कोषले ग-यो अभिमुखीकरण तालिममार्फत स्वरोजगार बनाउन नौ अर्ब ६३ करोड ५९ लाख रुपियाँ लगानी

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोगार कोषले अहिलेसम्म ७७ हजार ६२८ जनालाई अभिमुखीकरण तालिममार्फत स्वरोजगार बनाएर नौ अर्ब ६३ करोड ५९ लाख रुपियाँ रकम लगानी गरेको छ ।

सो अवधिमा कोषले ५६ हजार ४९२ व्यवसाय र व्यवसायीको बीमा गरेर १२ करोड ४८ लाख ११ हजार २५५ रूपियाँ ब्याज अनुदान निकासा गरेको कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोक्काले जानकारी दिनुभयो ।

२०६५ सालमा स्थापना भएको कोषमा सुरुवाती समयमा ३८२ करोड रकम जम्मा भएकोमा हाल कोष बढाउनका लागी सहकार्यमा आधारित साझेदारी कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुुभयो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले १२ हजार युवालाई रोजगार बनाउने लक्ष रहेकाले त्यसलाई पुरा गर्न कोषले अघि सारेका नयाँ कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

सीपसँगै युवाहरुमा स्रोतको पनि व्यवस्था कोषमा छ भन्ने सन्देश दिन खोजिएको उहाँको भनाई थियो । 

कोषले नीतिगत पुनसंरचनाको क्षेत्रमा पनि महत्वपूर्ण सुधार गर्दै  व्यक्तिको परियोजना हेरी अधिकतम दुुई लाख रुपियाँसम्म कर्जा दिने व्यवस्था रहेकोमा आगामी आर्थिक वर्षबाट लागू हुनेगरी पाँच लाखसम्म बनाएको छ ।

कोषले बैंक, वित्तीय संस्थालाई बढीमा पाँच करोडसम्म कर्जा दिने व्यावस्था गरिएको छ भने सहुलियतपुर्ण कर्जा १८ वर्ष पुरा भई ५० वर्ष ननाघेका नेपाली बेरोजगार युवालाई लक्षित रहेकोमा अहिले अधिकतम उमेर ६० पु¥याइएको जनाएको छ ।

थप पाँच कार्यक्रम ल्याउँदै

कोषले १२ हजार बेरोजगारलाई रोजगारी दिने सरकारी लक्ष्य पुरा गर्न विभिन्न नयाँ पाँच वटा कार्यक्रम सन्चालनमा ल्याउने भएको छ । 

स्थानीय स्रोत साधनको समुचित प्रयोग हुने गरी मूलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक व्यवसायिक परियोजना सञ्चालन गर्न सधाउँदै आएको कोषले नयाँ कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।

कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर, भेरी कर्णाली इकोनोमिक करिडोर, काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम र तराई मधेश स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याउन लागेको कोषका कार्यकारी उपाध्यक्ष रोक्काले जानकारी दिनुभयो ।

बेरोजगार व्यक्तिलाई सिधै कोषबाट फ्रास्ट ट्रयाक विधिबाट न्यूूनतम दुईलाख रुपियाँसम्मको कर्जा उपलब्ध गराउन लागेको उहाँले बताउनुुभयो । यसअघि सहकारी मोडेलमा सञ्चालित कोषको कार्यक्रमलाई परिमार्जन गर्दै बेरोजगार व्याक्तिले  अनलाईन फारम भरे कर्जा लिन सक्ने व्यवस्था कोषले गर्न लागेको उहाँले बताउनुुभयो ।

स्थानीय तह तथा प्रदेश सरकारसँगको समन्वयमा साझेदारी कार्यक्रम समेत सञ्चालन गर्ने तयारी पनि कोषले गरेको छ । कोषले स्थानीय तथा प्रादेशिक सरकारसँग ३.०५ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि ऋण लिएर सोही क्षेत्रमा बेरोजगारी हटाउन स्वरोजगारमूूलक कार्यका लागि सर्वसाधारणलाई कर्जा प्रवाह गर्ने योजना रहेको उहाँले जानकारी दिनुुभयो ।

कोषले स्थानीयस्तरमा सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराई उद्यमशीलता विकासमार्फत मुलुकभित्र स्वरोजगारका अवसर सृजना गर्न विभिन्न कार्यक्रम घोषणा गरी सञ्चालनमा ल्याउँदै आएको छ ।


SHARE THIS