वाइडेन अमेरिकाका ४६औं राष्ट्रपति

अमेरिका । संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो वाइडेन निर्वाचित हुनुभएको छ ।

अमेरिकी चुनाव २०२० मा जो वाइडेनले आफ्ना निकटतम प्रतिद्घन्दी डोनाल्ड ट्रम्पलाई पराजित गर्दै राष्ट्रपति बन्ने मार्ग प्रशस्त गर्नुभएको हो ।

द न्युयोर्क टाइम्सका अनुसार मंगलबार भएको निर्वाचन मतपरिणाम आउँदै गर्दा नेपाली समय अनुसार शनिबार राति उहाँले राष्ट्रपति निर्वाचित हुन आवश्यक सिट जित्नुभएको हो ।

यस्तै कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुनुुहुन्छ ।

आगामी जनवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा वाइडेनले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ । अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज (सिट) जित्नुपर्छ। बाइडेनले कुल २७३ सिट निश्चित गरेर जित हासिल गर्नुभएको हो । पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति रहेका बाइडेन चुनावको मुख्य क्षेत्र मानिएको पेन्सल्भेनियामा विजयी भएसँगै राष्ट्रपतिय चुनावमा विजयी हुनुभएको हो ।





SHARE THIS