कनेक्ट आइपीएसमा दैनिक कारोबार दुई अर्ब नाघ्न थाल्यो


काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपीएस इ पेमेण्ट प्रणालीमा दैनिक कारोबार दुई अर्व नाघ्न थालेको छ । २०७५ को सुरुदेखि सञ्चालनमा आएदेखि उक्त रियल—टाइम रिटेल भुक्तानी प्रणालीमा हालसम्मको सबैभन्दा बढि कारोबार भएको कम्पनीले जनाएको छ ।
विगतकोे तीन महिनाको लकडाउन अवधिमा कनेक्ट आइपीएस इ पेमेण्टको मासिक कारोबारमा संख्या र मूल्यको आधारमा क्रमश ७५ प्रतिशत र १८६प्रतिशतले वृद्धि भएको छ । उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाको कुल मासिक कारोबार क्रमश रु १३.८ अर्ब, रु २४ अर्ब र रु ३९.५ अर्ब रहेका छन् । जसमध्ये ६४५ कारोबारहरु एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेसमार्फत कारोबार पेश भएका छन् । हाल यो ६ वटा मोबाइल वालेट (अन्य ८ जोडिने प्रक्रियामा), प्राय सबै बीमा कम्पनी, रेमिट्यान्स कम्पनी, नेप्से, शेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोेष र लगभग सबै बैङ्क तथा वित्तीय संस्थाहरुमा जोडी प्रयोगमा आइसकेको छ ।
एनसीएचएलले हाल आफ्नो सम्पूर्ण प्रणालीबाट  १ लाखभन्दा बढिको दैनिक औसत कारोबार गर्दै आएको छ । जसको दैनिक राफसाफ मुल्य रु ४० अर्ब भन्दा बढि रहेको कम्पनीले जनाएको छ ।

SHARE THIS