व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक, जाली नोट तथा खोटो सिक्का सम्बन्धी विनियमावली, २०७७ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ

समष्टिगत आर्थिक तथा वित्तीय स्थिति

विश्व अर्थतन्त्र

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा ३.३ प्रतिशतले संकुचन भएको विश्व अर्थतन्त्र सन् २०२१ मा ६.० प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको विकसित देशहरूको अर्थतन्त्र सन् २०२० मा ४.७ प्रतिशतले संकुचन भएकोमा सन् २०२१ मा ५.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण त्यसैगरी, २०२० मा २.२ प्रतिशतले संकुचन भएको उदीयमान तथा विकासोन्मुख देशहरूको अर्थतन्त्र सन् २०२१ मा ६.७ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छिमेकी मुलुकहरू क्रमशः भारतको अर्थतन्त्र सन्२०२१ मा १२.५ प्रतिशतले चीनको अर्थतन्त्र ८.४ प्रतिशत वृद्धि हुने कोषको प्रक्षेपण

आन्तरिक आर्थिक तथा वित्तीय स्थिति

वास्तविक क्षेत्र

कोभिड १९ ले पारेको प्रभावका कारण आर्थिक वर्ष २०७६र७७ मा नेपालको आर्थिक वृद्धि १।९ प्रतिशतले नकारात्मक रहे पनि चालु आर्थिक वर्ष कृषिजन्य उत्पादनमा हुने केही वृद्धि, बन्दाबन्दीको अन्त्यपश्चात् आर्थिक गतिविधिमा देखिएको सुधार तथा केही ठूला पूर्वाधारका योजनाहरूको निर्माण सम्पन्न लगायतका कारण आर्थिक पुनरुत्थानले गति लिई आर्थिक वृद्धिमा सुधार हुने देखिन्छ नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यस वर्ष धानबाली लगाइएको क्षेत्रफलमा १।०० प्रतिशतले यसको उत्पादनमा भने १।२८ प्रतिशतले वृद्धि भएको त्यसैगरी, मकै गहुँको उत्पादनमा पनि वृद्धि भएको अनुमान रहेको

आयातको वृद्धिका कारण थोक तथा खुद्रा व्यापार क्षेत्रमा आएको सुधार बैंक तथा वित्तीय क्षेत्रको निक्षेप परिचालन तथा कर्जा प्रवाहमा आएको विस्तार आदिका कारण सेवा क्षेत्रको आर्थिक वृद्धिमा पनि केही सुधार हुने देखिन्छ तथापि कोभिड१९ का कारण पर्यटन क्षेत्रमा परेको प्रभाव अझै केही समय रहने देखिन्छ कर्जाको व्याजदर घटेको, सहुलियत कर्जा पुनरकर्जा उत्साहजनक रूपमा प्रवाह भएकोले उत्पादनमूलक क्षेत्रको बिस्तार भने सुधार हुँदै गएको

मूल्य स्थिति

आर्थिक वर्ष २०७७/७८ को आठ महिनासम्म औसत मुद्रास्फीति ३.५१ प्रतिशत रहेको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.५० प्रतिशत रहेको थियो २०७७ फागुनमा वार्षिक बिन्दुगत थोक मूल्य सूचकाङ्क ६.३० प्रतिशत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको अघिल्लो वर्षको सोही महिनामा यी सूचकाङ्कहरू क्रमशः ६।५७ प्रतिशत ७।५१ प्रतिशतले बढेका थिए

सरकारी वित्त स्थिति

नेपाल सरकार, अर्थ मन्त्रालय -महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०७७ चैत मसान्तसम्ममा चालु खर्च रु. ५३० अर्ब ८७ करोड, पुँजीगत खर्च रु. १०५ अर्ब ९९ करोड वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु.५७ अर्ब ५९ करोड गरी कुल सरकारी खर्च रु. ६९४ अर्ब ४६ करोड पुगेको अघिल्लो वर्षको सोही अवधिमा नेपाल सरकारको चालु खर्च रु.४९५ अर्ब ४३ करोड, पुँजीगत खर्च रु.१०५ अर्ब ५९ करोड वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु. ७४ अर्ब ७८ करोड गरी कुल सरकारी खर्च रु.६७५ अर्ब ८१ करोड रहेको थियो

२०७७ चैत मसान्तसम्ममा संघीय सरकारको कर राजस्व रु. ६३६ अर्ब ७० करोड गैर कर राजस्व रु. ४७ अर्ब १७ करोड गरी कुल राजस्व सङ्कलन १५.७९ प्रतिशतले वृद्धि भई रु. ६८३ अर्ब ८७ करोड कायम भएको अघिल्लो वर्षको सोही अवधिमा सरकारको कर राजस्व रु. ५३९ अर्ब ५४ करोड गैरकर राजस्व रु. ५१ अर्ब १० करोड गरी कुल राजस्व सङ्कलन रु. ५९० अर्ब ६४ करोड रहेको थियो

२०७७ चैत मसान्तसम्म संघीय सरकारले रु. ११२ अर्ब ५२ करोड आन्तरिक ऋण परिचालन गरेको अघिल्लो वर्षको सोही अवधि सम्ममा संघीय सरकारले रु. ५५ अर्व आन्तरिक ऋण परिचालन गरेको थियो

प्रदेश वित्त स्थिति

२०७७ फागुन मसान्तसम्ममा प्रदेश सरकारको स्रोत प्राप्ति रु. ९१ अर्ब ६२ करोड रहेको यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान विभाज्य कोषबाट बाँडफाँड हुने राजस्वसमेत गरी रु. ६३ अर्ब २६ करोड हस्तान्तरण गरेको यस अवधिमा प्रदेश सरकारहरूले राजस्व अन्य स्रोतबाट रु.२८ अर्ब ३६ करोड परिचालन गरेका छन् त्यसैगरी, यस अवधिमा प्रदेश सरकारहरूको खर्च रु। ६२ अर्ब १२ करोड रहेको

वैदेशिक व्यापार तथा शोधनान्तर स्थिति

आर्थिक वर्ष २०७७/७८ को आठ महिनासम्म कुल वस्तु निर्यात ७।८ प्रतिशतले वृद्धि भई रु।८० अर्ब ७८ करोड पुगेको अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२।३ प्रतिशतले वृद्धि भएको थियो कुल वस्तु आयात भने आर्थिक वर्ष २०७७र७८ को आठ महिनामा २।१ प्रतिशतले वृद्धि भई रु। ९४३ अर्ब ९९ करोड कायम भएको अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २।६ प्रतिशतले घटेको थियो

आर्थिक वर्ष २०७७/७८ को आठ महिनासम्म कुल वस्तु व्यापार घाटा १।६ प्रतिशतले वृद्धि भई रु। ८६३ अर्ब २१ करोड कायम भएको अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४।३ प्रतिशतले कमी भएको थियो आर्थिक वर्ष २०७७÷७८ को आठ महिनासम्म चालु खाता घाटा रु। १४८ अर्ब ६८ करोड रहेको अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु। ११९ अर्ब ७० करोड रहेको थियो त्यसैगरी, समीक्षा अवधिमा शोधनान्तर स्थिति रु। ६८ अर्बले बचतमा रहेको अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु। ३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो

आर्थिक वर्ष २०७७/७८ को आठ महिनासम्म विप्रेषण आप्रवाह ८।६ प्रतिशतले वृद्धि भई रु। ६४२ अर्ब १४ करोड कायम भएको अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १।५ प्रतिशतले बढेको थियो समीक्षा अवधिमा खुद ट्रान्सफर आय ७।२ प्रतिशतले वृद्धि भई रु।७१८ अर्ब ७० करोड कायम भएको अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १।० प्रतिशतले बढेको थियो   २०७७ असार मसान्तसम्म रु। १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २।५ प्रतिशतले वृद्धि भई २०७७ फागुन मसान्तमा रु। १४३६ अर्ब ५४ करोड बराबर पुगेको बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२।५ महिनाको वस्तु आयात ११।३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ कोभिड १९ कोनकारात्मक असरका बाबजुद पनि बाह्य क्षेत्र सुदृढ रहेको

मौद्रिक स्थिति तथा तरलता व्यवस्थापन

आर्थिक वर्ष २०७७/७८ को आठ महिनासम्म विस्तृत मुद्राप्रदाय ११।४ प्रतिशतले बढेको भने सञ्चित मुद्रा १०।५ प्रतिशतले घटेको अघिल्लो वर्षको सोही अवधिमा विस्तृत मुद्राप्रदाय ७।३ प्रतिशतले बढेको थियो भने सञ्चित मुद्रा ०।२ प्रतिशतले घटेको थियो वार्षिक विन्दुगत आधारमा २०७७ फागुन मसान्तसम्म कुल आन्तरिक कर्जा २१।९ प्रतिशतले बढेको भने निजी क्षेत्रमाथिको दाबी १८।९ प्रतिशतले बढेको बैक तथा वितीय संस्थाको निक्षेप भने २१।९ प्रतिशतले बढेको

आर्थिक वर्ष २०७७/७८ को चैत मसान्तसम्म बजारमा देखिएको तरलताको उतार चढावलाई सम्बोधन गर्नका लागि खुला बजार कारोबारका विभिन्न उपकरणहरू प्रयोगमा ल्याइएको आर्थिक वर्ष २०७७/७८ को नौं महिनासम्म रिभर्स रिपोमार्फत रु।१०९ अर्ब ५४ करोड तथा निक्षेप सङ्कलन मार्फत रु।१९३ अर्ब ७५ करोड बराबरको तरलता प्रशोचन गरिएको त्यसैगरी, यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूलाई रु।७ अर्ब १२ करोड बराबरको स्थायी तरलता सुविधा प्रदान गरिएको

आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिनाको अवधिमा विदेशी विनिमय बजार( वाणिज्य बैंकहरूबाट अमेरिकी डलर अर्ब ४३ करोड खुद खरिद गरी रु। २८६ अर्ब ६८ करोड तरलता प्रवाह गरिएको त्यसैगरी, यस अवधीमा अमेरिकी डलर अर्ब ८४ करोड बिक्री गरी रु। ३३४ अर्ब ६५ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको

व्याजदर अवस्था

२०७६ चैतमा ९१दिने ट्रेजरी विलकोभारित औसत व्याजदर २।१३ प्रतिशत रहेकोमा २०७७ चैतमा २।७६ प्रतिशत रहेको त्यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत व्याजदर २०७६ चैतको २।१३ प्रतिशतको तुलनामा २०७७ चैतमा २।०३ प्रतिशत कायम भएको अन्य वित्तीय संस्थाहरू बीचको अन्तरबैंक कारोबारको भारित औसत व्याजदर २०७६ चैतको ३।५२ प्रतिशतको तुलनामा २०७७ चैतमा २।०७ प्रतिशत  कायम भएको

वाणिज्य बैंकहरूको अन्तर बैंकदर मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा रहने गरेकोमा आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिबाट वाणिज्य बैंक, विकास वैंक वित्त कम्पनीहरूको भारित औसत अन्तर बैंकदरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा लिइएको यस्तो दर २०७७ चैतमा २।१७ प्रतिशत कायम भएको   यस बैंकको नीतिगत प्रयासको फलस्वरूप बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको व्याजदर आधार दर क्रमिक रूपमा घटिरहेको २०७७ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत व्याजदर ८।७३ प्रतिशत निक्षेपको भारित औसत व्याजदर ४।७६ प्रतिशत रहेको तथा कर्जा निक्षेपबीचको भारित औसत व्याजदर अन्तर ३।९६ प्रतिशत रहेको त्यसैगरी, २०७७ फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर ६।८४ प्रतिशत कायम भएको

पुँजी बजार

कोभिड १९ को बाबजुद पुँजी बजारमा लगानीकर्ताहरूको विश्वास बढ्दै गएको देखिएको नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा ११६।९ प्रतिशतले वृद्घि भई २०७७ चैत मसान्तमा २७१४।७९ पुगेको २०७६ चैत मसान्तमा उक्त सूचकाङ्क १२५१।५ रहेको थियो। धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा १३४।९ प्रतिशतले वृद्धि भई २०७७ चैत मसान्तमा रु। ३७५८ अर्ब ९८ करोड कायम भएको २०७६ चैत मसान्तमा बजार पुँजीकरण रु।१६०० अर्ब २० करोड रहेको थियो नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७७ फागुन मसान्तमा २१७ रहेको २०७६ फागुनमा यो संख्या २१२ रहेको थियो

वित्तीय पहुँच

वित्तीय पहुँचमा उल्लेख्य विस्तार भएको २०७७ फागुन मसान्तसम्ममा पूर्वाधार विकास बैंक , वाणिज्य बैंक २७, विकास बैंक १९, वित्त कम्पनी २० लघुवित्त वित्तीय संस्था ७६ गरी बैंक तथा वित्तीय संस्थाहरूको कुल संख्या १४३ रहेको बैंक तथा वित्तीय संस्थाहरूको शाखा उल्लेखनीय रूपमा विस्तार भई २०७७ फागुन मसान्तसम्ममा वाणिज्य बैंकका ४६३२, विकास बैंकका १०६९, वित्त कम्पनीका २५६ लघुवित्त वित्तीय संस्थाका ४४७३ गरी कुल शाखा संख्या १०,४३० पुगेको यसबाट प्रति बैंक तथा वित्तीय संस्थाहरूको शाखाबाट औसतमा करिब ,९१३ जनसंख्याले सेवा प्राप्त गर्नसक्ने देखिएको

वित्तीय पहुँच कम भएका स्थानहरूमा वित्तीय पहुँच अभिवृद्धिका लागि शाखारहित बैंकिङ सेवाको स्वीकृति दिने नीतिलाई निरन्तरता दिइएको २०७७ फागुन मसान्तसम्ममा शाखारहित बैंकिङ सेवाको संख्या १६८५ पुगेको छज्ञ। २०७७ फागुन मसान्तसम्ममा , वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप खाता संख्या करोड ४६ लाख ६७ हजार ऋणी संख्या १६ लाख हजार रहेको

प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नीतिगत व्यवस्था गरेपश्चात्२०७७ फागुन मसान्तसम्ममा ७४९ स्थानीय तहमा वाणिज्य बैंकहरूको उपस्थिति पुगेको तत्काल शाखा खोल्न प्राविधिक समस्या रहेका स्थानीय तहमा मात्र वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको मर्जर तथा प्राप्ति सम्बन्धी विनियमावली लागू भएदेखि २०७७ फागुन मसान्तसम्म , , वर्गका गरी २१३ बैंक तथा वित्तीय संस्थाहरू गाभ्नरगाभिन तथा प्राप्तिको लागि सहभागी भएकोमा सो मध्ये १६१ संस्थाहरूको इजाजत खारेज भई ५२ वटा संस्था कायम भएका छन् ।

पुनरकर्जा

मौद्रिक नीति २०७७/७८ ले व्यवस्था गरेबमोजिम नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ कार्यान्वयनमा आएको , जस अनुसार बैंक तथा वित्तीय संस्थामार्फत एकमुष्ट रूपमा ग्राहक ऋणीअनुसार पुनरकर्जा प्रदान गर्ने व्यवस्था मिलाइएको उपलब्ध कोषको गुणासम्म पुनरकर्जा प्रदान गर्न सक्ने सीमा कायम गरिएकोमा हालसम्ममा कुल रु।१ खर्ब ४२ अर्ब १७ करोडको पुनरकर्जा स्वीकृत गरिएको

एकमुष्ट प्रदान गरिने पुनरकर्जातर्फ , वर्गका संस्थालाई दुई पटक गरी कुल रु।९२ अर्ब ३८ करोडको पुनरकर्जा स्वीकृत भएको एकमुष्टतर्फ प्रवाह भएको पुनरकर्जामा बैंक तथा वित्तीय संस्थाले छानेका लघु, घरेलु तथा साना उद्यम पुनरकर्जातर्फ ३५,५५४, विशेष पुनरकर्जातर्फ ,०३३ साधारण पुनरकर्जातर्फ १०,९६३ गरी कुल ४८,५५० ऋणीहरूमा पुनरकर्जाको पहुँच पुगेको यसरी प्रवाह भएको पुनरकर्जा बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाबाट कम्तीमा पाँच ऋणीलाई समेट्नुपर्ने व्यवस्था भएबमोजिम देशको कुल ५१९ भन्दा बढी स्थानीय तहस्थित बैंक तथा वित्तीय संस्थाका ऋणीसम्म पुगेको

इजाजतपत्रप्राप्त वर्गका लघुवित्त वित्तीय संस्थालाई एकमुष्ट रूपमा प्रदान गरिने पुनरकर्जातर्फ २८ वटा लघुवित्त वित्तीय संस्थाको लागि रु।१० अर्ब २३ करोडको पुनरकर्जा स्वीकृत भएको ग्राहक ऋणीअनुसार यस बैंकबाट प्रदान गरिने रु।२० करोडसम्मको पुनरकर्जातर्फ फागुन मसान्तसम्म २८१ ऋणी लाभान्वित हुने गरी रु।३९ अर्ब ५६ करोडको पुनरकर्जा स्वीकृत भएको   नेपाल सरकारबाट आ।व। २०७७/७८ को बजेट वक्तब्यमा घोषणा भएवमोजिमको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान अन्तर्गत २०७७ चैत मसान्तसम्ममा ७७,१९६ ऋणीहरूलाई कर्जा प्रवाह गरिएकोर रु। अर्ब ६३ करोड व्याज अनुदान प्रदान गरिएको २०७७ फागुन मसान्तसम्मव्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ बमोजिम वटा वर्गका वाणिज्य बैंकमार्फत २० जना ऋणीलाई रु।२० करोड ८७ लाख कर्जा प्रदान भएको शीतघर तथा खाद्यान्न भण्डारण घर स्थापना कार्यक्रमका लागि व्याज अनुदान मापदण्ड, २०७३ मा भएको व्यवस्था बमोजिम हालसम्म विभिन्न ११ शीतघर तथा खाद्यान्न भण्डारणलाई रु।२४ करोड ३६ लाख व्याज अनुदान प्रदान गरिएको

लघुवित्त

कोभिड१९ संक्रमण जोखिमका कारण २०७६ चैत महिनादेखि यस बैंकबाट इजाजतपत्रप्राप्त वर्गका लघुवित्त वित्तीय संस्थाहरू काठमाडौं उपत्यकाभित्रका वटा संस्थाहरूको समष्टिगत स्थलगत निरीक्षण उपत्यका बाहिर एउटा संस्थाको विशेष निरीक्षण कार्य सम्पन्न गरिएको २०७६ चैतदेखि २०७७ फागुन मसान्तसम्ममा यस बैंकको निर्देशनअनुसार न्यूनतम पुँजी कोष कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरे बापत १३ वटा लघुवित्त वित्तीय संस्थाहरूलाई शीघ्र सुधारात्मक कारवाही गरिएकोमा १२ वटा संस्थाहरूको कारवाही फुकुवा भएको एउटा लघुवित्त वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही कायम रहेको

न्यूनतम अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका ११ तरल सम्पत्ति अनुपात कायम नगर्ने एक लघुवित्त वित्तीय संस्थालाई कारवाही स्वरूप हर्जाना लगाइएको आ।व। २०७७र७८ को मौद्रिक नीतिले तय गरेवमोजिम लघुवित्त वित्तीय संस्थाहरूले कर्जाको अधिकतम व्याजदर १५ प्रतिशतसम्ममात्र निर्धारण गर्न सक्ने व्यवस्था मिलाइएको निक्षेप सङ्कलन गर्ने तथा थोक कर्जा कारोबार गर्ने संस्थाहरूले २०७७ कात्तिकदेखि आधार दर तयार गरी यस बैंकमा पेश गर्नुपर्ने व्यवस्था गरिएको आ।व। २०७७र७८ को मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाहरूलाई विपन्न वर्ग कर्जा प्रवाह गर्दा ०।५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएको

वित्तीय क्षेत्र सुधार तथा नियमन

बैंक तथा वित्तीय संस्थाहरूले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत कर्जा प्रतिग्राहक रु। ५० लाखसम्म मात्र प्रवाह गर्न सकिने व्यवस्था गरियो यसअघि बहुबैंकिङ कारोबार गरी उक्त सीमाभन्दा बढी कर्जा लिएका ऋणीहरूले २०७८ असार मसान्तसम्म कुल व्यक्तिगत अधिविकर्ष कर्जा रु। ५० लाखसम्म कायम गर्नुपर्ने व्यवस्था गरियो

विद्युत आयोजना निर्माण गरी विद्युत्निर्यात गर्न सुरु गरेका परियोजनामा प्रवाहित कर्जालाई निर्यात सुरु गरेको वर्षसम्म जलाशययुक्त जलविद्युत् आयोजनामा प्रवाहित कर्जालाई कर्जा अवधिभर आधारदरमा प्रतिशत विन्दुसम्म मात्र थप गरी कर्जा प्रदान गर्नुपर्ने व्यवस्था गरियो। कोभिड १९ को कारण बैंकिङ्ग प्रणालीबाट प्रवाह हुने कर्जामा संकुचन आउन नदिने उद्देश्यले स्रोत परिचालनमा स्वदेशी मुद्रामा प्रवाह भएको कर्जा सापटको अनुपात २०७८ असारसम्मको लागि ८५ प्रतिशत नाघ्न नहुने गरी सीमालाई खुकुलो बनाइयो

कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन कृषि विकास बैंकले सम्बन्धित निकायबाट स्वीकृति लिई कृषि ऋणपत्र, ऊर्जा क्षेत्रमा लगानीको अनुभव हासिल गरेका वाणिज्य बैंकहरूले सम्बन्धित निकायबाट स्वीकृति लिई ऊर्जा ऋणपत्र जारी गर्न सक्नेव्यवस्था गरिएको उक्त व्यवस्था अन्तर्गत हालसम्म रु। १८ अर्वको कृषि ऋणपत्र यस बैंकको तर्फबाट स्वीकृति भइसकेको छ

कर्जा प्रवाह गर्दा लिने सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क प्रतिबद्धता शुल्कबाहेक अन्य कुनै पनि शुल्क लिन नपाइने, कर्जासँग सम्बन्धित सम्पूर्ण लागत व्याजदरमा नै प्रतिबिम्वित हुनु पर्ने व्यवस्था गरियो इजाजतपत्रप्राप्त , वर्गका बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा सेवा शुल्कवापत क्रमशः अधिकतम ०।७५ प्रतिशत, १।०० प्रतिशत १।२५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाइनेः व्यवस्था गरियो व्यक्तिगत आवधिक कर्जा ग्राहकले चाहेमा स्थीर व्याजदरमै प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको

कल निक्षेपबाहेकका व्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम न्यूनतम व्याजदरबीचको अन्तर प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाइने व्यवस्था गरियो। २०७६ चैतदेखि २०७७ फागुनसम्ममा बैंकहरूलाई दीर्घकालीन प्रकृतिको स्रोत परिचालनका लागि रु।२३ अर्ब ८० करोडका ऋणपत्रहरू जारी गर्न स्वीकृति प्रदान गरियो। समीक्षा अवधिमा अनौपचारिक रूपमा ९लिखित माध्यमबाट बाहेक० प्राप्त करिब ३०० भन्दा बढी गुनासाहरू समाधानको लागि तत्काल आवश्यक पहल गरिएको २०७६ चैतदेखि २०७७ फागुन मसान्तसम्ममा जम्मा २२ लिखित गुनासा तथा उजुरी परेकोमा वटा गुनासो व्यवस्थापन समितिबाट सुनुवाइ भइसकेको भने अन्य १९ वटा उजुरीको सम्बन्धमा सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी समाधान गरिएको

निरीक्षण तथा सुपरिवेक्षण

बैंक तथा वित्तीय संस्थाबाट नियमित रूपमा लिइँदै आएको तथ्याङ्कको सङ्कलन, सुरक्षण, अनुगमन, विश्लेषण एवम्विवरण प्रकाशनमा रहेका विद्यमान समस्याहरूलाई सम्बोधन गर्न सुपरिवेक्षकीय सूचना प्रणाली लागू गरिएको यो प्रणाली इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा मार्च , २०२१ देखि समानान्तर रूपमा कार्यान्वयनमा ल्याइएको सम्पत्ति शुद्घीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी सुपरिवेक्षकीय प्रभावकारिता अभिवृद्घिको लागि बैंक सुपरिवेक्षण विभागमा छुट्टै सम्पत्ति शुद्धीकरण अनुगमन इकाई स्थापना गरिएको साथै, यस कार्यलाई थप सुदुढ गर्नका निमित्त तयार गरिएको यसै अनुसार बैंकको लक्षित निरीक्षण गर्ने कार्य अघि बढेको

२०७७ फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको लक्षित स्थलगत निरीक्षण तथा वाणिज्य बैंकहरूको समष्टिगत स्थलगत निरीक्षण कार्य सम्पन्न भएकोछ विभिन्न निकाय तथा सेवाग्राहीहरूबाट प्राप्त निवेदन तथा उजुरीहरूका आधारमा २०७७ फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको पटक विशेष स्थलगत निरीक्षण गरी आवश्यक निर्देशनहरू दिइएको साथै, आर्थिक २०७७र७८ वर्षदेखि गैर(स्थलगत विशेष निरीक्षणको कार्य प्रारम्भ गरिएको

एक विकास बैंकलाई समस्याग्रस्त संस्थाको सूचीबाट सशर्त फुकुवा गरिएको राष्ट्रियस्तरका चार विकास बैंकहरूमा जोखिममा आधारित स्थलगत निरीक्षण सम्पन्न गरिएको साथै, सेवाग्राहीबाट प्राप्त निवेदन तथा उजुरीका आधारमा एक विकास बैंकमा विशेष निरीक्षण सम्पन्न गरिएको बमोजिम राष्ट्रियस्तरका विकास बैंकहरूको पुँजीकोषको गणना तथा अनुगमन समानान्तर रूपमा सुरु गरिएको

समीक्षा अवधिमा तोकिएको अनिवार्य नगद मौज्दात कायम नगर्ने एक तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्ने सम्बन्धी व्यवस्था पालना नगर्ने दुई विकास बैंकलाई हर्जाना लगाइएको नियामकीय व्यवस्था पालना नगर्ने तीन विकास बैंकहरूलाई ध्यानाकर्षण तथा सचेत गराइएको त्यस्तै, अनिवार्य नगद मौज्जात नराखेकाले वटा वित्त कम्पनीलाई हर्जाना लगाइको त्यसैगरी, विपन्न वर्ग क्षेत्रमा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशत कर्जा प्रवाह नगरेकाले वटा वित्त कम्पनीहरूलाई हर्जाना लगाइएको

कोभिड१९ का कारण उत्पन्न परिस्थितिको सन्र्दभमा यस बैंकबाट जारी गरिएका निर्देशनको अनुपालना तथा सम्भावित जोखिमहरूको गैरस्थलगत रूपमा नियमित अनुगमन गर्ने संयन्त्र बनाई सो सम्बन्धमा गैरस्थलगत सुक्ष्म निगरानी अनुगमन गरी अलग्गै प्रतिवेदन तयार गर्ने गरिएको नेटवर्थ ऋणात्मक भएको सोको व्यवस्था गर्न सक्षम व्यवस्थापन नभएको कारणबाट दुई विकास बैंकलाई दामासाहीमा परेको घोषणा गरी कम्पनी खारेजीको प्रकृया सम्पन्न भैसकेको यसैगरी, तीन फाईनान्स कम्पनीहरूको दामासाही सम्बन्धी निर्णय उच्च अदालतमा विचाराधीन रहेको

भुक्तानी प्रणाली

आरटीजीएस औपचारिक रूपमा यस बैंकलाई हस्तान्तरण भएको ग्पबष्म क्बपअजथबm, ब्अअभकक तय ँष्लबलअभ को सहयोगमा विकास गरिएको उक्त आरटीजीएसमा वाणिज्य बैंकहरू मात्र सहभागी भई सञ्चालनमा आएकोमा थप विकास बैंक वित्त कम्पनीहरूसमेत सहभागी भई कुल ३७ बैंक वित्तीय संस्थाले कारोबार सञ्चालन गरिरहेका छन्। हाल १० संस्थाहरूले भुक्तानी प्रणाली सञ्चालक २८ संस्थाहरूले भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरी सञ्चालनमा रहेका छन् ।

भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०७६र७७ को वार्षिक ओभरसाइट प्रतिवेदन प्रकाशन गरिएको साथै, भुक्तानी प्रणालीको विकास सम्बन्धी सूचकहरू प्रत्येक महिना यस बैंकको वेबसाइटमा प्रकाशन गर्न सुरु गरिएको नेपालभित्र हुने सबै प्रकारका विद्युतीय कारोबारको अभिलेख कायम गरी भुक्तानी प्रणालीमा थप सहजीकरण गर्न, भुक्तानी तथा फस्र्यौट प्रणालीलाई व्यवस्थित गर्दै अन्तरआबद्धता कायम गर्न भुक्तानी सेवाको लागत कम गर्न आवश्यक पर्ने राष्ट्रिय भुक्तानी स्वीचको कार्य नेपाल क्लियरिङ हाउस लिमिटेड ९ल्ऋज्ी० मार्फत अगाडि बढाइएको

विद्युतीय भुक्तानीमा त्तगष्अप च्भकउयलकभ ९त्तच्० ऋयमभ मार्फत् हुने भुक्तानीलाई व्यवस्थित गर्न ल्भउबल्भउब ित्तच् क्तबलमबचमष्शबतष्यल ँचबmभधयचप बलम न्गष्मभष्लिभक जारी गरिएको भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ बमोजिम राष्ट्रिय भुक्तानी बोर्डको गठन भई ऐनले सुम्पिएको कार्य सुचारु भएको

यस बैंकबाट विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार क्रमशः बढ्दै गएको सामाजिकआर्थिक विकासका लागिले परिकल्पना गरेको म्ष्नष्तब िल्भउब िकार्यक्रमलाई साकार बनाउन यस बैंकबाट नीतिगत व्यवस्थाहरू गरिदै लगिएको

राष्ट्र ऋण व्यवस्थापन

२०७७ चैत मसान्तसम्म नेपाल सरकारको कुल आन्तरिक ऋण दायित्व रु।६९७ अर्ब ४२ करोड १२ लाख रहेको जसमध्ये ट्रेजरी बिलमा रु।२१८ अर्ब ४९ करोड ४१ लाख, विकास ऋणपत्रमा रु।४७३ अर्ब ९४ करोड ७० लाख, नागरिक बचतपत्रमा रु।४ अर्ब ६४ करोड २० लाख वैदेशिक रोजगार बचतपत्रमा रु।३३ करोड ८२ लाख रहेको आर्थिक वर्ष २०७७÷७८ मा नेपाल सरकारले रु।२२५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा २०७७ चैत मसान्तसम्म ट्रेजरी बिलबाट रु। २० अर्ब ५० करोड, विकास ऋणपत्रबाट रु। ९० अर्ब, नागरिक बचतपत्रबाट रु।२ अर्ब वैदेशिक रोजगार बचतपत्र बाट रु। करोड ५३ लाख गरी जम्मा रु। ११२ अर्ब ५१ करोड ५३ लाख आन्तरिक ऋण परिचालन गरेको

आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारले रु।१७ अर्ब २२ करोड ४१ लाख बराबरको टे«जरी बिल, रु।६ अर्ब बराबरको विकास ऋणपत्र, रु।५ अर्ब बराबरको नागरिक बचतपत्र तथा रु।८ करोड २१ लाख बराबरको वैदेशिक रोजगार बचतपत्र गरी कुल रु। २८ अर्व ३० कारोड ६२ लाख बराबरको आन्तरिक ऋण चुक्ता गरिएको

विदेशी विनिमय व्यवस्थापन

२०७७ फागुन मसान्तसम्म यस बैंकबाट विदेशी मुद्राको कारोबार गर्न इजाजतप्राप्त संस्थाहरूको कुल संख्या ३४४८ पुगेको भने विप्रेषण सम्बन्धी कारोबार गर्ने कम्पनीको संख्या ५१ मनिचेञ्जर कम्पनीहरूको संख्या ३६१ रहेको इजाजतपत्रप्राप्त मनिचेञ्जरहरूमध्ये उपत्यकाभित्र १६० उपत्यकाबाहिर २०१ सञ्चालनमा रहेका छन्

२०७७ फागुन मसान्तसम्म विदेशी मुद्राको कारोबार गर्न स्वीकृति लिएका फर्मरकम्पनीहरूमा होटेल २३०, ट्रेकिङ्ख १६२१, ट्राभल एजेन्सी ९६५, कार्गो कुरियर ६५ एअरलाइन्स ७६ छन्। यस बैंकबाट २०७६ चैतदेखि २०७७ फागुन मसान्तसम्म रु।२५ अर्ब १५ करोड बराबरको स्वपूँजी प्रत्यक्ष वैदेशिक लगानीवापतको विदेशी मुद्रा भित्र्याउन स्वीकृति प्रदान गरिएको

कोभिड १९ सँग सम्बन्धित औषधिजन्य सामग्रीहरू तथा स्वास्थ्य उपकरणहरूको आयातको हकमा एउटै बिजकबाट औषधि व्यवस्था विभागको सिफारिसमा अमेरिकी डलर लाखसम्मको रकम ड्राफ्टरटीटीको माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरियो

क्ष्नजत ीऋ मार्फत औद्योगिक कच्चा पदार्थ मेशिनरी तथा उपकरण आयात गर्दा वाणिज्य बैंकहरूले परिवत्र्य विदेशी मुद्रामा प्रवाह गर्ने ऋणको व्याजदर सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरी त्यस्ता ऋणमा लिने व्याजदर बैंकहरू आफैले निर्धारण गर्न सक्ने व्यवस्था गरियो तेस्रो मुलुकबाट ड्राफ्टरटि।टी।को माध्यमबाट वस्तु आयात गर्दा एक पटकमा बढीमा ३० हजार अमेरिकी डलर बराबरसम्मको विदेशी मुद्राको सटही सुविधा दिने व्यवस्था रहेकोमा सो सीमामा वृद्धि गरी ३५ हजार अमेरिकी डलर कायम गरियो

प्रतीतपत्रमार्फत परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गरी भारतबाट आयात गर्ने वस्तुको दायरा बढाई १६७ पु¥याइएको व्यापारिक फर्महरूले गर्ने आयातको हकमा युसान्स प्रतीतपत्रको विद्यमान अवधि १२० दिनबाट बढाई १८० दिन कायम गरिएको विदेशी मुद्रा प्राप्त भएपछि नेपाली निर्यातकर्ताहरूको नाममा अग्रिम भुक्तानीको प्रमाणपत्र जारी गरिसक्नुपर्ने समयसीमा विद्यमान महिनाबाट बढाई महिना कायम गरिएको

व्यापारमेलामा वस्तु बिक्रीबापत नै उक्त मुद्रा प्राप्त भएको प्रमाणित हुने आवश्यक कागजातसमेतको आधारमा नेपालस्थित बैंक तथा वित्तीय संस्थामा रहेको उक्त निर्यातकर्ताको विदेशी मुद्रा खातामा नगदमासमेत जम्मा गर्न सकिने व्यवस्था गरिएको विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शुल्कबापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउँदा परीक्षा शुल्कवापतको रकममा आयकर ऐन, २०५८ को दफा ९५९क० ले तोकेबमोजिमको अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था गरिएको

विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकारको अनुमति लिई खुलेका नेपालस्थित शिक्षण संस्थालाई सम्बन्धन, परीक्षालगायतका शुल्कहरूको भुक्तानीको लागि तोकिएका कागजात लिई अमेरिकी डलर १० हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले नै उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको

विदेशी मुद्रामा कर्जा लिएका उद्योगी व्यवसायीहरूलेकोभिड १९ का कारण परिवत्र्य विदेशी मुद्रामा कर्जाको किस्ता तिर्न नसकेमा त्यस्तो किस्ता नेपाली रुपैयाँमा नै पनि भुक्तानी गर्न सकिने व्यवस्था गरियो आयात व्यापारमा आवश्यक पर्ने बीमा ढुवानी सम्बन्धी सेवाहरू लिँदा सम्भव भएसम्म नेपाली सेवा प्रदायकलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको

मुद्रा व्यवस्थापन

नेपाली नोटलाई थप सुरक्षित तथा अन्तर्राष्ट्रिय गुणस्तरको बनाउन नोटको टिकाउपन, सुरक्षण विशेषता तथा नोटमा प्रयोग हुने प्राविधिक पक्षसमेतको स्तरोन्नति गर्दै नेपाली नोट छपाइ प्रक्रिया अगाडि बढाइएको यस क्रममा चालु छपाई चक्रअन्तर्गत यस वर्ष रु। ५ को ३० करोड थान, रु। १० को ३४ करोड थान रु। ५०० को १९ करोड थान नयाँ नोट छपाइका कार्य अघि बढाइएको

विद्यमान मुद्रा व्यवस्थापन पद्धतिलाई क्रमशः आधुनिकीकरण तथा यान्त्रिकीकरण गर्दै जाने लक्ष्य अनुरूप यस बैंकको केन्द्रीय कार्यालय प्रदेशस्थित कार्यालयमा जडान गर्ने गरी आठ थान बैंकनोट स्रेडिङ्ग सिस्टम (द्यबलपलयतभ क्जचभममष्लन बलम द्यचष्त्रगभततष्लन क्थकतझ, द्यक्द्यक्० खरिदका लागि करार सम्झौता बमोजिम पहिलो चरणमा काठमाडौं, नेपालगञ्ज, विराटनगर तथा वीरगञ्ज कार्यालयमा थान मेशिन जडान हुने क्रममा रहेको

जनशक्ति व्यवस्थापन

बैंकको समग्र पक्षलाई समेटी तयार गरिएको जनशक्ति योजना ९२०७६÷७७२०७८÷७९० कार्यान्वयनमा ल्याइएको साथै, करारबाट पदपूर्ति गर्ने प्रयोजनको लागि लिइने प्रकृयालाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंक सहयोगी सेवा करारमा लिने सम्बन्धी कार्यविधि, २०७७ लागू गरिएको बैंकको सुरक्षा सम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन साविकको उच्च स्तरीय सुरक्षा समितिलाई पुनर्गठन गरिएको

नेपाल राष्ट्र बैंक आन्तरिक तालिम सम्बन्धी कार्यविधि, २०७७ अध्ययन, अध्यापन प्रशिक्षण वा श्रोत व्यक्तिका रूपमा कार्य गर्ने सम्बन्धी कार्यविधि, २०७७ कार्यान्वयनमा ल्याइएको नेपाल राष्ट्र बैंक अन्तर्राष्ट्रिय तालिम नीति, २०७६ ९प्रथम संशोधन, २०७७० परिमार्जन गरिएको २०७७ फागुन मसान्तसम्ममा अधिकृत स्तरमा ५२६, सहायक स्तरमा ४१७ श्रेणीविहीन कार्यालय सहयोगी स्तरमा ९५ गरी जम्मा ,०३८ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।

अधिकृत स्तरका कर्मचारीको सहायक स्तरका कर्मचारीसँगको अनुपात १ः१।२६ तथा सहायक कार्यालय सहयोगी स्तरका कर्मचारीसँगको अनुपात १ः१।०३ रहेको त्यसैगरी, २०७७ फागुन मसान्तसम्ममा करारमा सुरक्षाकर्मीतर्फ ८० जना, चिकित्सक ११ जना, इन्जिनियर ७ जना, इलेक्ट्रिसियन जना, फार्मेसिष्ट जना चालक ६६ जना गरी जम्मा १६७ जना कार्यरत रहेका छन् ।

२०७६ चैत देखि २०७७ फागुन मसान्तसम्मको अवधिमा कुल ४५ जना कर्मचारीहरू बैंक सेवाबाट अवकाश पाएका छन्। तीमध्ये ३२ जना सेवा अवधिको आधारमा ११ जना उमेर हदको आधारमा अवकाश भएका छन् भने यसै अवधिमा जनाको राजीनामा स्वीकृत भएको

बैंकका बहालवाला कर्मचारीहरू तथा पूर्व कर्मचारीहरूको व्यक्तिगत विवरणको विद्युतीय अभिलेख राख्ने कार्य सम्पन्न भएको कर्मचारीहरूको व्यक्तिगत विवरणमा हुने परिवर्तनसँगै विद्युतीय अभिलेखको पनि अद्यावधिक गरिने व्यवस्था गरिएको यस बैंकका पदाधिकारी, स्थायी कर्मचारी तथा करार कर्मचारी ११८७ जना कर्मचारीका परिवारका सदस्यहरू ४४०८ जना गरी जम्मा ५५९५ जनाको रु। लाख बीमाङ्क रकमको कोभिड१९ रोगको संक्रमण बीमा गरिएको, जसमध्ये १७४ जना कर्मचारीहरू तथा २०७ जना कर्मचारीहरूको परिवारका सदस्यहरू गरी जम्मा ३८१ जनाको कोभिड१९ रोगको संक्रमण पुष्टि भई बीमा दाबी परेकोमा २०७७ फागुन मसान्तसम्मा ५८ जनाको बीमाङ्क रकम भुक्तानी भइसकेको बाँकीको भुक्तानी प्रक्रियामा रहेको संक्रमित कर्मचारी तथा एकाघर परिवारका सदस्यहरूको समेत परीक्षण गर्ने तथा क्वारेन्टिन होटल व्यवस्थापन गर्ने जस्ता कार्यहरू गरिएको

वित्त व्यवस्थापन

यस बैंकले मासिक रूपमा तयार गरी प्रकाशन गर्दै आएको बैंकको अपरिष्कृत मासिक वासलातलाई ल्भउब िँष्लबलअष्ब िच्भउयचतष्लन क्तबलमबचम ९ल्ँच्क्० सँग तादात्म्य हुने गरी परिमार्जित गरेर प्रकाशन सुरु गरिएको नेपाल सरकारबाट कोभिड १९ बाट प्रभावित उद्यमरव्यवसाय सञ्चालनमा निरन्तरताका लागि तयार गरिएको व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ कार्यान्वयनका सिलसिलामा खोलिएको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खातामा यस बैंकको तर्फबाट रु।३ अर्ब लगानी गर्ने प्रतिबद्धता बमोजिम रु।१ अर्ब ४६ करोड उक्त खातामा जम्मा गरिएको

सम्पत्ति शुद्धीकरण निवारण तथा वित्तीय जानकारी

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी त्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना ९२०७६२०८१० तथा राष्ट्रिय जोखिम मूल्याङ्कन ९ल्बतष्यलब िच्ष्कप ब्ककभककmभलत० प्रतिवेदनले तय गरेको पूरक कार्ययोजना कार्यान्वयनको चरणमा रहेका छन् ।

कोभिड महामारीको प्रभाव पारस्परिक मूल्याङ्कनमा समेत पर्न गई २०२० को लागि तय गरिएको पारस्परिक मूल्याङ्कन प्रकृया २०२१२०२३ लाई सरेको वित्तीय जानकारी इकाईलाई कार्यात्मक स्वायत्तता प्रदान गर्नको लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले वित्तीय जानकारी इकाई सञ्चालन विनियमावली, २०७६ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको वित्तीय जानकारी इकाई छुट्टै बजेट केन्द्रको रूपमा सञ्चालनमा आएको

वित्तीय जानकारी इकाईमा आर्थिक वर्ष २०७७÷७८ को फागुन मसान्तसम्म ९३३ वटा शंकास्पद कारोबार÷क्रियाकलाप प्रतिवेदन प्राप्त भएको इकाईले यस अवधिमा ३४२ वटा प्रतिवेदन विश्लेषण गरेकोमा २०७ वटा अभिलेखीकरण गरेको भने १३५ वटा प्रतिवेदन कानुन कार्यान्वयन गर्ने निकायमा अनुसन्धानको लागि पठाएको वित्तीय जानकारी इकाईले हालसम्म १६ वटा विदेशी वित्तीय जानकारी इकाईहरूसँग सूचना आदानप्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको त्यस्तै, वित्तीय जानकारी इकाई भन्सार विभागबीच मुद्रा तथा धारक विनिमेय अधिकारपत्रको विवरण प्रवाह, सूचना आदानप्रदानको विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको

बैंकिङ्ग कारोबार आधुनिकीकरण तथा सूचना प्रविधि

नेपाल राष्ट्र बैंक सूचना तथा सञ्चार नीति२०७७ जारी गरिएको बैंकको वेबसाइट अद्यावधिक गर्ने कार्य सम्पन्न गरिएको

बैंकको तेस्रो रणनीतिक योजना २०१७२०२१ अन्तर्गत बैंकका सूचना प्रविधि प्रणाली, संरचना तथा पूर्वाधारहरूको स्थापना, स्तरोन्नति एवम् सबलीकरण गर्न ऋयलतभलत ःबलबनझभलत क्थकतझ सहितको नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको, बैंकको सूचना प्रविधिको सूरक्षा व्यवस्थालाई मजबुत बनाउन ९क्भअगचष्तथ क्ष्लायचmबतष्यल बलम भ्खभलत ःबलबनझभलत ९क्क्ष्भ्ः०  प्रणाली जडान गरी कार्यान्वयनमा ल्याइएको सूचनाको सहज, सुरक्षित प्रभावकारी रूपमा आदानप्रदान गर्नको लागि नयाभ्mबष् िक्थकतझःष्अचयकयात भ्हअजबलनभक्ष्लकतबिि गरी सञ्चालनमा ल्याइएको

बैंकमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय छलफल, सेमिनार तथा तालिम लगायतका कार्यक्रमहरू इलष्लिभ माध्यमबाट सञ्चालन गर्नका लागि आवश्यक प्राविधिक पूर्वाधार तयार गरी कार्यान्वयनमा ल्याइएकोछ बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खाता रोक्का तथा फुकुवा सम्बन्धी ध्भद (दबकभम बउउष्अिबतष्यलतयार गरी सञ्चालनमा ल्याइएको सूचना प्रविधि महाशाखाका महत्वपूर्ण कागजात तथा सूचनाहरूको विद्युतीय रूपमा अभिलेख राख्ने व्यवस्था गरिएको

सम्पत्ति तथा सेवा व्यवस्थापन

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त यस बैंकको थापाथलीस्थित भवनहरूको पुनः निर्माण कार्य २०७७ फागुन मसान्तसम्ममा करिब ७४ प्रतिशत बालुवाटारस्थित भवनहरूको पुनःनिर्माण कार्य ५७।१३ प्रतिशत सम्पन्न भएकोछ आर्थिक वर्ष २०७७÷७८ का लागि स्वीकृत कार्ययोजना बमोजिम बैंकको सिद्धार्थनगर कार्यालय परिसरभित्र अतिथिगृह निर्माण कार्य सुरु भई २०७७ चैत मसान्तसम्ममा करिब १० प्रतिशत कार्य सम्पन्न भएको

नेपालको प्रादेशिक संरचना अनुरूप सबै प्रदेशहरूमा यस बैंकको उपस्थिति पु¥याउने सिलसिलामा कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा घर भाडामा लिई २०७६ साल कात्तिक महिनादेखि कार्यालय सञ्चालन गरिएको हाल सो क्षेत्रमा जग्गा प्राप्तिका सम्बन्धमा आवश्यक पहल भइरहेकोछ साथै, बागमती प्रदेशको राजधानी हेटौंडामा समेत बैंकको उपस्थिति पु¥याउने सम्बन्धमा जग्गा प्राप्तिका लागि आवश्यक पहल भइरहेको

सुन्धारास्थित यस बैंकको टक्सार महाशाखालाई बबरमहलस्थित सरकारी स्वामित्वको नेपाल औषधी कम्पनी लिमिटेडको भवन भाडामा लिई आवश्यक पूर्वाधार तयार गरी स्थानान्तरण गरिएकोछ हाल सोही स्थानबाट टक्सार महाशाखाको नियमित कार्य सञ्चालन भइरहेको बैंकको बालुवाटार परिसरको उत्तरपूर्वमा अवस्थित ब्लक डि भवनको माथि एचभाबद को संरचना निर्माण कार्य सम्पन्न भई दुईवटा विभाग स्थानान्तरण गरिएको

अध्ययन,अनुसन्धान र तालिम

२०७६ चैत गतेदेखि २०७७ फागुन मसान्तसम्ममा बैंकर्स प्रशिक्षण केन्द्रले विभिन्न स्तर विषयहरूमा भर्चुअल भौतिक उपस्थितिमा गरी जम्मा २४ वटा तालिम कार्यक्रमहरू सम्पन्न गरेकोमा यस बैंकबाहिरका १०१ जनासमेत गरी जम्मा १३४१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेकोछ यसमध्ये कोभिड१९ को कारणले उत्पन्न तनाब व्यवस्थापन गरी कर्मचारीहरूको कार्यक्षमतामा ह्रास आउन नदिन नेपाल राष्ट्र बैंकको सेवा सञ्चालन मार्गदर्शन २०७७ मा व्यवस्था भए बमोजिम उच्च व्यवस्थापनदेखि सहायक स्तरसम्मलाई समेटी भर्चुअल माध्यमबाट वटा योग तथा तनाब व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको उक्त अविधिमा कोभिड१९ को कारणले भौतिक रूपमा उपस्थित गराई तालिम दिन सम्भव नभएकोले विभिन्न १९ वटा तालिम कार्यक्रमहरू भर्चुअल माध्यमबाट सम्पन्न गरिएको

नेपाल राष्ट्र बैंकको कार्यसञ्चालनसँंग सम्बन्धित कानुनी व्यवस्था सो व्यवस्था कार्यान्वयनको क्रममा देखिएका समस्या तथा समाधानका उपायहरू सम्बन्धी विषयमा कानून महाशाखा अन्य विभाग, प्रदेशस्थित कार्यालय, महाशाखाका प्रमुख लगायतका पदाधिकारीहरूसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको

अन्तर्राष्ट्रिय सम्बन्ध

नेपाल राष्ट्र बैंकको आयोजनामा २०७७ असार ११ गते सार्क राष्ट्रका केन्द्रीय बैंकका अधिकारीहरूको सहभागितामाध्भदष्लबच यल ऋयखष्म(ज्ञढ, एयष्अिथ क्जबचष्लन दथ mझदभच ऋभलतचब िद्यबलपक या क्ब्ब्च्ऋँक्ष्ल्ब्ल्ऋभ् विषयक वेबिनार सम्पन्न भएको त्यसैगरी, यस बैंकद्वारा २०७७ मंसिर १७ ९डिसेम्बर ०२, २०२०० मा क्ब्ब्च्ऋँक्ष्ल्ब्ल्ऋभ् ध्भदष्लबच यल ँष्लबलअष्ब िक्ष्लअगिकष्यल विषयक भर्चुअल वेबिनार सदस्य राष्ट्रहरूको सहभागितामा सम्पन्न गरिएको

यस बैंकले ँष्लबलअष्ब िीष्तभचबअथ ँचबmभधयचप को कार्यान्वयनका लागि क्ष्ल ऋयगलतचथ क्ष्mउझिभलतबतष्यल ९क्ष्ऋक्ष्० एचयनचबm सम्बन्धमा ब्ििष्बलअभ ायच ँष्लबलअष्ब िक्ष्लअगिकष्यल ९ब्ँक्ष्० बाट एयष्अिथ क्गउउयचत प्राप्त गरेको बैंकले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम तथा कार्यशालाका लागि त्यचयलतय ीभबमभचकजष्उ ऋभलतचभ सँग सम्झौता गरी भर्चुअल माध्यमबाट समेत तालिम सञ्चालन भइरहेको

विविध

बैंकभित्रका प्रकाशन अद्यावधिक रहेका ज्ञान आदानप्रदान कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन्। वित्तीय साक्षरता प्रवद्र्धनका लागि देशका विभिन्न स्थानमा विभिन्न गैरसरकारी संस्था तथा बैंकको आफ्नै संलग्नतामा विद्यालय तथा सहकारी संस्थामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा रहेका छन्

वित्तीय साक्षरता ढाँचा ९ँष्लबलअष्ब िीष्तभचबअथ ँचबmभधयचप० कार्यान्वयनको क्रममा रहेको तथा यससँगै ब्ििष्बलअभ ायच ँष्लबलअष्ब िक्ष्लअगिकष्यल ९ब्ँक्ष्० को सहयोगमा एक परियोजना समेत सञ्चालनको क्रममा रहेको

आगामी नीतिगत कार्यदिशा

कोभिड १९ को संक्रमणका बीच नेपाल राष्ट्र बैंकले जारी गरेको आ।व। २०७७र७८ को मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भईरहेको कोभिड १९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैरपरम्परागत, लचिलो एवम् सहजीकरणसहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व मौद्रिक उद्देश्य माथि थप जोखिम सृजना नहुने गरी निरन्तरता प्रदान गरिने

समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधार क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ निर्देशित गरी आर्थिक पुनरुत्थानको लागि सहयोग गर्न, वित्तीय उपकरण एवम् पूर्वाधारहरूको समयसापेक्ष विकास गर्न, विद्युतीय भुक्तानी माध्यममार्फत कारोबारहरूलाई प्रवद्र्घन गर्न वित्तीय समावेशिता तथा वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको

अन्त्यमा, कोभिड१९ का कारण मानव जातिले विश्वभर गम्भीर स्वास्थ्य सङ्कट सामना गरिरहेको अवस्था कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिंदै जाने अर्थतन्त्र थप प्रभावित हुने जोखिम मुलुकभित्र उत्पन्न हुनसक्ने मानवीय तथा आर्थिक संकटको संयमतापूर्वक उचित व्यवस्थापन सहित आर्थिक क्रियाकलापको चुस्त सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने देखिन्छ महामारीको अवधिमा पनि विभिन्न नीतिगत प्रयासहरूले गर्दा अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको यद्यपि, कोभिड(१९ अझै हामीबीच रहेकोले जोखिम भने कायमै रहेको

बैंकको उद्देश्य प्राप्तिमा संलग्न हुने सबै कर्मचारीहरू धन्यवादका पात्र हुनुहुन्छ वार्षिकोत्सवको यस गरिमामय अवसरमा बैंकका सम्पूर्ण कर्मचारी अन्य सम्बद्ध सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दै यस बैंकले लिएका उद्देश्य प्राप्तिमा आगामी दिनमा अझ क्रियाशील हुँदै बैंकको गरिमा उच्च राख्ने गरी बैंकको तर्फबाट सेवा प्रदान गर्नरगराउन सम्पूर्ण कर्मचारीहरूलाई आह्वान समेत गर्दछु

यस बैंकको काम कारवाहीमा निरन्तर सहयोग गर्ने नेपाल सरकारका विभिन्न निकायहरू, बैंक तथा वित्तीय संस्थाहरू, निजी क्षेत्रका संघ संस्थाहरू, सञ्चार क्षेत्र, प्रबुद्ध वर्ग, दातृ निकाय लगायतका अन्तर्राष्ट्रिय संघ संस्थाहरू सर्वसाधारण सबैमा यस अवसरमा हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्दछु आगामी दिनमा पनि सम्बद्ध सबैबाट बैंकलाई निरन्तर सहयोग प्राप्त हुने विश्वास लिएको छु

-गभर्नर अधिकारीले राष्ट्र बैंकको ६६औं वार्षिकोत्सव कार्यक्रममा राखेको धारणा)


SHARE THIS