धितोपत्र बजारमा भएको पछिल्लो नीतिगत तथा सरचनागत सुधारका कारण प्राथमिक बजारको पहुँच देशव्यापी भएको छ: भिष्मराज ढुङ्गाना

धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन निकायको रूपमा रहेको नेपाल धितोपत्र बोर्ड २७ वर्ष पूरा गरी २८ औ वर्षमा प्रवेश गरेको सुखद् उपलक्ष्यमा बोर्डलाई यहाँसम्म ल्याउन योगदान गर्नु हुने विभागीय मन्त्री, सचिव, बोर्डका पूर्व अध्यक्ष तथा सदस्य, धितोपत्र कारोबार सेवा प्रदायक संस्था, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता र बोर्डका कर्मचारी र सम्पूर्ण शुभेच्छुकहरू प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।
देशमा भएको पछिल्लो संरचनात्मक परिवर्तन र जनताको जीवनस्तर सुधारको तीव्र चाहना तथा सोको पूर्ति गर्ने प्रयासका बावजुद विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस रोग ९कोभिड९१९० का कारण हाल सिर्जित विषम परिस्थितिबाट आर्थिक गतिविधिहरू शिथिल हुँदै गएको छ। 
यस अवस्थामा दीर्घकालीन पुँजी उत्पादनशील क्षेत्रमा परिचालनको गतिशील माध्यमको रूपमा रहेको धितोपत्र बजार र कृषि उपज तथा अन्य विशेष वस्तु कारोबारको मूल्य निर्धारण तथा जोखिम व्यवस्थापनको माध्यमको रूपमा रहेको वस्तु विनिमय बजारको महत्त्व अझ बढ्दै गएको छ।
धितोपत्र बजारमा भएको पछिल्लो नीतिगत तथा सरचनागत सुधारका कारण प्राथमिक बजारको पहुँच देशव्यापी हुनुका साथै बजारमार्फत दीर्घकालीन पुँजी परिचालन परिमाणमा वृद्धि भई नेपालमा समेत धितोपत्र बजारमार्फत सार्क क्षेत्रका अन्य देश सरह पुँजी परिचालन कार्य भइरहेको छ।
बोर्डले धितोपत्रको दोस्रो बजार सुधार तथा विकासका लागि नेपाल स्टक एक्सचेञ्ज लि। तथा सिडिएस एण्ड क्लियरिङ्ग लि।को संरचनात्मक सुधार गर्न र धितोपत्र कारोबार प्रणालीलाई लगानीकर्ताको बैंक खाता तथा डिम्याट खातासँग पूर्णरूपमा आबद्ध गरी पूर्ण स्वचालित कारोबार प्रणाली विकासका लागि आवश्यक सहजीकरण कार्य गर्दै आएको छ। यस प्रयासमा अझै केही कार्यहरू सम्पन्न हुन बाँकी रहेको छ।
वस्तु विनिमय बजारसम्बन्धी ऐन तथा नियमावली लागू भई वस्तु विनिमय बजारको नियमन गर्ने क्रममा वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न इच्छुक कम्पनीहरूलाई पूर्व स्वीकृति दिने प्रक्रिया अगाडि बढाइएको छ। त्यस्तै, लगानीकर्ताहरूलाई लगानीको थप अवसर तथा योग्य एवं उद्यमशील व्यक्तिलाई नवप्रवर्तनात्मक कार्यका लागि आवश्यक पुँजी सर्वसुलभ रूपमा स्वदेश एवं विदेशबाट परिचालनको अवसर उपलब्ध गराउन मेञ्चर क्यापिटल, प्राइभेट इक्विटी जस्ता विशिष्टीकृत साधन सञ्चालन अनुमति दिने प्रक्रिया समेत शीघ्र पूरा हुने गरी कार्य भइरहेको छ।
उल्लेखित कार्यहरूबाट देशमा संस्थागत क्षेत्रको विकास विस्तार तथा लगानीकर्ताहरूका लागि लगानी अवसरमा वृद्धि आई देशको समग्र वित्तीय प्रणाली अप गतिशील हुने र यसबाट सरकारको राजस्वको दायरा समेत बढ्नेमा बोर्ड विश्वस्त रहेको छ।
नेपाल सरकारद्वारा हालै जारी गरिएको नीति तथा कार्यक्रममा समावेश भएका ऋणपत्रको दोस्रो बजार विकास, धितोपत्र व्यापारी ९स्टक डिलर० को व्यवस्था, नेपाल स्टक एक्सचेञ्ज लि।, सिडिएस एण्ड क्लियरिङ्ग लि। तथा बोर्डको सरचनात्मक सुधार र दोस्रो बजार कारोबार प्रणालीलाई पूर्ण स्वचालित बनाउने कार्यक्रमहरूलाई बोर्डले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्नेर गराउने प्रण गर्दछ।
साथै, बजारको प्रभावकारी नियमन मार्फत धितोपत्र बजारमा स्थिरता ल्याइ लगानीकर्ताहरूको हकहित रक्षा गर्न तथा मनोवल बढाउन बजार सञ्चालन तथा नियमन कार्यमा सूचना प्रविधिको उच्च प्रयोगमा जोड, बोर्डको बढ्दो नियमन जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न उपयुक्त संगठन संरचना लागू गरी आवश्यक जनशक्तिको व्यवस्था, बोर्डको लागि आफ्नो जग्गा तथा कार्यालय भवनको व्यवस्था, कानूनी संरचना विकास तथा सुदृढीकरण, बजार सहभागीहरूको क्षमता अभिवृद्धि, बजारमा वास्तविक क्षेत्रको कम्पनीहरू प्रवेशका लागि प्रोत्साहित गर्न धितोपत्रको सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारणको व्यवस्था, धितोपत्र दलाल व्यवसायीहरूको आधिकारिक प्रतिनिधिको व्यवस्था मार्फत धितोपत्रको दोस्रो बजार सेवाको पहुँच विस्तार, बजार सम्बन्धी अध्ययन अनुसन्धान र शिक्षा तथा जनचेतना अभिवृद्धि र धितोपत्र बजार सम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त तथा अभ्यासहरूको अवलम्बन गर्ने जस्ता कार्यक्रमहरू समेत हाल बोर्डको कार्यान्वयनको प्राथमिकतामा रहेका छन्।
अन्तमा, धितोपत्र बजार र वस्तु विनिमय बजारको प्रभावकारी नियमन र विकास गर्दै नेपाल सरकारले लिएको “समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न धितोपत्र बजार तथा वस्तु विनिमय बजारका तर्फबाट पूर्ण सहयोग पुयाउने प्रतिबद्धता व्यक्त गर्दै बजारको नियमन र सुधारतथा विकासमा नेपाल सरकार, अन्य नियमन निकायहरू, बजार सहभागी पक्षहरू लगायत सम्बन्धित सबैबाट सदाझै निरन्तर सहयोगको अपेक्षा गर्दछु।
नेपाल धितोपत्र बोर्ड २७ औं वर्ष पूरा गरी २८ वर्ष प्रवेश गरेको अवसरमा बोर्डका अध्यक्ष ढुङानाले दिएको शुभकामनामा आधारीत

SHARE THIS