नेपाल क्यानडा मैत्री तथा सांस्कृतिक संघ नेपालले मनायो दौत्य सम्बन्धको ५६ औं वर्षगाँठ

काठमाडौं । नेपाल क्यानडा मैत्री तथा सांस्कृतिक संघ नेपालले नेपाल-क्यानडा दौत्य सम्बन्धको ५६ औं वर्षगाँठ मनाएको छ।

संघले प्रा. डा. प्रदीप कुमार खड्काको अध्यक्षतामा काठमाडौंमा कोभिडका बावजुत सामाजिक दुरी कायम गर्दै नेपाल क्यानडा दौत्य सम्बन्धको ५६ औं वर्षगाँठ मनाएको हो ।

विगतमा यो कार्यक्रम अंग्रेजी महिना जनवरी १८ तारीखमा मनाउने गरिएपनि यसपटक प्राविधिक कारणले जनवरी ३० तारिखमा मात्र मनाइएको हो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट प्रमुख अतिथि र विशेष अतिथिको रुपमा राष्ट्रिय सभा सदस्य कोमल वलि तथा पुर्व राजदुत शम्भुराम सिंखडाको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याती कमाएका बुद्धिजिवि, प्राध्यापक, कलाकार, पत्रकारलगायत संस्थाका पदाधिकारीको उल्लेख्य उपस्थिती थियो।

मन्तव्यका क्रममा सबै वक्ताहरुले प्रविधिको विकासले दुई देशहरु भौगोलिक रुपमा जतिसुकै टाढा रहेपनि एक आपसी सम्बन्धमा  दुरीले फरक नपार्ने तथा कयानडमा नेपालीहरुले सुरक्षित रुपमा जीवनयापन गर्न पाएकामा क्यानडा सरकारप्रति आभार व्यक्त गर्नुभएको थियो।

साथै आयोजक संस्थाको वर्षगाँठको अवसरमा दुई देशबीचको सम्बन्ध प्रगाढ होस भन्ने उद्देश्यले सो संस्थाका उपाध्यक्ष प्रा.डा. गोपाल पोखरेलको सम्पादकत्वमा तयार गरिएको सोभेनियर नामक जर्नल  विमोचन गारएको छ।




SHARE THIS