अझै लगानीको वातावरण बन्न सकेको छैन : उद्योगपति चौधरी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेको बताउनुभएको छ । उद्योगपति चौधरीले बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो । सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने नकारात्मक सोचका कारण नेपालमा लगानीको वातावरण बन्न नसकेको उहाँले बताउनुभयो ।

नेपालमा लगानी लगाउन चाहने र नयाँ युवाहरु उद्यमशील बन्न चाहना भएता पनि उपयुक्त वातावरण नहुँदा नेपालमा आर्थिक क्षेत्रको विकास हुन नसकेको उहाँको भनाई छ । निजी औद्योगिक क्षेत्रको विकासका लागि ऐन कानुन नीति नियम बनाउने कानुनी निर्माताहरुको सोचमा सकारात्मक परिर्वतन नआएसम्म नेपालमा लगानीको सहज वातावरण बन्न नसक्ने उहाँले बताउनुुभयो ।

उद्योगपति चौधरीले ४५ वर्ष लामो उद्योग क्षेत्रमा काम गरेको अनुभाव सुनाउँदै भन्नुभयो, ‘नेपालमा धेरै जस्तो कानुन औद्योगीक क्षेत्रको विकासका लागि बाधक बनेका छन् । उद्योगी व्यवसायीहरु प्रति नेपालमा कानुन बनाउने निर्माताहरुको  हेर्ने दृष्टि नै गलत हुने हुँदा ऐन कानुन नीति नियमले उद्योगी व्यवसायीलाई बाँध्ने गरेको छ ।’ उहाँले भन्नुभयो – ‘यदि देशमा लागनीको वातावरण बनाएर औद्योगी क्षेत्रको विकास गरी विदेशीयका युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने हो भने कानुन बनाउनु निर्माताहरुको सोचमा परिवर्तन ल्याउनुपर्छ ।’

‘जुन उद्योगीले आफ्नो जीवनकाल उद्योगमा वितायो उ केही नजान्ने । तर, ऐन कानुन बनाउने उद्योगीलाई यसरी सोच्छन् कि उद्योगी केही जान्दैन । यसलाई केही थाहा हुँदैन भन्ने अहिलको मानसिकता अन्त्य नभए सम्म देशमा नयाँ नयाँ लगानीकर्ताको जन्म हुँदैन ।’ उहाँले भन्नुभयो – ‘देशमा कानुन कसरी बन्छ भन्ने सबैलाई थाहा छ । म आफैं दुई पटक कानुन बनाउने ठाउँमा पुगिसकेको छु ।’  नियन्त्रण गर्ने मासिकता र नकारात्मक सोचबाट देशको आर्थिक विकास नहुने भन्दै उहाँले भन्नुभयो – ‘जबसम्म यस्ता सोचबाट मुक्ति पाइदैन तबसम्म मुलुकले आर्थिक रुपमा फड्को मार्न सक्दैन ।’

यसैगरी उहाँले ऐन कानुन  निर्माताहरुमा पनि दक्षता हुनुपर्ने बताभन्दै पुरानो सोचलाई परिवर्तन गर्नैपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘आर्थिक क्षेत्रको विकासका लागि कानुनी सहजता हुनु आवश्यक छ । अन्य देशको कुरा गर्दा हाम्रो जस्तो कानुनी बाधाहरु छैन । उद्योगी व्यवसायलाई कानुनले बाँध्ने भन्दा पनि सहजीकरण गरी दिए मात्र विदेशी वा स्वादेशी लागनी बढ्छ । हाम्रो देशमा सधै कानुनी अर्चन आइनै रहने हुने भने औद्योगी क्षेत्र विकासका जति कुरा गरेपनि हुनेबाला छैन ।’ उहाँले भन्नुभयो – ‘आफु उद्योग क्षेत्रमा लागेको ४५ वर्ष भइरहेको छ । तर, नेपालमा अझै कानुनी समस्या उस्तै छन्, । कानुनी बाधा अर्चनका बाजुत पनि २०४६ साल पछि निजी क्षेत्र आर्थिक विकासमा ठूलो परिवर्तन ल्याएको छ । विभिन्न क्षेत्रमा लगानी लगाएका छन् । पर्यटन, शिक्षा औषधीजन्य कृषि लगायतका क्षेत्रमा लगानी बढेको छ । नेपालमा लगानी लगाउन सक्ने क्षेत्रहरु धेरै नै छन् । तर, सहज वातावरण बन्न सकेको छैन ।’

उहाँले भन्नुभयो – ‘पछिल्लो समय नेपालीहरु पनि स्वदेशमै केही उद्यमशील बन्न चाहान्छ । तर, उनीहरुलाई उद्यमशील बन्ने उपयुक्त वातावरण सरकारले दिन सकेको छैन । नयाँ नयाँ प्रविधिसँग जोडिएर नेपाली युवाहरु उद्यमी बन्न तर्फ लागेका छन् । उनीहरुको प्रोत्साहनका लागि सरकारले केही भुमिका देखिदैन । राम्रो वातावरण नहुँदा धेरै युवाहरु निरास हुने परेको छ ।’ उद्योगपति चौधरीले भन्नुभयो – ‘धेरै भन्दा धेरै युवाहरुलाई उद्यमशिल बनाउन सरकारले युवाहरुलाई प्रशिक्षणका कक्षहरु सञ्चालन गर्नुपर्छ । कतिपय युवाहरु उद्यमी बन्न चाहेर पनि सहि दिशा निर्देशन गर्ने मान्छे नहुँदा अन्य क्षेत्र लाग्नु पर्ने बाध्यता छ । देशको आर्थिक विकास र स्वदेशमै रोजगारी सृजर्ना गर्न सरकारले युवा जनशक्तिलाई उद्यमशीलताको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

SHARE THIS