सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि धेरै कर लगाउ“दा इन्टरनेट सर्वसुलभ हुन सकेन

काठमाडौं । सरकारले इन्टरनेटमा धेरै कर लगाउ“दा इन्टरनेट महंगो हुन पुगेको गुनासो सरोकारवालाले गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण ः मुद्दा र चुनौतिहरु बिषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले नेपालमा इन्टरनेटमा लगाइने कर अत्याधिक भएको गुनासो गरेका हुन् । सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि इन्टरनेटमा धेरै कर लगाउ“दा यो सर्वसुलभ हुन नसकेको उनीहरुको गुनासो छ ।

कार्यक्रममा बोल्दै इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) अध्यक्ष सुधीर पराजुलीले सरकारले अन्य अत्यावश्यक वस्तुमा कर नलगाएको भए पनि इन्टरनेटमा भने कर लगाउनु विडम्बना भएको टिप्पणी गर्नुभयो । ‘अरु अत्यावश्यक सेवामा कर नलाग्ने तर इन्टरनेटमा लाग्ने किन ?,’ उहाँले भन्नुभयो, ‘सरकार इन्टरनेटमा कर थोपरेर महंगो बनाउन उद्यत छ ।’

इन्टरनेट वितरणको लागि पूर्वाधार सहप्रयोग नहुँदा पनि इन्टरनेटको लागत महंगिएको उहाँले बताउनुभयो । इन्टरनेट सेवा प्रदायकहरुले पूर्वाधार कम्पनी खोलेर पूर्वाधारको सहप्रयोग गर्छांै भन्दा पनि सरकारले नमानेको गुनासो उहाँको थियो । ‘सरकारले के चाहेको हो ? हामी अलमलमा छौं,’ उहाँले भन्नुभयो ।

नेपालमा इन्टरनेट महंगो हुनुको कारण र सेवा प्रदायकको भोगेको समस्याबारे प्रस्तुति दिंदै इन्टरनेट सेवा प्रदायक संघका पूर्व अध्यक्ष एवम् भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक बिनय बोहराले नेपालमा इन्टरनेटको कर अत्याधिक भएको तथ्य प्रस्तुत गर्नुभयो । ‘इन्टरनेट सेवा नेपालमा धेरै कर थोपरिएको क्षेत्रमा पर्छ,’ उहाँले भन्नुभयो, ‘विभिन्न शिर्षकमा सेवा प्रदायकले ५० प्रतिशत भन्दा बढी कर तिर्नुपर्ने हुन्छ ।’

सरकारले लिने कर र नेपाल विद्युत् प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा लाग्ने भाडा शुल्कले पनि इन्टरनेट महंगिएको उहाँले बताउनुभयो । ‘पहिला २५० रुपिया“ तिर्नुपर्ने भाडा अहिले सात हजार रुपिया“ पुगेको छ,’ उहाँले भन्नुभयो, ‘इन्टरनेट सेवामा यति धेरै कर र भाडा दर लगाउन उपयुक्त हुन्न ।’

प्राधिकरणले आप्mनो पोल र ओपीजीडब्लु केवलको भाडा दर बढाउ“दा ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारमा समस्या भएको उहाँले बताउनुभयो । कोभिड–१९ को महामारीको बेलामा इन्टरनेट अत्यावश्यक सेवा भएको चेत धेरैलाई भए पनि महामारीको प्रभाव कम भएस“गै इन्टरनेट सेवा निरन्तरता दिने ग्राहक घट्न थालेको उहाँको दाबी थियो ।

‘इन्टरनेट अत्यावश्यक सेवा भए पनि नेपालमा महंगो भएकाले यो सबैको पहु“चमा पुग्न नसकेको दृष्टान्त हो यो,’ उहाँले भन्नुभयो, ‘इन्टरनेटको कर घटाएर र भाडा दर कम गरी यसलाई सबैको पहु“चमा पुग्न सक्ने बनाउनुपर्छ ।’

इन्टरनेट सेवाको लागत कम गर्ने उपाय पूर्वाधार कम्पनी पनि भएको बताउ“दै उनले पूर्वाधार कम्पनी खोलेर इन्टरनेट सेवामा दोरिएको लगानी हटाउनुपर्ने धारणा राख्नुभयो । ‘अहिले एउटै विद्युत पोलमा दर्जनौं सेवा प्रदायकको तार टा“गिएको छ,’ उहाँले भन्नुभयो, ‘अब पनि एउटै पोलमा धेरै तार विछ्याउन सक्ने अवस्था छैन ।’ हालसम्म नेपालमा १२ अर्बको अप्टिकल फाइबर आयात भएको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले अप्टिकल फाइबर मर्मतको लागि वार्षिक थप एक अर्बको तार आयात हुने गरेको बताउनुभयो ।

अन्तक्र्रिया कार्यक्रममा प्रस्तुति दिंदै नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले ब्रोडव्याण्ड इन्टरनेटको विस्तार १० प्रतिशलते बढ्दा यसले कूल ग्रार्हस्थ उत्पादनमा एक दशमलब तीन प्रतिशतले योगदान गर्ने दृटान्त प्रस्तुत गर्दै सरकारले इन्टरनेटको लागत वार्षिक प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्न प्रयास गरिरहेको दाबी गर्नुभयो ।

वार्षिक प्रतिव्यक्ति आय बढी भएका विकसित मुलुकमा इन्टरनेटको लागत वार्षिक आयको दुई प्रतिशतमा कायम गरिएको भए पनि नेपालजस्तो अतिकम विकसित मुलुकमा भने वार्षिक आयको पाँच प्रतिशतमा इन्टरनेट लागत कायम राख्न चुनौतिपूर्ण भएको उहाँले बताउनुभयो । उहाँले प्राधिकरणबाट जारी दूरसञ्चार पूर्वाधार परियोजनाबारे जानकारी दिंदै यि परियोजना पूरा भएपछि इन्टरनेटको पहु“च थप सहज हुने दाबी गर्नुभयो ।

अन्तक्र्रियामा बोल्दै अर्थ मन्त्रालयका उपसचिव शरद निरौलाले सरकारले पूर्वाधार बनाउनको लागि लगानी गर्नुपर्ने भएकाले कर उठाउनै पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले अवस्था हेरेर इन्टरनेटको कर हेरफेर हुने भन्दै लागत सस्तो हु“दैमा प्रयोग नबढ्न सक्ने धारणा राखे । उहाँले उपभोक्ताले इन्टरनेट महंगो भएको गुनासो नगरेको दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका निर्देशक श्ररिाम पाण्डेले विश्वको अनुभव हेरेर नै प्राधिकरणले पोलको भाडादर कायम गरेको भन्दै तत्काल पोल भाडा नघट्ने संकेत गर्नुभयो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले नेपालको इन्टरनेट खासै महंगो नभएको दाबी गर्नुभयो ।


SHARE THIS