विकास बैंक हुँदै गरिबी निवारणको कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गरी आज आधुनिक प्रविधिमैत्री बैंक बन्न सफल भएका छौं ।

अनिलकुमार उपाध्याय

वि.सं. २०२४ साल देखि २०७७ सालको ५४ वर्षको हाम्रो अविरल यात्रा आज माघ ७ गतेसम्म आइपुगेर ५४ औं वार्षिकोत्सवको समारोह मनाइरहँदा हामीलाई माया गर्ने ग्राहक, किसान, उद्यमी, शेयरधनी, नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड, विभिन्न दातृ संस्था लगायत सबैलाई निरन्तर सहयोग, सद्भाव र स्नेहका लागि आभार एवं धन्यवाद दिन चाहन्छौं ।

करिब २७७ अर्ब रुपैयाँको कर्जा, निक्षेप र ४६ अर्ब जमानत कारोबार गरिरहेको हाम्रो बैंकका करिब १५ लाख भन्दा माथि रहेका ग्राहकहरु र करिब तीन लाख शेयरधनी २७८ वटा कार्यालय सञ्जालसँग आबद्ध हुनुहुन्छ ।

वित्तीय सेवा प्रदान गरिरहँदा हामीले विकास बैंक हुँदै गरिबी निवारणको कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गरी आज आधुनिक प्रविधिमैत्री बैंक बन्न सफल भएका छौं । ग्रामीण अर्थतन्त्र एवं कृषिलाई पुनः नेतृत्व गर्न अगुवा बैंकको भूमिका निर्वाह गरी किसानलाई प्रविधिमैत्री डिजिटल कारोबारमा आबद्ध गर्न ‘कृषि बण्ड’ र ‘किसान क्रेडिट कार्ड एवं सूचनामूलक एप’ आजको मितिदेखि माननीय अर्थमन्त्रीज्यूको उपस्थिति एवं बाहुलीबाट शुभारम्भ गर्न पाउँदा हामी फेरी आम जनता एवं कृषक उद्यमीहरुको भरोसाको केन्द्रको रुपमा यस बैंकलाई बनाउन पाएकोमा आभारी छौं ।

पहिलो चरणमा आज छ अर्बको कृषि बण्ड र यस वर्ष कुल २४ अर्बको बण्ड निष्काशन गर्न आजकै दिनमा २६ वटा ‘क’ वर्गको बैंक र एक पूर्वाधार विकास बैंकसमक्ष दरखास्त आह्वान गर्न सफल भएका छौं । यस कार्यले देशको कृषिसँग सम्बन्धित उत्पादनबाट आयात प्रतिस्थापन गर्न सघाउने र स्वरोजगार तथा आर्थिक गतिविधि बढाउने र कृषि कारोबार बृद्धिको साथै अन्य कारोबारको विद्युतीय भुक्तानी प्रणाली समेत बलियो र भरपर्दो हुने विश्वासमा छौं ।

वित्तीय बजारको करिब ४५ भन्दा माथि हिस्सा ओगटेको यस बैंकले सम्पूर्ण प्रविधिमैत्री सेवा प्रदान गर्दै गएकोमा कोभिड–१९ को लकडाउनमा करिब तीन लाख मोबाइल बैंकिङ सेवा प्रदान गर्दै डिजिटल प्रविधि बैंकको नयाँ खुड्किलोमा सहकार्य गर्न सफल भएका छ । संघीय र प्रदेश सरकार सँगको कार्यक्रमलाई पनि हाम्रो मूल कार्यक्रममा समाहित गर्दै आफ्ना अत्याधुनिक प्रविधिको कोर बैंकिङ प्रणाली मार्फत २७८ वटा कार्यालयहरुबाट कूल कर्जाको ८५५ भन्दा बढी हिस्सा १५ लाख भन्दा कम रकमका साना तथा मझौला कर्जामा लगानी गरेको एक मात्र वाणिज्य बैंक भएका छौं ।

बैंकले आफ्ना ग्राहक, नियामक निकायहरुसँग राम्रो व्यावसायिक सम्बन्ध कायम गरेको छ, आगामी दिनमा अझ फराकिलो र बलियो सम्बन्ध कायम गर्दै लैजाने विश्वास दिलाउन चाहन्छु । बैंकले व्यवसाय सञ्चालनमा सरोकारवाला सेयरधनी नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत विभिन्न नियमनकारी निकाय, ग्राहक, दातृ निकाय, बैंकका युनियनकर्मीहरु, अन्य सम्बन्धित पक्षहरुसँग असल व्यवसायिक वातावरण र सम्बन्ध कायम गर्दै आएको छ । बैंकको औद्योगिक एवं व्यावसायिक सम्बन्धले बैंकको समग्र कारोबार चुस्त, दुरूस्त, प्रतिस्पर्धी ऐवं नाफामूलक मात्र नभई वितरण प्रणालीलाई समेत प्रभावकारी बनाउन आगामी दिनमा समेत यस दिशातर्फ सूधार हुने कुरामा विश्वस्त रहन अनुरोध गर्दछौं ।

विवेकशील नियमको पालना गर्दै गत वर्षझैं यस वर्ष पनि निर्धारित समयमै वार्षिक साधारणसभा सम्पन्न गरी कोभिड–१९ को विषम परिस्थितिका बावजुद १५ प्रतिशत लाभांश वितरण गर्न सफल भएका छौं ।

दुई हजारको हाराहारीको जनशक्तिले आज बैंकले आफ्ना खर्चहरुलाई क्रमशः न्युनीकरण     गर्दै आधारदर ७.६६ प्रतिशत र सञ्चालन खर्च करिब दुई प्रतिशतको हाराहारीमा पु¥याउन सफल भएकोमा सर्वप्रथम सञ्चालकहरूलाई समेत यसै मन्चबाट आभार व्यक्त गर्न चाहन्छु ।

अबको हाम्रो राडम्याप भनेको इन्फ्लेसन रेटको हाराहारीमा आधारदर राखी सरल र सुलभ सेवा प्रदान गरी उच्च प्रतिफल र सबैको पहुँचको, सबैको भरोसाको, सबैको ‘घरआँगनको बैंक’ बनाउनु रहेको छ ।

अन्तमा, देशको दुर्गमदेखि सुगमसम्मका सबै जिल्लामा वित्तीय पहुँच पु¥याउँदै सम्पूर्ण बैंकिङ सेवा प्रवाह गरिरहेको यस बैंकलाई ५४ औं वर्ष गाँठसम्मको सुखद अवसरमा रुपान्तरण गर्दै सफल इतिहास बनाउन योगदान, हौसला र उर्जा प्रदान गर्नुहुने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, शेयरधनी महानुभाव, बैंकको सञ्चालक समिति, बैंकको विकास र समृद्धिको यात्रामा आफ्नो अमूल्य योगदान पु-याउनु हुने बैंकका अवकास प्राप्त कर्मचारी, युनियनकर्मी साथीहरु, कर्मचारी, बैंकका तमाम ग्राहक, बैंकका बारेमा सत्यतथ्य समाचार प्रेषित गरी सहयोग गर्ने पत्रकार मित्रलगायत सबैलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै बैंकको ५४ औं वार्षिकोत्सव समारोहमा स्वागत गर्दछु । धन्यवाद !

(कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकको ५४ औं वार्षिकोत्सवमा व्यक्त गर्नुभएको मन्तव्य ।)


SHARE THIS